prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा विद्यालय अनुगमन निरन्तर, निजीमा पनि पुगे नगर प्रमुख विष्ट
नेपालगञ्जमा विद्यालय अनुगमन निरन्तर, निजीमा पनि पुगे नगर प्रमुख विष्ट
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन १८, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा विद्यालय अनुगमन निरन्तर, निजीमा पनि पुगे नगर प्रमुख विष्ट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिकसँगै संस्थागत विद्यालयको पनि आकस्मिक अनुगमन थालेको छ ।

paribartan 1

नगर प्रमुख प्रशान्त विष्ट गत सातादेखि आकस्मिकरुपमा विद्यालयहरुको अनुगमनमा निस्कने गरेका छन् । आज शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापासहित नगर प्रमुख विष्टले बसुदेबपुरस्थित जगतज्योती माध्यमिक विद्यालय, महाराजा मावि पुरैना र जय बागेश्वरी माध्यमिक विद्यालयको अनुगमन गरे ।  

जगतज्योती माविमा नियमित पठनपाठन राम्रो देखिएपनि विद्यालयमा प्राचार्य ईश्वर पौडेलसहित हाजिर रजिष्ट्ररमा अनुपस्थित ५ जना शिक्षकहरुलाई गयल गर्दै टोलीले समयमै विद्यालयमा पुगेर हाजिर गर्न निर्देशन दिएको छ । यसैगरी महाराजा माविमा विद्यार्थी र शिक्षकहरु कोठा बाहिर फेला परेपछि अनुगमन टोलीले नियमित पठनपाठनका लागि निर्देशन दिएको थियो ।

संस्थागत विद्यालयको रुपमा पहिलोपटक जय बागेश्वरीबाट टोलीले अनुगमन थालेको हो । सो क्रममा नगर प्रमुख विष्ट सहितको टोलीले विद्यालयको विभिन्न विषयको जानकारी लिएको थियो । टोलीले शौचालयसहित भौतिक अवस्था र छात्रवृत्तिका विषयमा जानकारी लिएको थियो । नगर प्रमुख विष्ट र शाखा प्रमुख थापा सम्मिलित अनुगमन टोलीले तीन वटै विद्यालयका विद्यार्थी तथा शिक्षकसँग समेत प्रत्यक्ष परामर्श गरेको थियो ।

नगरको सुधारका लागि शिक्षामा विशेष जोड दिइएको भन्दै नगर प्रमुख विष्टले शैक्षिक सुधार भएपनि अन्य क्षेत्रमा सुधार देखिने भएकाले शिक्षामा विशेष प्राथमिकता दिइएको बताए । उनले अनुगमन जुनसुकै समयमा र जुनसुकै विद्यालयमा पनि हुन सक्ने बताए । अनुगमनलाई निरन्तरता दिँदै विद्यालयहरुको आवश्यक सुधारका लागि पनि क्रमशः पहल गरिने नगर प्रमुख विष्टले बताए ।

गत सातादेखि सुरु भएको अनुगमनका कारण सामुदायिक विद्यालयमा सकारात्मक प्रभाव परेको देखिएको छ । नगर प्रमुख विष्टले आफूले बाल्यकालमा अध्ययन गरेको सामुदायिक विद्यालय महेन्द्र मावि र संस्थागत विद्यालय जयबागेश्वरीबाट अनुगमन सुरु गरेका हुन् । 
 


प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP