prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • खाडीमा करिब दश लाख नेपाली प्रभावित
खाडीमा करिब दश लाख नेपाली प्रभावित
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, पुस २४, २०७६ बागेश्वरी पोस्ट
खाडीमा करिब दश लाख नेपाली प्रभावित

काठमाडौं ।संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ।

nepalgunj 081-082

संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि युएईका अधिकारी ‘अलर्ट’ अवस्थामा रहेको बताइन्। ‘अमेरिकी राष्ट्रपति र युएईका विदेशमन्त्रीको पछिल्लो भनाइले योभन्दा खराब अवस्था नआउला कि भन्ने अपेक्षा गरेका छौं,’ बुधबार उनले  भनिन्, ‘अवस्था बिग्रियो भने पनि नेपालीलाई कसरी उद्धार गर्ने भन्नेबारे परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क गरिरहेका छौं।’ हाल युएई–काठमाडौं सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले पनि उद्धारमा कठिनाइ नहुने उनको भनाइ छ।

यतिखेर युएईमा तीन लाखजति नेपाली कार्यरत रहेको नेपाली दूतावासले जनाएको छ। यसबाहेक अवैध रूपमा थप एक लाख नेपाली रहेको अनुमान छ। २०७२ पछि सरकारले महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाउन प्रतिबन्ध लगाएपछि श्रम स्वीकृतिबिनै नेपाली महिला तेस्रो मुलुक हुँदै युएईलगायतका खाडी मुलुक जाने गरेका छन्। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या करिब ४५ लाख पुगेको छ। रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडीका ६ मुलुक (युएई, कतार, ओमान, बहराइन, कुवेत र साउदी अरेबिया) तथा मलेसिया जाने गर्छन्।

विभागका अधिकारीहरू श्रम स्वीकृति लिएकामध्ये यतिखेर कम्तीमा २५ लाखले गन्तव्य मुलुकमा काम गरिरहेको अनुमान लगाउँछन्। वैदेशिक रोजगारीमा रहेका २५ लाखमध्ये १० लाखभन्दा बढी खाडीका ६ मुलुकमा रहेको विभागका अधिकारीहरू बताउँछन्। अमेरिका–इरान द्वन्द्वको असर इरान, इराक हुँदै खाडी मुलुकमा पर्ने देखिएकाले त्यहाँ कार्यरत नेपाली त्रसित बनेको कतारको दोहामा कार्यरत बाग्लुङ, बुर्तिवाङका रमेश घर्तीमगरले बताए। ‘अमेरिका र इरानबीच द्वन्द्व चर्कंदै गएपछि घरबाट पटकपटक कुनै समस्या परेको छ कि भनेर सोधपुछ भइरहेको छ,’ फोनमा उनले भने, ‘धेरैले सोधीखोजी गर्न थालेपछि यहाँ रहेका नेपाली त्रसित छन्।’

इरान–इराकमा भइरहेको द्वन्द्व मध्यपूर्वसम्म फैलियो भने एकैचोटि ठूलो संख्याका नेपाली जोखिममा पर्ने भएकाले उद्धारका लागि सरकारी संयन्त्र चनाखो हुनुपर्ने त्यहाँ कार्यरत नेपालीले बताएका छन्। ‘अहिले नै युद्ध हुन्छ वा हुँदैन, केही भन्न सकिँदैन,’ दुबईमा कार्यरत रोल्पा, घर्तीगाउँमा किरण केसीले भने, ‘युद्ध भइहाल्यो भने कसरी उद्धार गर्ने भन्नेबारे ठोस योजना सरकारसँग हुनुपर्छ।’ कतारस्थित नेपाली दूतावासकी द्वितीय सचिव ऋचा भट्टराईले अहिलेसम्म जोखिम नदेखिए पनि पछिल्लो अवस्थाबारे गम्भीरतापूर्वक नियालिरहेको बताइन्। पछिल्लो समस्यालाई लिएर परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क भइरहेको उनको भनाइ छ। खाडीका अन्य मुलुकका तुलनामा कतार–काठमाडौं दैनिक ६ हवाई उडान हुने भएकाले समस्या आइहाले पनि उद्धार गर्न कठिनाइ नहुने अधिकारीहरूको विश्वास छ।

हाल कतार–काठमाडौँ रुटमा दैनिक कतार एअरवेजले चार तथा नेपाल एअरलाइन्स र हिमालय एअरले दैनिक एकएक उडान गरिरहेका छन्। भट्टराईका अनुसार यतिखेर कतारमा तीन लाख ६३ हजार नेपाली कार्यरत छन्। त्यस्तै नेपाली कामदार धेरै कार्यरत रहेको अर्को गन्तव्य साउदी अरेबिया हो। विभागका अनुसार साउदीमा यतिखेर करिब चार लाख नेपाली कार्यरत रहेको अनुमान छ। कुबेतमा ५० हजार, ओमान र बहराइनमा २५/२५ हजार जति नेपालीले काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ। उता द्वन्द्वग्रस्त मुलुक इराक र अमेरिकी बेस क्याम्प रहेको इजरायलमा १०/१० हजार जति नेपाली रहेको अनुमान छ।

विभागले वैदेशिक रोजगारीमा जानेको विवरणमात्र राख्ने तर फर्कनेको विवरण नराख्ने गरेकाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकामध्ये कति गन्तव्य मुलुकमा छन् र कति स्वदेश फर्किए भन्ने यकिन तथ्यांक पाउन कठिन छ। लामो समयदेखि वैदेशिक रोजगारीमा गएकामध्ये फर्कनेको पनि विवरण राख्नुपर्ने आवाज उठ्दै आए पनि सरकारले त्यस्तो व्यवस्था गर्न सकेको छैन। विभागका महानिर्देशक भीष्मकुमार भुसाल विभागसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको मात्र विवरण हुने बताउँछन्।

‘वैदेशिक रोजगारीमा गएकामध्ये कति फर्किए भन्ने विवरण विभागसँग हुँदैन,’ उनले भने, ‘त्यस्तै प्रतिबन्ध लगाएको मुलुक इराकमा कति नेपाली छन् भन्नेबारे पनि केही भन्न सकिँदैन।’ सरकारले इराक रोजगारीमा प्रतिबन्ध लगाए पनि यतिखेर केही नेपाली त्यहाँ कार्यरत रहेको बताइन्छ। ती नेपाली कसरी इराक पुगे भन्नेबारे केही भन्न नसकिने अधिकारीहरू बताउँछन्। इराकमा अमेरिकी र इरानी सेनाबीच भीडन्त भइरहेकाले त्यहाँ रहेका नेपाली सबैभन्दा बढी असुरक्षित बनेका छन्।

त्यसैले उनीहरूको सुरक्षाका लागि सरकारले तत्काल पहल गर्नुपर्ने आवाज उठेको छ। विभागका महानिर्देशक भुसाल विदेशमा रहेका नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयको भूमिका महत्वपूर्ण हुने बताउँछन्। वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठ अमेरिका र इरानबीचको तनावले मध्यपूर्वमा रहेका नेपाली असुरक्षित देखिएकाले समस्या समाधानका लागि बिहीबार सरोकारवाला निकायबीच सामूहिक रूपमा छलफल हुने बताए। ‘मध्यपूर्वमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्नेबारे छलफलबाट केही उपाय तय होला भन्ने लागेको छ,’ उनले भने।नागरिकन्युजबाट साभार।


प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  ०८:०२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP