prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीका खोलाहरुको प्रारम्भिक वातावरणीय परीक्षण गरियो
राप्तीसोनारीका खोलाहरुको प्रारम्भिक वातावरणीय परीक्षण गरियो
RSG-2
'चोरी निकासी बढेकाले स्थानीय सरकार चनाखो बन्नुपर्नेमा जोड'
बागेश्वरी पोस्ट
बिहीबार, भदौ १६, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारीका खोलाहरुको प्रारम्भिक वातावरणीय परीक्षण गरियो

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेका खोला, नदी र घाटको प्रारम्भिक वातावरणीय परीक्षण गरिएको छ । गाउँपालिकाको प्रस्तावनामा विएमएस–एडब्लुएएस–आरआइपिपिएलई कन्सल्टेन्सीले गाउँपालिकाभित्र रहेका ९ वटा खोला, वगर र घाटबाट नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्नका लागि प्रारम्भिक वातावरणीय परीक्षण गरेको हो । करिब ३ महिनाको अध्ययनपछि प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयार पारिएको वातावरण तथा सामाजिक व्यवस्थापन विज्ञ राजीव खनालले बताए ।

paribartan 1

खोला, बगर तथा घाटबाट दिगो र वातावरणमैत्री रुपले ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्दा यो अध्ययन जरुरी रहेको खनालले बताए । नदीजन्य पदार्थ उत्खनन् कार्यमा चोरी निकासी बढी हुने गरेको पाइएकाले यसमा स्थानीय सरकार नै चनाखो हुनुपर्नेमा उनको जोड छ ।

यसतर्फ ध्यान दिँदै स्थानीय सरकारले अनुगमन, वृक्षारोपण लगायत यसबारे जनचेतनामूलक कार्यक्रम गर्न सक्ने गरी वातावरण व्यवस्थापनको योजना समेत निर्माण गरिएको उनले जानकारी दिए । गाउँपालिकाभित्र रहेका ९ वटै खोला, बगर, घाटबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन् गर्ने भन्ने विषयमा नेपाल सरकारले तोके बमोजिमको मापदण्ड बनाइएको छ । वातावरण संरक्षण ऐन २०७६ तथा नियमावली २०७६ अनुसार कुनै पनि क्षेत्रबाट दैनिक ३ सय घनमिटरसम्म नदीजन्य पदार्थ संकलन गर्नु पूर्व प्रारम्भिक वातावरणीय परीक्षण गनुपर्ने हुन्छ ।

यहाँका ९ वटै खोला, बगरको मापदण्ड फरक-फरक छ । उक्त मापदण्ड पालनामा समेत सरोकारवालाहरुले ध्यान दिनुपर्ने उनको भनाई छ । यसैबीच नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्नका लागि तयार पारिएको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन पश्चात बुधबार सरोकारवालाहरुलाई जानकारी गराइएको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजनामा पालिकासंग जोडिएको बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय, सामुदायिक वन कार्यालय, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरुको सहभागितामा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको हो ।

अवैध निकासी तथा चोरी पैठारी बढिरहेको अवस्थामा प्रारम्भिक वातावरणीय परीक्षणको जरुरी देखिएको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । आफू निर्वाचित भए लगत्तै गाउँपालिकाले ढुंगा, गिट्टी, उत्खनन् तथा संकलन कार्यलाई व्यवस्थित गर्दै लगेको बताउँदै अध्यक्ष पौडेलले वातावरण संरक्षण गर्ने दायित्व पनि स्थानीय सरकारको भएकाले सरोकारवालाले पनि यसमा साथ दिनुपर्ने बताए ।


प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP