prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आकस्मिक निरीक्षणमा निस्के मेयर विष्ट, विद्यालयमा बेथिती
आकस्मिक निरीक्षणमा निस्के मेयर विष्ट, विद्यालयमा बेथिती
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन ९, २०७९ बागेश्वरी पोस्ट
आकस्मिक निरीक्षणमा निस्के मेयर विष्ट, विद्यालयमा बेथिती

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा विभिन्न खालका बेथितीहरु देखिएका छन् ।

paribartan 1

नगर प्रमुख प्रशान्त विष्ट आज आकस्मिक निरीक्षणमा पुग्दा विभिन्न विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफूखुशी विदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भेटिएको नगर प्रमुख विष्टले जानकारी दिए । शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राखेका नगर प्रमुख विष्ट शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापालाई लिएर आकस्मिक निरीक्षणमा पुगेका हुन् । 

महेन्द्र माविमा १८ जना शिक्षक कार्यरत रहेको आज विहान १०.१० बजेसम्म ८ जना शिक्षक मात्रै उपस्थित भएको पाइएको छ । यसैगरी मंगलप्रसाद माविमा सरकारी कोषबाट तलब पाउने २१ सहित ५३ शिक्षक कार्यरत रहेकोमा १०.३० बजेसम्म चार जना शिक्षकले मात्रै हाजिर रजिष्टरमा उपस्थिती जनाएको पाइएको छ ।

मंगलप्रसाद मावि र महेन्द्र माविको तुलनामा राम्रो देखिएपछि नेपालगञ्ज कन्या माध्यामिक विद्यालयमा भने निरीक्षण टोलीले धन्यवाद दिएर फर्केको छ ।  कन्या माविमा १३ जना शिक्षक कार्यरत रहेकोमा एक जना  स्वीकृत विदामा बसेको र अन्य सबै उपस्थित भएको पाइएको शिक्षा शाखा प्रमुख थापाले जानकारी दिए ।

सम्पूर्ण शिक्षक कर्मचारी समयमै उपस्थित भएको, विद्यालयको चौरमा सुनसान देखिएको, शिक्षकहरुले नियमित कक्षा सञ्चालन गरेको पाइएपछि कन्या माविलाई निरीक्षण टोली धन्यवाद दिएर फर्केको हो । आकस्मिक निरिक्षणपछि नगर प्रमुख विष्टले विद्यालयमा अनुपस्थित शिक्षक तथा कर्मचारीलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन शिक्षा शाखा प्रमुख थापालाई निर्देशन दिए ।

"भौतिक पूर्वाधारतर्फ कुनै पनि चिन्ता नगर्नुस," निरिक्षणका क्रममा नगर प्रमुख विष्टले भने,– "शिक्षकहरु शैक्षिक गुणस्तर सुधारमा ध्यान दिएर लाग्नुहोस् ।" शिक्षा शाखा प्रमुख थापाले पहिलो चरणमा निरीक्षणको क्रममा शिक्षकको उपस्थिति मात्रै हेरिएको बताउँदै नियमित समयमै शिक्षकको उपस्थितिले पनि विद्यालयको शैक्षिक वातावरण सुधार हुने भएकाले पहिलो अनुगमन शिक्षक उपस्थितिमा केन्द्रित भएको बताए ।

नगर प्रमुखको निर्देशन अनुसार अनुपस्थित शिक्षकहरुलाई आवश्यक कारवाहीका लागि तत्कालै स्पष्टिकरण सोध्ने शाखा प्रमुख थापाले जानकारी दिए । नगर प्रमुख विष्टले नगरका सम्पूर्ण विद्यालयमा आकस्मिक खालको अनुगमन तथा निरीक्षण आजदेखि सुरु भएको भन्दै जुनसुकै समयमा जुनसुकै विद्यालयमा पनि हुन सक्ने बताए ।

दोश्रो चरणमा शिक्षक उपस्थितिसँगै, विद्यार्थीको उपस्थिति र अन्य शैक्षिक अवस्थामा केन्द्रित भएर अनुगमन तथा निरीक्षण हुने नगर प्रमुख विष्टले बताए ।


प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP