नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सरकारी जमिनको पहिचानमा जुट्यो नेपालगञ्ज उपमहानगर
सरकारी जमिनको पहिचानमा जुट्यो नेपालगञ्ज उपमहानगर
RSG-2
१० करोड बढी मूल्यको जमिन आफ्नो अधिनमा ल्याउन सफल
बागेश्वरी पोस्ट
आइतबार, भदौ १२, २०७९ बागेश्वरी पोस्ट
सरकारी जमिनको पहिचानमा जुट्यो नेपालगञ्ज उपमहानगर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सरकारी जमिनको पहिचान गर्न सुरु गरेको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाले आज पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नेपालगञ्जको चाइना बजारको डेढ कठ्ठा बढी जग्गा सरकारी भएको पुष्टि गर्दै नियन्त्रणमा लिएको जनाएको छ । नगर प्रमुख प्रशान्त विष्टले त्रिवेणी मोड नजिकैको २५ नम्वर कित्ताको उक्त जग्गा नेपालगञ्ज उपमहानगरपालिकामा फर्काउने प्रक्रिया सुरु गरिएको जानकारी दिए । उक्त जमिन चलनचल्तीका हिसाबले १० करोड बढी मूल्यको भएको बताइएको छ । 

चाइना बजारको उक्त जग्गा चार जना व्यक्तिको नाममा लैजाने अन्तिम कानुनी प्रयास भइरहेको थियो । व्यापारिक प्रयोजनमा प्रयोग गरिएको उक्त जग्गामा ३४ जना व्यवसायी छन् । उनीहरुले तिनै चार जनालाई भाडा बुझाउने गरेका थिए । यसअघिका जनप्रतिनिधिले हँचुवाको भरमा नगरपालिकाको बोर्डबाट निर्णय गरेर भोगचलन गरिरहेको व्यक्तिलाई त्यहाँको जमिनको भाडा समेत उठाउने भनेको देखिएको छ । भदौदेखि भने उपमहानगरपालिकामा भाडा बुझाउन निर्देशन दिइसकेको नगर प्रमुख विष्टले बताए ।

उपमहानगर क्षेत्रमा सरकारी जमिन र अतिक्रमित जमिन कति छ भन्ने एकिन विवरण पनि उपमहानगरपालिकासँग छैन । यसले यहाँको धेरै सरकारी जमिन नागरिकले हडप्दै गएको देखिएको छ । विष्टले अबको तीन महिनाभित्र उपमहानगर क्षेत्रमा भएको सरकारी जमिनको खोजी गरी एकिन विवरण सार्वजनिक गर्ने बताए  । यस्तै नगर उपप्रमुख कमरुद्दिन राइले यसअघिका जनप्रतिनिधिको हँचुवाको बोर्ड निर्णयका कारण अहिले समस्या उत्पन्न भएको बताए । आर्थिक चलखेलका कारण यसअघिको जनप्रतिनिधिको बोर्डले उक्त जमिन अरुलाई नै दिने निर्णय गरेको पनि उनको आरोप छ ।


प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP