नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मोतिविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै नेपालगञ्ज उपमहानगरपालिका
मोतिविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै नेपालगञ्ज उपमहानगरपालिका
वडा नम्बर १ मा ३८ जनामा देखियो मोतिविन्दु
बागेश्वरी पोस्ट
बिहीबार, असोज २७, २०७९ बागेश्वरी पोस्ट
मोतिविन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्दै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मोतिविन्दुको समस्या भएका व्यक्तिहरुको पहिचान गर्न शुरु गरेको छ । मोतिविन्दु भएका व्यक्तिहरुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्न आजदेखि निःशुल्क आँखा जाँच तथा मोतिविन्दु छनौट शिविर शुरु गरिएको छ । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ बाट निःशुल्क आँखा जाँच तथा मोतिविन्दु छनौट शिविर शुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका र फत्तेबाल आँखा अस्पताल फुल्टेक्राको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । सहरी स्वास्थ्य केन्द्र वडा नम्बर १ धम्बोझीमा आयोजित निःशुल्क आँखा शिविरको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका छन् । 

शिविरको उद्घाटन गर्दै नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिका भित्रका नागरिक दृष्टिविहिनताको शिकार नबनुन् भन्ने उद्देश्यले २३ वटै वडामा मोतिविन्दुका रोगी पहिचान गरी निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको बताए । उनले शिविरमा छुटेकाहरुले फत्तेबाल आँखा अस्पतालमा गएर पनि आँखा जाँच गराउन सक्ने बताए । नगर प्रमुख विष्टले मोतिविन्दु पहिचान भएपछि नेपालगञ्ज उपमहानगरपालिका वा वडा कार्यालयको सिफारिसमा फत्तेबाल आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको बताए । 

विष्टले यो अभियान लगातार पाँच बर्षसम्म चल्ने बताए । "नेपालगञ्ज उपमहानगरपालिकाभित्र बसोबास गर्ने नेपाली नागरिक कोही पनि मोतिविन्दु भएर वा आर्थिक समस्याका कारण दृष्टिविहिन हुन नपरोस् भनेर हामीले यो अभियान चलाएका छौं, आँखा निकै संवेदनशील अंग हो, यसको संरक्षणमा हामी सबै गम्भीर बन्नुपर्दछ," उनले भने । 

No description available.

फत्तेबाल आँखा अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले विश्व दृष्टि दिवसको अवसर पारेर नेपालगञ्जमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताए । लुम्बिनी प्रदेशमा दृष्टिविहिनताका समस्या बढी देखिएको भन्दै उनले नेपालगञ्ज उपमहानगरपालिकाले दृष्टिविहिनताको अवस्थालाई रोक्न थालेको कदममा आफूहरुले प्राविधिक सहयोग गरेको बताए । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले मोतिविन्दु भएका व्यक्तिहरुलाई दृष्टिविहिनताबाट जोगाउन थालिएको अभियानमा सक्रियतापूर्वक सहभागी बन्न आह्वान गरे । उनले शिविरमा निःशुल्क आँखा जाँच हुनुका साथै औषधि पनि निःशुल्क उपलब्ध गराइने बताए । 

No description available.

फत्तेबाल आँखा अस्पतालका नेत्र विशेष छन्दु चौधरीले यो शिविर ४० बर्ष भन्दा माथि उमेरका व्यक्तिहरुको लागि विशेष उपयोगी हुने बताए । शिविर उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य कुमार पुष्पा सिंह, वडा सदस्य इन्द्रबहादुर राना, स्वास्थ्य महाशाखाका हेल्थ असिस्टेन्ट राजन शाही लगायत उपस्थित थिए । 

यसैबीच वडा नम्बर १ मा ३८ जनामा मोतिविन्दुको समस्या देखिएको छ । वडा अध्यक्ष रिजालका अनुसार २०० जनाको आँखा जाँच गर्दा ३८ जनाको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।

No description available.No description available.


प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP