prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • इ-रिक्सालाई साउन १५ गतेभित्र सूचीकृत हुन आह्वान
इ-रिक्सालाई साउन १५ गतेभित्र सूचीकृत हुन आह्वान
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार २०, २०७९ बागेश्वरी पोस्ट
इ-रिक्सालाई साउन १५ गतेभित्र सूचीकृत हुन आह्वान

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका इ-रिक्साहरुलाई साउन १५ गतेभित्र सूचीकृत हुन आह्वान गरेको छ । इ-रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासंग आज गरिएको छलफलमा यही साउन १५ गतेभित्र सबै इ-रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको हो । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाले सरोकारवालाहरुसंग गरेको छलफलमा नगरमा सञ्चालित इ-रिक्साहरुको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्याउने लगायतका विषयमा मन्थन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नागरिकले दुःख नपाउने गरी इरिक्साहरुको उचित व्यवस्थापन गर्न सबै सरोकारवालाहरु गम्भीर बन्नुपर्ने बताए । "नेपालगञ्ज उपमहानगरपालिका एक्लैले गर्न सम्भव छैन, यसमा सबै सरोकारवालाहरुको भूमिका आवश्यक छ," नगर प्रमुख विष्टले भने-"जनताले दुःख नपाउने गरी ट्राफिक व्यवस्थापनमा कठोर बन्नुपर्ने जरुरी भइसकेको छ ।" 

No description available.

विष्टले ट्राफिक व्यवस्थापनका विषयमा गम्भीररुपमा छलफल प्रारम्भ भएको बताउँदै अब समिति बनाएरै यसबारे विस्तृत अध्ययन गर्ने र विभिन्न विकल्पहरुमा छलफल गरी समाधानका उपाय निकालिने बताए । उपप्रमुख कमरुद्दिन राईले इ-रिक्सा व्यवस्थापन नगरको मुख्य टाउको दुःखाईको विषय भएको भन्दै उचित व्यवस्थापनका लागि सबैको हातेमालो जरुरी रहेको बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले इ-रिक्सा नगरको ठूलो समस्याको रुपमा रहेको बताउँदै निश्चित पार्किङ क्षेत्र तोकेर कतिपय व्यस्त ठाउँमा निश्चित समयका लागि चार पाङ्ग्रे र तीन पाङ्ग्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्नुपर्ने प्रस्ताब गरेका छन् । उनले ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिकासमक्ष लिखित प्रस्ताब समेत पेश गरेका छन् । छलफलमा ठेला, इरिक्सा र फुटपाथ व्यवस्थापनका विषयमा सरोकारवालाहरुले आ-आफ्नो धारणा राखेका थिए । 

No description available.

छलफलमा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी 'चुन्ना', महासचिव चिरञ्जिवी वली, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंह, नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटी, ठेला एवम् इरिक्सा सम्बद्ध विभिन्न युनियनका प्रमुख एवम् प्रतिनिधिहरु, नेपालगञ्ज उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख विरबहादुर थापा लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP