Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • थापाले सम्हाले कोहलपुर नगर प्रहरी प्रमुखको कमाण्ड
थापाले सम्हाले कोहलपुर नगर प्रहरी प्रमुखको कमाण्ड
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १९, २०७९ बागेश्वरी पोस्ट
थापाले सम्हाले कोहलपुर नगर प्रहरी प्रमुखको कमाण्ड

नेपालगञ्ज । २७ वर्ष ११ महिना २३ दिन काम गरेर नेपाल प्रहरीको सेवाबाट स्वेच्छिक अवकाश लिएपछि प्रहरी निरीक्षक वीरबहादुर थापाले कोहलपुर नगर प्रहरीको कमाण्ड सम्हालेका छन् । एक जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवल्दार र १२ प्रहरी जवानका कमाण्डर थापाले कोहलपुर नगरपालिकामा पहिलोपटक गठन भएको नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर र चुनौति दुवै हात पारेका छन् ।

‘मेरो लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी अवसर र चुनौति दुवै हो,' उनी भन्छन्–‘सम्बृद्ध, विकसित र हरियाली सहर निर्माणको लागि स्थानीय सरकारले निर्दिष्ट गरेका कार्यहरुको कार्यान्वयन गराउनु हाम्रो जिम्मेवारी हो ।’ कोहलपुर नगरपालिकाले कोहलपुर बजारलाई व्यवस्थित र सुन्दर सहर निर्माणका लागि थालेका प्रयासहरुलाई कार्यान्वयन गराउनतर्फ प्रहरी निरीक्षक थापा नेतृत्वको टोली खरोरुपमा उत्रनुपर्नेछ । उनी त्यसमा कामयाब देखिने संकेत दिएका छन् ।

‘लामो समय ट्राफिक प्रहरीमा बसेर सेवा गरेको अनुभवलाई कोहलपुर नगरलाई व्यवस्थित गर्नका निमित्त खर्चिनुछ,' उनी भन्छन्–‘यसमा सम्पूर्ण कोहलपुरबासीको साथ र सहयोग अपरिहार्य छ ।’ उनले कोहलपुर नगरपालिकाभित्रको सार्वजनिक जग्गा, भौतिक पूर्वाधार सुरक्षादेखि नगरपालिकाभित्रको बजार, पार्किङ र फुटपाथ व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

करिव १० वर्ष ट्राफिक प्रहरीमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव, जिल्ला प्रहरी कार्यालय बाँकेमा अपराध अनुसन्धानमा कुशलतापूर्वक निर्वाह गरेको अनुभवसँगै लागु औषध व्यूरो र सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर समेत काम गरेको अनुभवले कोहलपुरलाई व्यवस्थित, सुरक्षित र विकसित सहर बनाउन थापाको भूमिका महत्वपूर्ण हुने नगरबासीहरुले अपेक्षा गरेका छन् ।

प्रहरी संगठनमा कुशल, इमान्दार तथा क्षमतावान र सफल अधिकृतको रुपमा आफूलाई स्थापित गरेका थापाले आफूले कोहलपुरलाई सुन्दर सहर बनाउनका निमित्त हरसम्भव प्रयास गरिने उल्लेख गरे । उनको स्पष्ट आग्रह थियो–‘व्यवस्थित र सुन्दर सहरका लागि सम्पूर्ण नगरबासीको साथ र सहयोग जरुरी छ ।’ थापा कोहलपुरकै स्थानीयबासी भएकाले पनि कोहलपुरको अवस्थाबारे पूर्णरुपमा जानकार छन् । त्यसैले उनलाई कोहलपुरको सम्भावना, चुनौति र त्यसको सम्वोधनको उपाय पहिल्याउन गाह्रो छैन ।

उनी भन्छन्–‘म आफैं कोहलपुरबासी हुँ । यो कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा रहेको विकसित सहर हो । यसलाई सुन्दर र व्यवस्थित सहर बनाउने अभियानमा आफ्नो घर सम्झेर काम गर्नेछु ।’ स्थानीय सरकार संचालन ऐन २०७४ ले नगर प्रहरी प्रमुखलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै उनले आफ्नो जिम्मेवारीमा कुनै कमी नहुने बताए । उनी गोर्खा दक्षिण वाहु पाँचौ, प्रहरी पराक्रम पदक, प्रहरी रत्न पदक लगायतका महत्वपूर्ण पदकसहित १५ वटा पुरष्कारबाट पुरष्कृत भइसकेका छन् । प्रहरी संगठनमा प्राप्त सीप र अनुभवलाई उनले कोहलपुरमा प्रयोग गर्ने बताएका छन् ।


प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP