Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरको बाढी प्रभावित क्षेत्रको अनुगमन
नरैनापुरको बाढी प्रभावित क्षेत्रको अनुगमन
RSG-2
भत्किन लागेको बाँधको तटबन्ध तत्काल सुरु गर्ने प्रतिबद्धता
बागेश्वरी पोस्ट
मंगलबार, असोज २५, २०७९ बागेश्वरी पोस्ट
नरैनापुरको बाढी प्रभावित क्षेत्रको अनुगमन

नरैनापुर (बाँके) । अविरल वर्षाका कारण बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ७ र नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ मा सिक्टाले बनाएको बाँध भत्किन थालेपछि स्थानीयहरु त्रासित बनेका छन् ।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा आज प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल सहितको टोलीले भत्किन थालेको बाँधको स्थलगत अनुगमन गरी तत्काल बाँधको तटबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले प्रतिबद्धता व्यक्त गरेका छन् ।स्थानीयहरुसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकोले गृह मन्त्रालयमार्फत् बाढी प्रभावितहरुको समस्या समाधानका लागि पहल गर्ने बताएका थिए ।

No description available.

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले राप्तीसोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै बाढी प्रभावितहरुलाई तत्काल राहत दिन अनुगमन टोलीलाई आग्रह गरेका थिए । अध्यक्ष शाहले सिक्टाले बनाएको बाँध पूर्णरुपमा फुटेको खण्डमा ठूलो मानवी क्षति हुन सक्ने भएकोले उक्त बाँध मर्मतका लागि प्राविधिकहरु तत्काल खटाउन सुझाव दिएका थिए ।

स्थलगत अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी खत्रीलाई राप्तीसोनारी ७ का वडा अध्यक्ष रामलखन थारुले बाँध भत्किए हजारौं मानिसको ज्यान जान सक्ने भएकोले तत्काल उचित प्रबन्ध मिलाउन आग्रह गरेका थिए । निरन्तररुपमा परिरहेको पानीका कारण नरैनापुरमा तीन हजार घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको अनुगमन टोलीलाई प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी गराए । बाढी तथा डुबानबाट नरैनापुरमा मात्र दुई सय घरधुरीमा पूर्ण क्षति हुन पुगेको प्रमुख प्रशासकीय अधिकृत खरालले बताएका थिए ।

पानी नपरेपछि गत साउनमा नरैनापुरलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपनि सरकारले कुनै प्रकारको राहत दिन नसकिरहेको अवस्थामा फेरि बाढी र डुबानको समस्याले स्थानीयहरुलाई झन पीडा दिएको बताउदै गाउँपालिका अध्यक्ष शाहले संघीय सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गर्न पुगेको टोलीले नरैनापुरको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको जिन्सी शाखा प्रमुख भरत महतोले बताए ।


प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP