Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँके ट्राफिकले चाडपर्वलाई लक्षित गर्दै बिशेष चेकजाँच अभियान सुरु गर्दै
बाँके ट्राफिकले चाडपर्वलाई लक्षित गर्दै बिशेष चेकजाँच अभियान सुरु गर्दै
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज ४, २०७९ बागेश्वरी पोस्ट
बाँके ट्राफिकले चाडपर्वलाई लक्षित गर्दै बिशेष चेकजाँच अभियान सुरु गर्दै

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी बाँकेले दुर्घटना न्यूनिकरणका लागि दैनिक चेकजाँच गर्दै आइरहेको छ । जिल्लामा दुर्घटना नहोस् भन्ने सोचका साथ बाँके ट्राफिक प्रहरीले मापसे जाँच, सवारी जाँच, यात्रु क्षमता लगायतका कुरामा जाँच गर्दै आइरहेको अवस्थामा आउँदै गरेको चाडपर्वमा लामो दूरीका सवारी साधनलाई लक्षित गर्दै बाँके भित्रिने तथा बाहिरिने सवारीसाधनलाई बिशेष  चेकजाँच गर्ने भएको छ ।

बाँके ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले चाडपर्वको समयमा सवारी साधनबाट हुन सक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण तयार पार्न बाँकेका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीको विशेष ‘चेकिङ’ गर्न लागिएको बताए ।

ट्राफिक प्रहरी प्रमुख शाहले बाँकेको पुर्वमा कुसुम, पश्चिममा मानखोला, उत्तरमा चिसापानी दक्षिणमा नेपालगन्ज, राँझा चोक र कोहलपुरको चपरगौडी लगायतका स्थानहरुमा लामो दूरीका सवारी साधनलाई विशेष चेकजाँचको व्यवस्था गरिरहेको जानकारी दिएका छन् ।

बाँके ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा जिल्लाका धेरैजसो  स्थानमा  नियमित चेकजाँच, मापसे जाँच, छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमता भन्दा बढी यात्रु राख्न नदिने, सवारी साधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे समेत जानकारी गराउने बताएको छ । 

बाँके ट्राफिकले लामो दुरीका सवारी साधनलाई मात्रै नभई छोटो दुरीका सवारी साधनलाई समेत जाँच गर्ने भएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न समेत दैनिक रुपमा मापसे जाँच लगायत ट्राफिक प्रहरी सचेतना कक्षा दिँदै आइरहेको छ । यसका साथै बाँके ट्राफिक प्रहरीले सवारी दुर्घटना र तिब्र स्पिड कंट्रोल गर्न जिल्लाका चेकजाँच हुने स्थानहरुमा  रोड ब्यारीकेडर राख्ने भएको छ ।

त्यस्तै ट्राफिक प्रमुख शाहले दुर्घटना न्यूनिकरण गर्न जिल्लाका सम्बन्धित सरोकारवालाहरुले पनि ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP