नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाल दिवसका अवसरमा नरैनापुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान
बाल दिवसका अवसरमा नरैनापुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ २९, २०७९ बागेश्वरी पोस्ट
बाल दिवसका अवसरमा नरैनापुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान

नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाउँपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाँउपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर आज महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।

गाउँपालिकाले २६ विद्यार्थीलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीहरु मध्ये दिक्षिणा यादव र पवन सिंह यादवलाई एसईईमा सर्र्बोत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकोमा ल्यापटप प्रदान गरिएको थियो भने अरु उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान, कापी, झोला, प्रमाणपत्र र खादा लगाएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको बाटो निर्माण गर्नु मात्र नभएको बताउँदै शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिकरुपमा विकास हुँदै जाने बताए । अध्यक्ष शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'सर्बोत्कृष्ट २ जनालाई आज जसरी ल्यापटप प्रदान गरिएको छ, यसैगरी तपाईंहरुहरु पनि मेहनत गर्नुहोस्, सर्बोत्कृष्ट हुने सबै विद्यार्थीहरुलाई ल्यापटप प्रदान गर्छौं ।' उनले गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताए ।

गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद थारुले नरैनापुर भित्रको शिक्षाको गुणस्तर बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसला स्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाई क्रियाकलापलाई थप अगाडि बढाउन उर्जा प्रदान गर्ने बताए । 

यसैगरी वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले शिक्षा क्षेत्रमा राजनीति नगर्न सबैलाई आग्रह गर्दै शिक्षा क्षेत्रको सुधारका लागि जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताए । उनले नरैनापुर ५ लाई अबको ५ वर्षमा शिक्षाको हब बनाउने बताए । 

कार्यक्रममा गाउँपालिका अध्यक्षसँगै प्रमुख प्रशासकीय अधिकृत खराल, वडा नं. १ का अध्यक्ष इशाक जोलाह, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ५ का अध्यक्ष मौर्य, वडा नं. ४ का अध्यक्ष मनोज मिश्रा, जिन्सी शाखा प्रमुख भरत महतो, विपत शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, कमल केसी लगायतले सम्मान प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

नरैनापुर गाउँपालिकाको वडा नं. ६ मा रहेकोे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले आजै ‘बालमैत्री समाजको आधार-जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वक्तृत्वकला कार्यक्रम समेत आयोजना गरेको थियो । वक्तृत्वकलामा उत्कृष्ट भएकाहरुलाई गाउँपालिका अध्यक्ष शाहले पुरस्कार वितरण गरेका थिए । 


प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP