Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • समयमै काम नगर्ने निर्माण कम्पनी विरुद्ध कोहलपुर नगरपालिका आक्रामक
समयमै काम नगर्ने निर्माण कम्पनी विरुद्ध कोहलपुर नगरपालिका आक्रामक
RSG-2
हर्जनादेखि कालोसूचीमा राख्न सिफारिस गर्ने सम्मको निर्णय
बागेश्वरी पोस्ट
सोमबार, साउन १६, २०७९ बागेश्वरी पोस्ट
समयमै काम नगर्ने निर्माण कम्पनी विरुद्ध कोहलपुर नगरपालिका आक्रामक

कोहलपुर । कोहलपुर नगरपालिका समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरु विरुद्ध कडारुपमा प्रस्तुत भएको छ । कोहलपुर नगर कार्यपालिकाको साउन ११ गते बसेको बैठकले गत असार २५ गतेसम्ममा काम सम्पन्न गर्नुपर्ने भएपनि सो अवधिमा कार्य सम्पन्न गर्न नसकेका ८ वटा निर्माण कम्पनीलाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । 

कार्यपालिका बैठकले सार्वजनिक खरिद ऐन अनुसार हर्जना, दण्ड जरिवाना, कार्वाही, कार्यसम्पादन जमानत बैंक ग्यारेन्टी जफत एवं कालोसूचीमा राख्न सिफारिस गर्ने सम्मको प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । ठेक्का सम्झौता गर्ने तर काम समयमा सम्पन्न नगर्दा नगरपालिकालाई बर्सेनी करोडौं रुपैयाँ घाटा लाग्ने गरेको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । आगामी दिनहरुमा अब योजनाहरु व्यवस्थापन गर्दा समयमै काम सम्पन्न हुने गरी निर्माण व्यवसायीहरुलाई जबाफदेही बनाउने निर्णय समेत गरिएको नगर प्रमुख आचार्यले बताए । 

योजनाहरु समयै सम्पन्न हुन नसकी अधुरो रहेको कामको टेण्डर प्रक्रिया अघि बढाउन चालू आर्थिक बर्ष २०७९/८० मा पूर्वाधार विकासतर्फ विनियोजित बजेट शिर्षक मध्ये अपूरा योजना पुनः सञ्चालन तर्फको बजेटबाट भुक्तानी हुने गरी ठेक्का व्यवस्थापन गर्ने निर्णय गरिएको छ । कोहलपुर नगरपालिकाले जय दुर्गे महाकाली सेवा कञ्चनपुर, के.आर.कन्स्ट्रक्सन कोहलपुर, शोभा लक्ष्मी कन्स्ट्रक्सन कोहलपुर, बशिष्ठ निर्माण सेवा गेरुवा, बर्दिया, महारुद्र निर्माण सेवा कोहलपुर, जय भवानी निर्माण सेवा कोहलपुर, न्यौपाने कन्स्ट्रक्सन कोहलपुर र हार्दिक कन्स्ट्रक्सन जानकी, बाँकेलाई कारवाहीका लागि सिफारिस प्रक्रिया अघि बढाउने भएको हो । समयमै काम सम्पन्न नहुँदा संघ एवं प्रदेश सरकारको सशर्त अनुदान रकम फिर्ता हुने र नगरपालिकाले दायित्व बहन गर्नुपर्ने हुँदा करोडौ नोक्सानी रहेको अवस्थामा सुधार ल्याउन नगरपालिका प्रखर ढंगले अगाडि बढ्ने नगर प्रमुख आचार्यले बताए । 

नगर कार्यपालिका बैठकले नगरसभा वा कार्यपालिकाको निर्णय विना नै मौखिक आदेशका आधारमा सम्झौता गरिएका, कागजातहरु पूर्ण नभएका, फिल्डमा निर्धारित अवधिमा कार्य भए नभएको यकिन गर्न नसकिएका कार्यपालिकाको बैठकमा पेश भएका विभिन्न ११ योजना तथा कार्यक्रमहरुको भुक्तानी गर्न नसकिने निर्णय पनि गरेको छ । 
 


प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP