prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज विपी चोकस्थित इदगाहमा मुस्लिमहरुले पढे सामूहिक नमाज
नेपालगञ्ज विपी चोकस्थित इदगाहमा मुस्लिमहरुले पढे सामूहिक नमाज
RSG-2
भौतिक पूर्वाधार मन्त्री राईको शुभकामना-"देशमा शान्ति र समृद्धि हासिल होस्"
बागेश्वरी पोस्ट
आइतबार, असार २६, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज विपी चोकस्थित इदगाहमा मुस्लिमहरुले पढे सामूहिक नमाज

नेपालगञ्ज । इस्लाम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईदमा नेपालगञ्जका मुस्लिमहरु विपीचोकस्थित इदगाहमा भेला भई सामूहिक नमाज पढेका छन् । विहान साढे ७ बजे इदगाहमा भेला भएर मुस्लिमहरुले सामूहिक नमाज पढेका हुन् । सामूहिक नमाज पढ्न नेपाल सरकारका भौतिक पूर्वाधार मन्त्री मो. इस्तियाक राई पनि सरिक भएका थिए । उनी बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

paribartan 1

No description available.

नमाज पढिसकेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री राईले बकर ईद त्याग र बलिदानको पर्व भएको बताउँदै सबै मुस्लिम समुदायलाई शुभकामना दिएका छन् । उनले आफूहरुले देशमा शान्ति, अमनचयन, विकास र समृद्धिका लागि प्रार्थना गरेको बताए । उनले नेपालगञ्जजस्तै देशभर सामाजिक सद्भाव र शान्ति कायम हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । पछिल्ला केही गतिविधिहरु सद्भाव भड्काउने खालका देखिएको भन्दै मन्त्री राईले नचाहिने मुद्दा उठाएर सद्भावको सहर नेपालगञ्जको पहिचान खल्बल्याउने प्रयास भइरहेको भन्दै सबै सचेत हुनुपर्ने बताए ।

इदको शुभकामना आदानप्रदान गर्न नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, निवर्तमान नगर प्रमुख डा.धवलशमशेर राणा, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सामाजिक अगुवा लगायत उपस्थित थिए । 

No description available.इस्लाम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज देशभर मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

इस्लाम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा देशभरका मस्जिद र ईदगाहमा इस्लाम धर्मावलम्बीको भिड लाग्छ । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।

मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । बकर ईदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिममा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छिन् । उनले ईद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा  शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेकी छिन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिंदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने बताएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै  एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ०९:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP