नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बच्चा चोरको अफवाहले समाजमा नकारात्मक असर पर्दै
बच्चा चोरको अफवाहले समाजमा नकारात्मक असर पर्दै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ २९, २०७९ बागेश्वरी पोस्ट
बच्चा चोरको अफवाहले समाजमा नकारात्मक असर पर्दै

नेपालगन्ज । गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए ।

यो दृश्य केही फेसबुक पेजबाट सेयर भएपछि  हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्यो । जिल्लामा बालबालिका चोरको हल्ला निकै फैलियो ।

मङ्गलापुरमा साँझ एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मङ्गलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको भनी गलत हल्ला फिँजाइयो । प्रहरीले सोधपुछ गर्दा यो घटना गलत भएको पुष्टि भयो ।

भारतीय महिलाले चोरेर लैजाँदै गरेको भनी गलत प्रचार गरेको यो घटना प्रहरीले आफन्तलाई सोधपुछ गर्दा बालिका उनैको छोरी भएको प्रमाणित भयो । बच्च चोरी गरी हिँडेको भन्ने आरोप लगाइएकी महिला पाल्पा तानसेन नगरपालिका–७ लामीडाँडा बस्ने ज्योति रञ्जन हुन् । यसमा देखिएकी पाँच वर्षकी बालिका ज्योतिकै छोरी रहेको आफन्तले प्रमाणित गरेपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो ।

भारत माइती भएकी ज्योतिलाई नेपाली भाषा राम्रोसँग बोल्न नआउने भएकाले अरुको बच्चा अपहरण गरेर भारत लैजान लागेको आरोप स्थानीयले लगाएका थिए । तर, प्रहरीले अनुसन्धानपछि उनीहरूलाई छाडेको जनाएको छ ।

यसैगरी बुटवलमा केही दिनअघि योगी भोलानाथ भट्टराईलाई आफ्ना नातिसँग हिँडिरहेका बेला बुटवलमै स्थानीयले बच्चा चोर भन्दै घेरा हाले । बच्चा चोरेको आरोप लगाउँदै भट्टराईलाई प्रहरीमा बुझाए । प्रहरीले सोधपुछ गर्ने क्रममा हजुरबुवा र नाति भन्ने खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसी बताउछन् । सोधपुछपछि दुवै जनालाई परिवारको जिम्मा लगाइएको उनको भनाइ छ ।

बच्चा चोरको अनावश्यक हल्लाले समाजमा एकले अर्कोलाई हेर्न दृष्टिकोण फेरिएको छ । बजारमा नयाँ मानिस बालबालिकासँग देख्नेबित्तिकै चोरको आशङ्का गर्ने र अनावश्यक तनाव दिने काम भएको प्रहरीको भनाइ छ ।

अहिले सामाजिक सञ्जालमा ‘बच्चा चोर’को अनावश्यक हल्ला फिँजाइएकाले बालबालिकामा समेत यसको नकारात्मक प्रभाव परेको छ । “बच्चा चोरको हल्लाले मेरो छोरा विद्यालयबाट आउँदा हिजो निकै डराए । म घर बाहिर भएकाले एक्कासी रुँदै फोन गर्‍यो”, सञ्चारकर्मी अस्मिना पाण्डे भन्छिन‍, "बाबु निकै डराएको रहेछ, पछि फोनमा धेरै बेर सम्झाएँ ।”

बच्चा चोरको हल्लाले बालबालिका विद्यालय जान समेत डर मान्ने गरेका छन् । सामाजिक सञ्जालको हल्लाले बालबालिकामा मानसिक असर गर्ने भएकाले अभिभावकहरू सचेत हुनुपर्ने मनोविमर्शकर्ता सुष्मा अर्याल बताउँछिन् । यो समयमा एकातिर अभिभावक पनि त्रसित हुने र बालबालिकालाई सचेत गराउन खोज्दा नकारात्मक असर पर्न जाने भएकाले यसमा घरपरिवार, समाज सबै सचेत बन्नुपर्ने उनको भनाइ छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले समेत विज्ञप्ति जारी गर्दै बच्चा चोरीको सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक भएको जानकारी गराएको छ । तर, यस्ता भ्रामक सूचना र दृश्यले समाजमा त्रास उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सामाजिक सञ्जालमा उल्लेख भएको बच्चा चोरको हल्ला गलत भएको जनाएको छ । 

अहिलेसम्म कुनै पनि यस्ता घटनाका सम्बन्धमा उजुरी तथा निवेदन नपरेको र त्यस्तो कुनै पनि प्रकारको गतिविधि भएको नपाइएकाले हल्ला र अफवाहको पछि नलाग्न प्रहरीको अनुरोध छ । “अहिलेसम्म कुनै घटना भएको छैन । सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भयो । यस्तो हल्लाको पछि नलागौँ”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी श्यामु अर्याल भन्छन् ।

कतिपय व्यक्तिले अनावश्यक हल्ला तथा अफवाह फैलाएर मानिसमा डर, त्रास तथा आतङ्क सिर्जना गर्ने काम गरेका कारण यसका पछाडि नलाग्न उनको अनुरोध छ । बच्चा चोरको अनावश्यक हल्ला फैलिएपछि यस क्षेत्रका स्थानीय तहले समेत भ्रम नफैलाउन आग्रह गरेका छन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइलगायत विभिन्न निकायले विज्ञप्तिमार्फत भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

बुटवल उपमहानगरपालिका कार्यालयले विगत केही दिनदेखि सामाजिक सञ्जालमा व्यापकरूपमा फैलाइएको विद्यार्थी अपहरणसम्बन्धी दिग्भ्रमित गराउने खालका झुटा प्रचारलाई आधार मानी केही विद्यालयले समेत सूचना प्रकाशित गरेको हुँदा यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै सामाजिक सञ्जालमा उल्लेख भएझै उपमहानगरपालिकामा कुनै घटना जानकारीमा नआएको हुँदा त्यस्ता भ्रामक सूचना, तस्वीर र भिडियोको पछाडि नलाग्न सबैमा अनुरोध गरेको छ ।

त्यस्ता अपराधसम्बन्धि सूचना प्राप्त भएमा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा यस उपमहानगरपालिकामा जानकारी गराउनु समेत उपमहानगरले अनुरोध गरेको छ ।

यतिमात्रै होइन यस उपमहानगरपालिका अन्तर्गतका विद्यालयले स्पष्ट आधार, प्रमाण र अनुमतिबिना अभिभावक तथा विद्यार्थीलाई दिग्भ्रमित गराउने सूचना सम्प्रेषण गरेको पाइएमा कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । “बच्चा चोरको अफवाहले परिवार समाजमा नकारात्मक असर गरेका कारण उपमहानगरपालिकाले विज्ञप्तिमार्फत सचेत गराउने काम गरेको छ”, उपप्रमुख सावित्रादेवी अर्याल भन्छिन्, “सचेत बनौं तर शङ्काकै भरमा केही व्यक्तिमाथि आरोप नलगाऔँ ।”

त्यसो त प्रहरीका विभिन्न एकाइले पनि सूचनामार्फत गलत हल्लाका पछि नलाग्न अनुरोध गरेको छ । तर सामाजिक सञ्जालमा भ्रामक दृश्य राखेर सेयर गर्ने क्रम रोकिएको छैन । बच्चा चोरी भयो भनेर अभिनय समेत गरेर सामाजिक सञ्जालमा राख्न थालेपछि प्रहरीले यस्ता गलत सूचना दिने सामग्री नराख्न र राखेको पाइएमा कारबाही गर्ने जनाएको छ ।

“सामाजिक सञ्जालमा गलत सूचना दिनेलाई प्रहरीले कारबाही गर्नुपर्छ, यस्ता गलत हल्लाले समाज अशान्त भयो । सबैभन्दा बढी बालबालिकामा नकारात्मक प्रभाव पर्‍यो यसले गर्दा बालबालिका विद्यालय जान पनि डराउन थाले”, अभिभावक रचना पाण्डे भन्छिन् । सचेत गराउने नाममा गलत सूचना दिएर भ्रम फैलाउने कार्य बन्द गर्नुपर्ने उनको भनाइ छ । हाम्राकुरा


प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP