prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामुदायिक वनका अध्यक्षद्वारा नै काठ तस्करी
सामुदायिक वनका अध्यक्षद्वारा नै काठ तस्करी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २३, २०७६ बागेश्वरी पोस्ट
सामुदायिक वनका अध्यक्षद्वारा नै काठ तस्करी

मसुरीया( कैलाली )। कैलालीमा एक सामुदायिक वनका अध्यक्षले नै संरक्षित राष्ट्रिय वनबाट काठ तस्करी गर्ने गरेको खुलासा भएको छ । गौरीगंगा नगरपालिका ७ मा रहेको सुनपाल सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशीले राष्ट्रिय वनबाट काठ तस्करी गर्ने गरेको खुलासा भएको हो ।

उनले राष्ट्रिय वनबाट अवैध रुपमा गोलिया काठ तस्करी गरेर मिलमा चिरान गर्ने गरेका छन् । वडा नम्बर ८ मा रहेको पवन जोशीको आरा मिलमा तस्करीको काठ चिरान हुने गरेको स्वयम् सामुदायिक वनकै उपभोक्ताको आरोप छ । सोमबार चिरान गर्नका लागि आरा मिलमा दुई थान गोलिया काठ पु¥याएका जोशीले त्यहाँ सामुदायिक वनका उपभोक्ता र पत्रकार पुगेपछि काठ लुकाएका छन् । जोशीले काठ तस्करी गर्ने गरेको खुलासा भएपछि उपभोक्ताहरु काठ चिरान गर्ने आरा मिलमा पुगेका थिए ।

आरा मिल पु¥याइएको काठ जनप्रिय माध्यमिक विद्यालयको रहेको अध्यक्ष जोशीले जिकिर गरे पनि विद्यालयले भने सो काठ आफ्नो नरहेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक धनीप्रसाद भट्टले सामुदायिक वनका अध्यक्ष जोशीले आरा मिलमा पु¥याएको काठ विद्यालयको नरहेको बताए । ‘तस्करीको आरोप लागेपछि बच्नका लागि विद्यालयको नाम जोडेको हुनुपर्छ’, उनले भने–‘त्यो काठ विद्यालयको होइन ।’ जनप्रिय माध्यमिक विद्यालयले काठ आफ्नो नरहेको बताएपछि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोशीले विद्यालयको नाम जोडेर काठ तस्करी गर्ने गरेको पुष्टि भएको छ । राष्ट्रिय वनबाट काठ तस्करी गर्ने जोशीको गैरकानुनीधन्दाले उपभोक्ता झस्केका छन् ।

वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएको क्षेत्रभन्दा बाहिर राष्ट्रिय वन क्षेत्रबाट काठ बेवारिसे बनाएर कार्यालय पछाडिको झाडीमा चिरान गरी जोशीले अन्यत्र काठ निर्यात गर्ने गरेको उपभोक्ता दिलबहादुर बोहराले आरोप लगाए । सामुदायिक वनको अध्यक्ष भएर संरक्षणको नाटक गर्ने जोशीले गैरकानुनीधन्दा गरिरहेको उनले उल्लेख गरे । जोशीले राष्ट्रिय वनबाट गोलिया काठ ल्याएको स्वीकारेका छन् । यसअघि, उनकै सामुदायिक वनमा पनि विवाद भएको थियो । सुनपाल सामुदायिक वन उपभोक्ता समूहको घाट गद्दीमा रहेको काठ उपभोक्तालाई माग अनुसार नदिएको भन्दै केही दिन पहिला सव डिभिजन वन कार्यालयमा उपभोक्ताले तालाबन्दी गरेका थिए । संरक्षणको अभिभारा बोकेको व्यक्ति राष्ट्रिय वनमा रहेको काठ तस्करीमा संलग्न हुनु दु्ःखद् रहेको स्थानीयको भनाइ छ ।

सुनपाल सामुदायिक वनका पूर्व अध्यक्ष गोपाल कलेलले सामुदायिक वनका पदाधिकारीले वन अधिकृतसंगको मिलेमतोमा राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी गरिरहेको आरोप लगाए । यसैगरी, सुनपाल सामुदायिक वनसंग जोडिएको खप्तड बहुमुखी क्याम्पसभन्दा पश्चिमतिर क्याम्पस किनारमा चिरानको लागि ठूलो परिमाणमा काठ लुकाइएको स्थानीय काशीराम बोहराले बताए । सामुदायिक वनकै अध्यक्षले काठ तस्करी गरिरहँदा नजिकै रहेको सव डिभिजन वन कार्यालयले भने वास्ता गरेको छैन । समितिका पदाधिकारीले सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वनबाट बेवारिसे बनाई ठूलो परिमाणमा काठ तस्करी गरिरहँदा पनि वन कार्यालयले वास्ता नगर्नु दुःखद् रहेको कतिपयको भनाइ छ ।

उनीहरुले काठ तस्करीमा वनकै कर्मचारीको मिलेमतो रहेको आशंका गरेका छन् । यसैबीच, गौरीगंगा नगरपालिका मेयर एवम् सुनपाल सामुदायिक वनका पूर्व अध्यक्ष भीमबहादुर देउवाले काठ तस्करीमा संलग्नहरुमाथि कडा कारबाही हुनु पर्ने बताए । काठको गोलिया समितिका पदाधिकारीले तस्करी गरे÷नगरेको बारेमा बुधबारदेखि अनुसन्धान गर्ने मसुरिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सचितान्नद सिंहले बताएका छन् ।

उनले आफ्नो टोलीले वन क्षेत्रमा निरिक्षण गरेर मुचुल्का उठाएको र सामुदायिक वन परिसर बाहेक अन्य ठाउँमा निरीक्षण गर्न नभ्याएको जवाफ दिए । यता, सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशीले आरा मिलमा लगेको काठ आफनो भएको स्वीकार्दै भने–‘जानेर वा अन्जानमा गल्ती भयो ।’ बेवारिसे काठको मुचुल्का उठाएको मुचुल्का हेर्न सामुदायिक वनको कार्यालयमा जाँदा समितिका कोषाध्यक्ष पर्शुराम चौधरीले समितिले विगतमा बनाएका मुचुल्का देखाउन तयार भएनन् ।

समाचार नलेख्न दबाब

राष्ट्रिय वनबाट काठ तस्करी गरेको खुलासा भएपछि तस्करीको आरोप लागेका सुनपाल सामुदायिक वनका अध्यक्ष जोशीले पत्रकारलाई समाचार नलेख्न दबाब दिएका छन् । उनले फोन गरेर पत्रकारलाई घटना बाहिर नल्याउन दबाब दिएका हुन ।पश्चिमटुडेबाट साभार।


प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP