prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अतिक्रमित संरचना हटाउने अभियानः बुधवार फेरि सर्वदलीय बैठक
अतिक्रमित संरचना हटाउने अभियानः बुधवार फेरि सर्वदलीय बैठक
banijya office RSG-2
नेकपा एमाले र माओवादी केन्द्र अतिक्रमणकारीको पक्षमा
बागेश्वरी पोस्ट
सोमबार, भदौ १३, २०७९ बागेश्वरी पोस्ट
अतिक्रमित संरचना हटाउने अभियानः बुधवार फेरि सर्वदलीय बैठक

कोहलपुर । कोहलपुर नगर विकास समिति भित्रका अतिक्रमित संरचनाहरु खाली गराउन कानुन सम्मतरुपमा अगाडि बढ्ने सर्वदलीय तथा सर्वपक्षीय सहमति बनेको छ ।

कोहलपुर नगरपालिकाले नगर विकास समितिभित्र रहेका अतिक्रमित संरचनाहरु हटाउने क्रममा वसपार्क क्षेत्रमा विरोध भएपछि आज नगरपालिकामा आकस्मिकरुपमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले त्यसका लागि यही १५ गते बुधवार फेरि सर्वदलीय बैठक बसेर कानुन सम्मतरुपमा अगाडि बढ्ने निर्णय गरेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

‘सिडिओको आग्रहमा फेरि एक पटक सर्वदलीय बैठक बसौं भन्ने निर्णय भएको छ,' आचार्यले भने–‘कानुनी बैधता अनुसार स्थानीय सरकार अघि बढ्छ ।’ आफ्नो अभियान व्यवस्थित र सुन्दर कोहलपुर निर्माणका निमित्त रहेको प्रष्ट्याउँदै आचार्यले यसमा आफू दृढताका साथ अघि बढ्ने बताए । उनले विकासमा राजनीति नगर्न पनि सबैलाई अपिल गरेका छन् ।

नगर विकास समिति भित्रका संरचनाहरु आर्थिक वर्ष ०७५/७६ मै हटाउने सर्वदलीय सहमति भएको थियो । तत्कालीन नगर विकास समितिका अध्यक्ष अवराज खड्काको अध्यक्षतामा ०७५ साल भदौ ३ गते बसेको सर्वदलीय बैठकमा एमालेका तर्फबाट खिलप्रसाद भुषाल, काँग्रेसका तर्फबाट भूम भण्डारी, नेकपाका तुलाराम विष्ट, राप्रपाका यज्ञराज रेग्मी समेतले हस्ताक्षर गरेर नगर विकास समिति भित्रका संरचनाहरु हटाउने सहमति गरेका थिए । तर, आज संरचना हटाउने सवालमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले भने पछि हटेको देखिएको छ । राजनीतिक फाइदाका रुपमा जनतालाई भिडाउने काम माओवादी केन्द्र र एमालेको स्पष्ट देखिएको छ ।

नेकपा माओवादी केन्द्रबाट उपस्थित पूर्णाकुमारी सुवेदी र एमालेका खिलप्रसाद भुषाल सर्वदलीय बैठकमा सहभागी भएपनि हस्ताक्षर नगरेरै बाहिरिए । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सरकारी जग्गा संरक्षणमा राजनीति गर्न आवश्यक नरहेको बताए । उनले सार्वजनिक तथा सरकारी जग्गा संरक्षणमा स्थानीय सरकारले थालेको अभियानमा सघाउनु गृह प्रशासनको दायित्व भएको समेत स्पष्ट पारे । उनले भने–‘सरकारी जग्गा संरक्षण गर्छौं भनेर स्थानीय सरकारले गृह प्रशासनको सहयोग खोज्छ भने सहयोग गर्नु हाम्रो दायित्व हो ।’

कोहलपुरको न्यूरोड क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा र संरचना हटाउन मेयर आचार्य सहितको टोली आज बिहानैदेखि खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको केही टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गामुढा गरेपछि तनाव सिर्जना भएको थियो । त्यसपछि गृह प्रशासनको आदेशमा तत्काल संरचना हटाउने कार्यलाई रोकेर सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको थियो ।

No description available.No description available.

सर्वदलीय बैठकमा मेयरले के भने ?
कोहलपुर नगर विकास भित्रका संरचना हटाउन असार महिनादेखि नै उहाँहरुलाई आग्रह गरिएको हो । तर, अटेरी गरेपछि बाध्य भएरै संरचना हटाउने अभियान सुरु भएको हो । र, कानुनी प्रक्रिया अनुसार ती संरचनाहरु हटाइन्छ । अब प्रक्रियागत हिसावले कोहलपुर नगरपालिका अगाडि बढिसकेको छ । नगर विकास समितिले बनाएका टहराहरु व्यवसाय गर्न भनेर बनाइएको हो । तर, बसपार्क सुधार समितिको नाममा खडा भएको संस्थाले ती टहराहरुलाई अवैध धन्दा बनाएको छ । ती टहरामा जुवा र यौन धन्दा भइरहेको छ । ठग्ने काम भइरहेको छ । यसको जिम्मेवारी कसले लिने ?

पहाडबाट झरेका सोझा सिधा नागरिकलाई नांगै पारेर पठाउने काम गरिएको छ । यो जस्तो विडम्वना अरु के हुन सक्छ ? यही बसपार्कमा नांगै हिँडेको होइन कोही नागरिक ? कोहलपुरको देशव्यापी वद्नाम भएको हैन ? यसको जिम्मेवारी कसले लिने ? बसपार्क सुधार समितिले के हे¥यो ? बसपार्क सुधार समितिको कहाँ छ अडिट ? कहाँ छ कार्यसमिति ? कहाँ ग¥यो सार्वजनिक संस्थामा लगानी ? त्यसको जवाफ स्थानीय सरकारले खोजिरहेको छ र निरन्तर खोज्छ पनि । स्थानीय प्रहरी प्रशासनले यसमा साथ दिनुपर्छ । दिएन भने हामी जनताकोमा जान्छौं । यस्तै धन्दा क्रिकेट मैदानमा भइरहेको छ ।

बसपार्कमा करोडौंको धन्दा भइरहेको छ भने क्रिकेट मैदानमा अर्वौंको धन्दा भइरहेको छ । पहाड तिरका मान्छेहरुलाई फकाई फसाई ऐलानी जग्गा भनेर नगर विकास समितिको जग्गा बेचिएको छ । धेरैको उठिबास बनाइएको छ । त्यहाँबाट आउने कमिसन कहाँ कहाँ पुग्छ ? किन हामी मौन छौं ? देशभरी रहेका जो अवसरको खोजीमा कोहलपुर आए । के तिनीहरु सबैको व्यवस्थापन गर्ने जिम्मा कोहलपुर नगरपालिकाको हो ? कोहलपुर नगरपालिकामा स्थायीरुपमा बसेका नागरिकको व्यवस्थापनका निमित्त माथिल्लो तहमा आग्रह र अनुरोध गर्ने जिम्मा हो । देशभरीका नागरिकको जिम्मा लिन सक्दैन । भूमिहिनलाई व्यवस्थित गर्ने सवालमा १५ वटै वडामा फर्म भरिसकेका छन् । को सुकुम्बासी हो को भूमिहिन हो ? त्यसको छानविन गर्ने प्रक्रिया अगाडि बढिसक्यो । अव कसको व्यवस्थापन गर्नुपर्ने हो ? लोकनगरमा गरीव भनेर बसाइएको छ । त्यहाँ कति गरीव छन् ? कोहलपुर नगरपालिका कोहलपुरको केन्द्रमा छ । उत्तर, पूर्व र पश्चिमतिर ठगी धन्दा बाहेक अरु केही भएको छैन ।

राजनीतिक नेतृत्वको आडमा, पार्टीको संरक्षणमा जसरी यो धन्दा मौलाइरहेको छ, यसको जिम्मेवारी हामी लिन सक्दैनौं । कोहलपुर नगरपालिका गरीवको विपक्षमा छँदै छैन । यो बिषयमा मात्र होइन, प्रशासनिक सुधारका पक्षमा पनि निर्मन समिक्षा गरेर अगाडि बढिसकेका छौं । कोहलपुर नगरपालिकाको सुधारका लागि कसैसँग सम्झौता गरिँदैन । त्यसैले संरचना हटाउने अभियान सुरु भइसकेको छ अब कोहलपुर नगर विकास समितिले आफ्नो बैधता खोज्छ । कि त्यही वसपार्क सुधार समितिले ती संरचनाहरुको बैधता दिनु प¥यो हैन भने त नगर विकास समितिले भोलिदेखि बैधता खोज्छ ।


प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP