नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कांग्रेस बाँकेद्वारा प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष र केन्द्रीय सदस्यलाई सम्मान
कांग्रेस बाँकेद्वारा प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष र केन्द्रीय सदस्यलाई सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ १, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेद्वारा प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष र केन्द्रीय सदस्यलाई सम्मान

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नेपाल प्रेस युनियनको केन्द्रिय कार्यसमितिमा बाँकेबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

No description available.

पार्टी कार्यालयमा आज पार्टी सभापति नारायणप्रसाद गौडेलले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष प्रेम केसी र केन्द्रीय सदस्य शोभा खत्रीलाई सम्मान गरे । केन्द्रीय सदस्य कमला हमाल भने जिल्ला बाहिर रहेका कारण कार्यक्रममा उपस्थित थिइनन् । नेपाल प्रेस युनियन बाँकेमा आबद्ध पत्रकार एवम् सञ्चारकमीहरुसंग छलफल गर्न आयोजित समन्वयात्मक बैठकमा सभापति गौडेलले उपस्थित सबैलाई मायाको चिनो स्वरुप डायरी र डटपेन प्रदान गरेका थिए ।

No description available.

बैठकलाई सम्बोधन गर्दै सभापति गौडेलले बाँकेले पहिलोपटक नेपाल प्रेस युनियनको बरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पद पाएकोमा खुसी व्यक्त गर्दै बाँकेबाट निर्वाचित सबैलाई बधाई ज्ञापन गरे । उनले प्रेस युनियनसंग समन्वय र सहकार्य गर्दै पार्टी अगाडि बढ्ने भन्दै पार्टीलाई गरिररहेको सहयोगका लागि युनियन सम्बद्ध सबैप्रति आभार प्रकट गरेका थिए । स्थानीय चुनावमा सञ्चारकर्मीले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका गौडेलले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि सक्रिय भूमिकाको अपेक्षा गरे । पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने बताएका उनले पार्टीभित्र थिति बसाउन र अनुशासन कायम गर्न दृढ रहेको स्पष्ट पारे । पार्टीलाई मजबुत बनाउन विचलित नभएर अघि बढ्ने दृढता व्यक्त गर्दै उनले पार्टी पंक्तिमा निराशा छाउन नदिने बताए । गौडेलले स्थानीय चुनावमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा अभूतपूर्व सफलता दिलाउने दिशामा पार्टी सशक्त ढंगले अघि बढ्ने बताए ।

नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीले युनियनलाई सशक्त बनाएर लैजान आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले नेपाली कांग्रेस बाँकेले पहिलोपटक प्रेस सल्लाहकार राखेर देशभर राम्रो सन्देश दिएको बताउँदै राम्रो कामको खुलेर प्रशंसा गर्नुपर्ने बताए । उनले पार्टी र युनियन बीचको समन्वय र सहकार्यले सुखद् परिणाम दिने बताउँदै पार्टीले छलफल र अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने बताए । केन्द्रीय सदस्य खत्रीले पार्टीले आफूहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको भन्दै खुसी व्यक्त गरिन् । उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

पार्टी सचिव सुधांशु कोइरालाले सहजीकरण गरेको कार्यक्रममा प्रबक्ता डिल्ली गिरीले स्वागत मन्तब्य व्यक्त गर्दै कार्यक्रम र बैठकको उद्देश्यमाथि प्रकाश पारेका थिए । बैठकमा पाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेप्रेस युनियनका केन्द्रीय पार्षद्हरु श्रीराम सिग्देल, विजय बर्मा, कृष्ण खनाल, राकेश कुमार मिश्र, सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, कार्यसमिति सदस्य कमल खत्री, प्रियास्मृति ढकाल लगायतले आआफ्नो धारणा राखेका थिए । त्यस अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण कुमारी सापकोटा, नेपाली कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिवद्वय रेणु सिंह ठाकुर र विनोद कुमार थारु लगायत उपस्थित थिए ।  

No description available.No description available.


प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
कमिटको वार्षिक सामाजिक लेखा परीक्षण
कमिटको वार्षिक सामाजिक लेखा परीक्षण
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP