नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको धावा:आजै ठुलो परिमाणमा अवैध सामाग्री बरामद
बाँकेमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको धावा:आजै ठुलो परिमाणमा अवैध सामाग्री बरामद
banijya office RSG-2
तस्करीविरुद्ध लाग्न सशस्त्र प्रहरी उपरीक्षक बस्नेतको निर्देशन
बागेश्वरी पोस्ट
बिहीबार, साउन १२, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको धावा:आजै ठुलो परिमाणमा अवैध सामाग्री बरामद

नेपालगन्ज । सशस्त्र प्रहरीले तस्करीविरुद्ध धावा बोल्दै नेपालगन्जको सीमा नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरिएका ठुलो परिमाणका अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक गणेश खत्रीको कमाण्डमा गएको टोलीले आज बिहान ५ बजे नेपालगन्ज १५ पिप्रहवाबाट झण्डै पौने ३ लाख रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।

तस्करीविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको सशस्त्र प्रहरीको टोलीले भन्सार छली गरेर ल्याउँदै गरिएका ठुलो परिमाणमा कपडा बरामद गरेको छ भने सोही टोलीले पिप्रहवा नजिकैबाट भारत लैजाँदै गरिएको ठुलो परिमाणमा धुलो सुपारी समेत बरामद गरेको हो ।

त्यस्तै बरामद गरिएका अन्य अवैध सामग्रीहरुमा किराना सामग्री, प्लास्टिकका भाडा, झ्याल-ढोकामा लगाउने कब्जा, खाद्यान्न, चिनी, लेडिजले प्रयोग गर्ने ठुलो परिमाणको कपडा लगायत रहेका छन् ।

बरामद गरिएका सबै २ लाख ७० हजार १५० रुपैयाँ बराबर अवैध बस्तु तथा सामग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका छन् । 

बाँकेको सीमा नाकामा अवैध तस्करीविरुद्ध  कडाईका साथ लाग्न सशस्त्र प्रहरी उपरीक्षक बस्नेतको निर्देशन अनुसार सशस्त्र प्रहरीले बाँकेका सबै नाकामा अवैध ओसारपसारविरुद्धको अभियानमा लाग्दै दैनिक लाखौं रुपैयाँको सामग्री बरामद गर्दै आएको छ । सशस्त्र प्रहरीले सीमा नाकामा हुने अवैध गतिविधिमाथि समेत निगरानी  बढाउँदै आएको छ ।

 

 

 

 

 

 


प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
कमिटको वार्षिक सामाजिक लेखा परीक्षण
कमिटको वार्षिक सामाजिक लेखा परीक्षण
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP