prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगर प्रहरीको एक्सन: सिभिल बैंकलाई १६ हजार जरिवाना
कोहलपुर नगर प्रहरीको एक्सन: सिभिल बैंकलाई १६ हजार जरिवाना
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक ३, २०७९ बागेश्वरी पोस्ट
कोहलपुर नगर प्रहरीको एक्सन: सिभिल बैंकलाई १६ हजार जरिवाना

कोहलपुर । कोहलपुर नगर प्रहरीले नगरपालिका क्षेत्रमा अनाधिकृतरुपमा राखिएका प्रचार सामग्री हटाउने अभियानलाई आक्रामक बनाएको छ । नगरपालिकाको स्वीकृति विना बजार क्षेत्रलाई नै कुरुप बनाउने गरी राखिएका त्यस्ता प्रचार सामग्री विरुद्ध नगर प्रहरी एक्सनमा आएको हो ।

नगर प्रहरीले आफ्नो जिम्मेवारी सम्हालेपछि हालसम्म करिव पाँच सय फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड हटाइसकेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । विज्ञापन प्रयोजनका लागि अनाधिकृतरुपमा राखिएका त्यस्ता प्रचार सामग्री हटाएर सम्बन्धित निकायलाई कारवाहीको दायरामा समेत ल्याउन थालिएको छ ।  

अनाधिकृतरुपमा आफ्नो प्रचार सामग्री राखेको पाइएपछि सिभिल बैंकलाई कारवाहीको दायरामा ल्याइएको पनि प्रहरी प्रमुख थापाले बताए । ’नगरपालिकासँग स्वीकृति नलिएरै सिभिल बैंकले विद्युतका पोलमा ३२ वटा होर्डिङ बोर्ड राखेको रहेछ थापाले भने–‘१६ हजार जरिवाना गरेर नगर प्रहरीको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड फिर्ता गरिदिएका छौं ।’ नगर प्रहरीको नियन्त्रणमा रहेका फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड जरिवाना तिराएर सम्वन्धित निकायलाई बुझाउने गरिएको थापाको भनाई छ । 

नगरपालिकाको स्वीकृति विना प्रचार सामग्री राखिए विज्ञापन नियमन ऐन २०७६ अनुसार कारवाही गरिने पनि थापाले चेतावनी दिएका छन् । कोहलपुर बजारदेखि पार्वतीपुर, रोहिणी खोला र मदन चोक क्षेत्र भित्रका अधिकांश प्रचार सामग्री हटाइएको पनि थापाले बताए । 

त्यस्तै नगर प्रहरीले फुटपाथ पनि खाली गराउने अभियानलाई सँगै अगाडि बढाएको छ । कोहलपुर चौराहदेखि साझा चोकसम्मको फुटपाथ खाली गराइएको छ । फुटपाथमा राखिएका अधिकांश पसल र ठेलाहरु हटाइएको छ । ‘सार्वजनिक स्थान र फुटपाथमा राखिएका पसल तथा ठेलाहरु हटाउने अभियान जारी छ थापाले भने–‘अहिलेसम्म कोहलपुर चौराह, कोहलपुर नगर विकासको कार्यालय अगाडि, कृषि हाटबजार अगाडि फुटपाथ अतिक्रमण गरेर बसेका पसल र ठेला व्यवसायी हटाइसकिएको छ ।’ 

यस्तै कोहलपुर चौराहदेखि पाँच सय मिटर वरपरको क्षेत्रमा सवारी साधन रोक्न निषेध गरिएको छ । सवारी साधन जथाभावी रोक्ने, यात्रुहरु चढाउने र ओराल्ने गर्दा दुर्घटनाको जोखिम बढेपछि नगर प्रहरीले चौराह क्षेत्रको पाँच सय मिटर वरपर सवारी साधन रोक्न निषेध गरेको हो । त्यसको कार्यान्वयनका लागि नगर प्रहरीनै ड्युटीमा खटिने गरेको पनि उनको भनाई छ । 'कोहलपुर नगरपालिकालाई व्यवस्थित र सुन्दर सहरका रुपमा विकास गर्न अहोरात्र खटिएका छौं,' उहाँले भने–‘चौराह, न्यूरोडचोक, कृषि बजार चोक, साझा चोकमा तालिका बनाएरै नगर प्रहरी खटिएको छ ।’


प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP