नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सक्रिय बन्दै नेपालगञ्जको न्यायिक समिति, एउटै इजलाशबाट पाँच उजुरीको सुनुवाई
सक्रिय बन्दै नेपालगञ्जको न्यायिक समिति, एउटै इजलाशबाट पाँच उजुरीको सुनुवाई
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ २६, २०७९ बागेश्वरी पोस्ट
सक्रिय बन्दै नेपालगञ्जको न्यायिक समिति, एउटै इजलाशबाट पाँच उजुरीको सुनुवाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति सक्रिय बनेको छ । विभिन्न विषयसंग सम्बन्धित समस्याहरुको समाधान गरी पाउँ भनी न्याय निरुपणका लागि परेका निवेदनहरु उपर कारवाही शुरु गरेर न्यायिक समितिले सक्रियता बढाएको हो । 

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावबाट नगर उपप्रमुख निर्वाचित भएर आएका कमरुद्दिन राईले न्यायिक समितिलाई सक्रिय ढंगले क्रियाशील बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले न्यायिक समितिमा परेका उजुरीहरु उपर नियमित इजलाश बसेर समाधानको खोजी गरिने बताए । प्रत्येक शुक्रबार इजालाश बसेर न्याय निरुपण गरिने राईको भनाई छ ।

उनी निर्वाचित भएर आएपछि पहिलोपटक गत शुक्रबार इजलाश बसेर पाँच वटा उजुरी उपर आवश्यक कारवाही अगाडि बढाएको कानुन अधिकृत माया शर्माले बताइन् । उनका अनुसार जग्गा अतिक्रमण, सार्वजनिक ठाउँमा संरचना निर्माण, पारिश्रमिक नपाएको लगायतका विषयमा न्यायिक समितिले विभिन्न निर्णय गरेको छ । 

छोराछोरीको सहमति विना मंग्नी भएर विवाह रद्द भएपछि सामानको क्षतिपूर्ति दिलाई पाउँ भनी परेको उजुरी उपर न्यायिक समितिले छलफल गरी उक्त सामान बराबरको नगद रुपैयाँ उपलब्ध गराउन भनेको छ । नेपालगञ्ज १९ का पुष्करकुमार यादवले नेपालगञ्ज १३ का जयराम यादव विरुद्ध उजुरी दर्ता गराएका थिए । यस्तै नेपालगञ्ज २ का देवेन्द्र शर्माले नेपालगञ्ज २ कै लोकेन्द्र अर्यालले बनाइरहेको संरचना विरुद्ध निवेदन दिएपछि न्यायिक समितिले अमिनबाट नापजाँच गरी आगामी शुक्रबारको इजलाशमा प्रतिवेदन पेश गर्न आदेश दिएको छ । 

नेपालगञ्ज १८ का लोकेन्द्रबहादुर चन्दले दुर्गाबहादुर बहादर थापा लगायतले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएको भन्दै उजुरी दिएपछि सार्वजनिक जग्गा अतिक्रमण तत्काल हटाउने सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि नगर प्रहरीलाई आदेश दिइएको छ । यसैगरी नेपालगञ्ज १३ का फरिद कबडियाले पारिश्रमिक ज्याला दिलाई पाउँ भनी नेपालगञ्ज ९ का विजयविक्रम शाहका विरुद्ध दिएको उजुरीमा सुनुवाई गर्दै आगामी शुक्रबार दुबै पक्षलाई इजलाशमा झिकाउन आदेश दिएको छ । 

नेपालगञ्ज ५ का तरतिल खातुनले आइतेलाल थापा लगायतले आफ्नो जग्गा च्यापी अतिक्रमण गरेको उजुरी न्यायिक समितिमा परेकोमा शुक्रबारको इजलाशले अमिनबाट नापजाँच गरी प्रतिबेदन पेश गर्न आदेश दिएको कानुन अधिकृत शर्माले जानकारी दिइन् । 

यसअघि अघिल्लो शुक्रबार मदरसामा पढाउने एक शिक्षिकालाई जागिरबाट निकालिदिएको विषयमा परेको उजुरी उपर पनि सुनुवाई भई आवश्यक कारवाही अगाडि बढाइएको थियो । मदरसाकी शिक्षक सबिला बेगम धुनियाँले मदरसाका अध्यक्ष एवम् प्रधानाध्यापक निजामुद्दिन दर्जी विरुद्ध उजुरी दिएपछि न्यायिक समितिले आवश्यक कारवाही प्रक्रियाका लागि शिक्षा महाशाखामा लेखी पठाएको थियो । अहिले शिक्षकलाई काममा फिर्ता बोलाई आदेश कार्यान्वयनको चरणमा रहेको शर्माले बताइन् । 

न्यायिक समितिमा उप्रमुख राई संयोजक तथा राजकुमार साहु र बसन्तकुमार कनोजिया सदस्य छन् । 


प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP