नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर बसपार्कका व्यवसायीले स्वतःस्फूर्तरुपमा सटर खाली गरे
कोहलपुर बसपार्कका व्यवसायीले स्वतःस्फूर्तरुपमा सटर खाली गरे
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १, २०७९ बागेश्वरी पोस्ट
कोहलपुर बसपार्कका व्यवसायीले स्वतःस्फूर्तरुपमा सटर खाली गरे

कोहलपुर । अन्ततः कोहलपुर नगरपालिकास्थित बसपार्कका व्यवसायीहरुले सटरहरु खाली गरेका छन् । कोहलपुर नगरपालिकाले नगर विकास समिति अन्तर्गत रहेका सटरहरु हटाउन ब्यवसायीलाई पटक–पटक समय दिएको थियो ।

पछिल्लो पटक बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले असोज मसान्तसम्म सटरहरु खाली गर्न लिखित सहमति गरेको थियो । सोही सहमति अनुसार व्यवसायीले स्वतःस्र्फुतरुपमा सटर खाली गरेको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । ‘सहमति अनुसार अधिकांशले सटर खाली गरिसक्नुभएको थियो,' उनले भने–‘बाँकी केहीले अटेरी गर्नुभएको थियो, उहाँहरुले पनि आज खाली गराउनुभएको छ ।’ 

नगर विकास समितिको जग्गामा निर्माण भएका सटरहरु खाली गराउन लामो समयदेखि नगरपालिकालाई संघर्ष गर्नुपरेको थियो । तर, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले सबै राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर सटर खाली गराउन सफल भएका हुन् । ३०औंं वर्षदेखि नगर विकास समितिको जग्गामा व्यवसायीहरुले कब्जानै जमाएका थिए । बसपार्क सुधार समितिले उनीहरुबाट भाडा असुल्ने गरेको थियो । त्यसका लागि समितिले नगर विकाससँग सम्झौता गरेको थियो । 

आर्थिक वर्ष ०७८–०७९ का लागि समितिले नगर विकाससँग वार्षिक ३ लाख ८ हजार रुपैयाँमा सम्झौता गरेको थियो । त्यहाँ ७५ वटा सटर छन् । तर, आर्थिक वर्ष ०७९–०८० का लागि भने नगर विकास समितिले सुधार समितिलाई सटर भाडामा दिन नवीकरण गरेको थिएन । ‘सहमति अनुसार व्यवसायीले सटर खाली गर्नुभएको छ, कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले भने–‘उहाँहरुप्रति धन्यवाद छ ।’ सबै राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर सटरहरु खाली गराउन सफल भएको पनि उनको भनाई छ । ‘लामो समयदेखि बसिरहेकालाई सटर छाड्नु पर्दा केहीलाई अप्ठ्यारो लाग्नु स्वभाविकै हो,' उनले भने–‘हाम्रो आग्रहलाई सबैले स्वीकार गर्नुभयो ।’

कोहलपुर नगरपालिकालाई व्यवस्थित र विकसित सहरकारुपमा विकास गर्ने कोहलपुर नगरपालिकाको मुख्य उद्देश्य रहेको पनि उनले बताए । कोहलपुर नगरपालिकाले फुटपाथलाई व्यवस्थित बनाउने कार्यलाई तीब्रताका साथ अघि बढाएको छ ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  २१:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP