prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरका मेयर आचार्यका सय दिनः आशा जगाउने बाटोमा 
कोहलपुरका मेयर आचार्यका सय दिनः आशा जगाउने बाटोमा 
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ २२, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरका मेयर आचार्यका सय दिनः आशा जगाउने बाटोमा 

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले एक सय दिनको अवधिमा भए गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । पालिकाले जेठ ११ गतेदेखि १४ गतेसम्मको अवधिमा भए गरेका प्रगति विवरणले कोहलपुरबासीलाई जनप्रतिनिधिप्रति आशा र भरोसा मात्र जगाएको छैन, सम्भावनाको दूरदृृष्टिको खाका कोरिदिएको छ ।

गएको बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित नगर प्रमुख पूर्ण प्रसाद आचार्य नेतृत्वको टोलीले एक सय दिनको अवधिमा ३२ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै खर्चमा मितव्ययिता अपनाइएको, पारदर्शिता, जवाफदेहिता, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन लगायतका सवालमा उल्लेखनीय कार्यहरु गरेको उल्लेख गरेको छ ।

नगरपालिकाले गर्ने सम्पूर्ण कामहरुलाई पारदर्शी एवम् सहभागितामूलक तवरले गर्ने गरिएको भन्दै ती कार्यहरु अधिकांश सार्वजनिकरुपमै जानकारी गराउने गरिएको पालिकाले जनाएको छ । पालिकाले आर्थिक मितव्ययिता एवम् पारदर्शिताको लागि कोटेशन खरिद प्रणालीलाई निरुत्साहित गरिएको स्पष्ट पारेको छ । गर्नै पर्ने भएमा कम्तीमा एक हप्ताको सूचनाबाट प्रतिस्पर्धात्मक तवरले गर्ने गरिएको उल्लेख छ । सरकारी एवम् सार्वजनिक जग्गा संरक्षणको लागि कुनै पनि व्यक्ति, संस्था वा निकायलाई जग्गा उपलब्ध नगराउने नीति अवलम्वन गरिएको पनि नगरपालिकाले आफ्नो प्रगति मानेको छ ।

यस्तै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान सुरु भइसकेको र क्रमशः हटाउने प्रक्रियालाई प्रभावकारी ढंगबाट अघि बढाइएको पनि नगरपालिकाले जनाएको छ । एक सय दिनको अवधिमा स्थानीय भूउपयोग परिषद् गठन गरी नगर क्षेत्रका सम्पूर्ण जग्गा, कृषि एवम् गैर कृषि क्षेत्रमा वर्गीकरण गरिएको, कोहलपुर नगरपालिकाको आधारभूत तह (कक्षा १–८०) मा स्थानीय पाठ्यक्रम (हाम्रो कोहलपुर) तयार गरी सम्पूर्ण विद्यालयमा नेपाली भाषामा अध्यापन हुने गरी यसै आर्थिक वर्षबाट लागू गरिएको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुखको सचिवालयद्वारा जारी प्रगति विवरणमा फोहर व्यवस्थापन विर्सजनका लागि ल्याण्डफिल साइटको प्रबन्ध एवम् सम्झौता गरी कार्यान्वयनमा ल्याइएको, कर्मचारी व्यवस्थापनका लागि दरवन्दी भन्दा अधिक संख्यामा रही नगरपालिकालाई थप आर्थिक दायित्व सिर्जना भएका ज्यालादारीतर्फ कार्यरत एवम् सेवा प्रदायक संस्थाबाट कार्यरत कर्मचारीलाई हटाइएको, नगरपालिकाको श्वेत पत्र निर्माणको काम सुरु गरेको, समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याइएको लगायतका प्रगति समेटिएको छ ।

कोहलपुर नगरपालकाको प्रशासनिक भवनको ठेक्का सम्झौता भई निर्माण सुरु हुनुलाई पनि सय दिनको प्रगतिको सूचीमा राखिएको छ ।

 

हेर्नुहोस् एक सय दिनको कामको फेहरिस्त-

No description available.No description available.No description available.


प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP