नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा कुन पालिकाको बजेट कति ?
बाँकेमा कुन पालिकाको बजेट कति ?
दुई पालिकाको बजेट नै आएन
बागेश्वरी पोस्ट
शनिबार, असार ११, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा कुन पालिकाको बजेट कति ?

नेपालगञ्ज । बाँकेका ८ स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले मात्र बजेट ल्याएका छन् । असार १० गतेभित्र नीति कार्यक्रम र बजेट नगर वा गाउँसभामा पेश गर्नुपर्ने प्रावधान अनुसार ६ पालिकाले नीति कार्यक्रमसंगै बजेट ल्याएपनि दुई वटा गाउँपालिकाले बजेट ल्याउन सकेनन् ।

राप्तीसोनारी गाउँपालिकामा असार ८ गते कार्यपालिका बैठकबाट नीति कार्यक्रम र बजेट सर्वसम्मत रुपले पारित भएपनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु आफ्नै निर्णयबाट पछि हट्दै गाउँपालिका बैठकमा अनुपस्थित भएपछि ढिला गरी शुरु भएको गाउँसभा स्थगित भएको छ ।  गणपूरक संख्या नपुगेका कारण नीति कार्यक्रम र बजेट पेश हुन सकेन । अब असार १४ गतेलाई गाउँसभा बोलाइएको छ ।

डुडुवा गाउँपालिकामा भने कार्यपालिका बैठक नै बसेको छैन । कार्यपालिका बैठक नबस्दा गाउँसभा अनिश्चित छ । यद्यपि भोली कार्यपालिका बैठक बोलाइएको बताइएको छ ।

अन्य ६ पालिकाले भने नीति कार्यक्रम र बजेट ल्याएका छन् । सबैजसो पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले १ अर्ब ६३ करोड ६५ लाखको बजेट नगरसामा पेश गरेको छ । कोहलपुर नगरपालिकाले १ अर्ब १६ करोडको अनुमानित बजेट नगरसभामा प्रस्तुत गरेको छ ।

नरैनापुर गाउँपालिकाले ५१ करोड १० लाख, जानकीले ५९ करोड ५३ लाख, बैजनाथले ७५ करोड ४१ लाख र खजुराले ८३ करोड ६५ लाखको बजेट ल्याएका छन् । पालिकाहरुले असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्दछ । 

No description available.


प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP