Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सिक्टा सिँचाइको पानी खेतमा पुगेपछि राप्तीसोनारीका किसान हर्षित
सिक्टा सिँचाइको पानी खेतमा पुगेपछि राप्तीसोनारीका किसान हर्षित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन १, २०७९ बागेश्वरी पोस्ट
सिक्टा सिँचाइको पानी खेतमा पुगेपछि राप्तीसोनारीका किसान हर्षित

नेपालगन्ज । सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको राप्तीसोनारी फत्तेपुरका किसानहरु हर्षित बनेका छन् ।आयोजनाले पूर्वी नहरमार्फत् राप्ती सोनारी गाउँपालिका ६ फत्तेपुरस्थित पुरानो नहरमा पानी छाडेपछि किसानहरु रमाएका हुन् ।

वर्षात् नभएका कारण सहजरूपमा धान रोप्न नसकेको बेला खेतबारीमा सिक्टाको पानी पुगेपछि किसानलाई ठूलो राहत पुगेको राप्तीसोनारी गाउँपालिका ६ का वडा अध्यक्ष लवराज खरेलले जानकारी दिए । उनका अनुसार पक्की नभएका कारण उक्त नहर पटक–पटक बन्द हुँदै आएको थियो । किसानको माग अनुसार सिक्टा सिँचाइ आयोजनामा पहल गरेपछि आयोजना कार्यालयले पुरानो नहरमा पानी छाडिदिएको हो । उक्त नहरको पानीले वडा नं ६ र ७ का किसानले खेती गर्न सक्नेछन् ।

आयोजनाले अगैयास्थित मुख्य बाँधबाट राप्तीसोनारीको बैजापुर, बिनौना, फत्तेपुर हुँदै नरैनापुर गाउँपालिकासम्म राप्ती नदीको पानी पुर्याउने  लक्ष्यका साथ नहर निर्माण कार्य गरिरहेको छ । यसअघि फत्तेपुरका स्थानीयवासीले पटक–पटक पुरानो नहरको इन्टेकमा कच्ची बाँध बनाएर राप्ती नदीको पानी सञ्चालन गर्न खोजे पनि नियमितरूपमा पानी सञ्चालन हुनसकेको थिएन ।

सिक्टा सिँचाइ आयोजनाले पहिलोपल्ट पूर्वी नहरमा सात क्युमेक्स पानी छाडेको छ । नहरमा पानी बगेपछि राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रका किसानले चार क्युमेक्स पानी पाएको आयोजनाका निर्देशक सन्तोष कैनीले जानकारी दिए ।

उनका अनुसार पूर्वी मूल नहरको २४.६ किलोमिटर दूरीसम्म राप्तीको पानी पुगेको छ । यसअघि पश्चिम मूल नहर र राजकुलोबाट पानी छाडिएको थियो । वर्षा नभएका कारण रोपेको धान सुक्न थालेको र कतिपय किसानले रोपाइँ गर्न नपाएका कारण नहरमा पानी छाडिएको हो ।रासस


प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP