prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पत्रकार जैसवाललाई प्रेस युनियन बाँकेको आर्थिक सहयोग
पत्रकार जैसवाललाई प्रेस युनियन बाँकेको आर्थिक सहयोग
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन ३०, २०७९ बागेश्वरी पोस्ट
पत्रकार जैसवाललाई प्रेस युनियन बाँकेको आर्थिक सहयोग

नेपालगन्ज । मस्तिष्कघात भएर उपचार गराईरहेका पत्रकार उदयराज जैसवाललाई नेपाल प्रेस युनियन बाँकेले आर्थिक सहयोग गरेको छ ।

paribartan 1

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा सोमबार जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीस्थित जैसवालको घरमै पुगेर परिवारलाई चेक हस्तान्तरण गरिएको हो ।युनियन अध्यक्ष ओलीले उनकी धर्मपत्नी रानी जैसवाललाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । पत्रकार जैसवालको एक महिना अघि स्वास्थ्यमा अचानक समस्या देखिएको थियो । स्वास्थ्य अवस्था झन् गम्भिर बन्दै गएपछि भारतको लखनउस्थित एक अस्पतालमा उनको उपचार भइरहेको छ । 

नेपाल प्रेस युनियनको साधारण सदस्य रहेका ३२ वर्षीय जैसवाल पत्रकारिता पेशामै आवद्ध रहेका छन् । उनी डुडुवामा रहेको रेडियो सफल एफ.एम.मा कार्यरत छन् । चेक हस्तान्तरण गर्दै अध्यक्ष ओलीले आर्थिक अवस्था कमजोर भएका जैसवाललाई थोरै भएपनि राहत मिलोस् भनेर आर्थिक सहयोग गरिएको बताए । 

‘युनियनले पत्रकारलाई समस्या परेका बेला आर्थिक सहयोग गर्ने भन्ने उद्देश्यले ‘एनपियु पत्रकार कल्याण कोष’ स्थापना गरेको छ, यो कोषमा धेरै रकम छैन, तरपनि समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने कार्यको संस्थागत रुपमा सुरुवात गरेका छौं, आगामी दिनमा यो कोषलाई थप सशक्त बनाएर लैजाने युनियन बाँकेको योजना छ,’ उनले भने ‘हाम्रो यो सानो सहयोगले पनि उदयराज जीको मनोबल उच्च हुनेछ र उहाँ रोगलाई जितेर पुनः पत्रकारिता पेशामा फर्किनु हुनेछ ।’ 

कुनै घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोग लागेर औषधी उपचार गराउन समस्यामा परेका पत्रकारलाई आर्थिक सहायता प्रदान गर्न तथा पत्रकारका अन्य कल्याणकारी कार्यका लागि युनियन बाँकेले ‘एनपियु पत्रकार कल्याण कोष’ स्थापना गरेको थियो । 

सो क्रममा पत्रकार जैसवालकी धर्मपत्नी रानी जैसवालले अप्ठ्यारो परेका बेलामा घरमै आएर आर्थिक सहयोग गरेकोमा प्रेस युनियन बाँके शाखा परिवारलाई धन्यवाद दिइन् । श्रीमानको उपचार गर्न आर्थिक समस्या परेपछि जग्गा बेचेर भएपनि उपचार गराइरहेको उनले बताइन् ।

हाल सम्म उपचारमा करिव १२ लाख रकम रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ । पत्रकार जैसवालको परिवारमा पत्नी सहित तीन छोरी, एक छोरा र आमा रहेका छन् । 

बृद्ध अवस्थामा रहेकी आमा पनि प्यारालाईसिस कारण विगत चार वर्ष देखी थला परेकी छिन् । चेक हस्तान्तरणका क्रममा युनियन बाँकेका अध्यक्ष ओलीसहित सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, सदस्यद्धय कमल खत्री र दिपक राई उपस्थित भएका थिए ।


प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  २२:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP