Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ ५, २०७७ ०९:२४:५२ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • दुई महिनाअघि नै प्रधानमन्त्री कहाँ अडियो क्लिप लगिसकेको थिए:बिजय मिश्र
दुई महिनाअघि नै प्रधानमन्त्री कहाँ अडियो क्लिप लगिसकेको थिए:बिजय मिश्र
64x64
शुक्रवार, फाल्गुन ९, २०७६ बागेश्वरी पोस्ट

काठमाडौं ।सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमै पुगेर अडियो रेकर्ड गर्ने विजय मिश्र जापान बसेर नेपाल फर्केका हुन् । नेपालमै मेसिनरी एन्ड सेक्युरिटी प्रालि स्थापना गरेर सेक्युरिटी प्रिन्टिङ प्रेसकै क्षेत्रमा काम गरेको बताउने उनी स्विट्जरल्यान्डको एक कम्पनीका प्रतिनिधिसमेत हुन् ।

उनले सुरूमा स्विट्जरल्यान्डको प्रेससँग ‘डिल’ भए पनि पछि मन्त्री कमिसनको लोभमा अन्यत्र लागेको बताएका छन् । अडियो रेकर्डबारे मिश्रसँग कृष्ण ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश ।

तपाईंले किन अडियो रेकर्ड गर्नुभएको ?

मैले त उनीहरूलाई अदालतमा उभ्याउने हो ।जर्मनी र फ्रान्सका राजदूतले नेपाललाई प्रिन्टिङ प्रेस किन्नका लागि दबाब दिएका छन् । मेरो उद्देश्य उनीहरूको स्वार्थमाथि घन्टी बजाइदिने हो । यी विवादित कम्पनीलाई जिन्दगीभर नेपाल नआउने गरी बिदा गर्ने हो ।

कसरी कुरा गर्नुभयो ?

पैसा कति आउँछ र काम भयो भने कसरी हुन्छ भनेर मसँग जिज्ञासा राखेका हुन् । हामीलाई कति आउँछ, तलाईं कति हुन्छ भनेर सोधेका छन् । लागत अनुमानमा एक अर्ब बढाउँदा कसलाई थाहा हुन्छ र भनेका छन् । मैले फोनबाटै भिडियो रेकर्ड गरेको हुँ । यो रेकर्ड सुरुमा सम्बन्धित निकायका धेरै मान्छेलाई सुनाएँ । भिडियोमा मन्त्रीको अनुहार झल्याकझुलुक मात्र देखिने भएकाले अडियो मात्र पठाइदिएको हुँ ।

 

प्रधानमन्त्रीलाई अडियोबारे थाहा छ ?

मैले दुई महिनाअघि प्रधानमन्त्रीकहाँ अडियो पुर्‍याएको थिएँ । तर मेरो अनुमतिबिना कतै बाहिर नजाने सुनिश्चित गरेको थिएँ । सांकेतिक भाषामा भएको हुनाले मैलेबाहेक कसैले पनि यसलाई अर्थ्याउन सक्दैन । उनले पनि केही कारबाही गर्ने छाँट देखाएनन् ।

कतिमा डिल’ थियो ?

५५/६० करोड वा त्यही सेरोफेरो मात्रै आउने भनेपछि मन्त्री बाँस्कोटाले २७ अर्बको ठाउँमा २८ अर्ब बनाएर ल्याऊ न त भनेका हुन् । उनले सांकेतिक रूपमा एक अर्ब रुपैयाँ बढाउँदा के फरक पर्छ र भनेका छन् । सुरुमा बाँस्कोटाले तपाईंलाई विश्वास गरेका रहेछन् रु उनीहरूले स्विट्जरल्यान्डको कम्पनीसँग किन्ने भनी प्रक्रिया बढाउने बताए । सरकारले त्यहाँको कम्पनीलाई चिठी पठायो । बाँस्कोटाले यहाँको राजदूतलाई फोन गर्दा समय दिएनछन् । अनि मलाई फोन गरेर समय मिलाइदिनुपर्‍यो भनेर आग्रह गरे ।

‘प्रधानमन्त्री।।।

त्यही क्रममा भेटेर कुरा गरौं भने । अनि म मन्त्रीको कार्यकक्षमा जाँदा संयोगले खिचिएको हो, खिच्छु भनेर योजनाबद्ध रूपमा खिचेको पनि हैन । भिडियो डेढ वर्षअघि खिचिएको हो । म खराब हुन्थें भने उतिबेलै सार्वजनिक गरिदिन्थें । मैले अहिले सही समयमा उठाएको भएर उनीहरू चुप लागेर बसेका छन् । अहिले आएर थाहा भयो, मन्त्री बाँस्कोटा बहुत फटाहा मान्छे रहेछन् ।

भिडियो खिचिएको छ भन्ने मन्त्रीले थाहा पाए ?

अस्ति मलाई उनीहरूले मान्छे पठाए । बाँस्कोटाले ‘मलाई कसरी बचाउने हो बचाउ’ भनेका हुन् । पार नलागेपछि ‘त्यो मिश्रलाई कसरी ठिक पार्ने ?’ भन्ने उपाय सोच्न थाले । मलाई ‘केही पैसा लिएर चुप लाग न त’ भन्ने अफर पनि आएको हो । ‘मैले देश चलाउने अनि यसले मलाई चुनौती दिने ?’ भनेर पनि धम्की आएको थियो । मलाई सार्वजनिक लेखा समितिका एक सदस्य (नाम भनेनन्) दीपक भट्ट र सोनाम (यति समूहका सञ्चालक)सँग भेट्नुपर्‍यो भनेर पनि प्रस्ताव आएको थियो । पछि एउटा भेटमा भट्टले म संलग्न छैन भनेका थिए ।

किन लागत अनुमान बढाउन खोजे ?

यो रद्द होला भन्ने मेरो अनुमान थियो । उनीहरूले टेन्डरबाट काम गरेको भए पैसा खान पाउने थिएनन् । मन्त्रीलाई जसरी पनि २ अर्ब त चाहिएको थियो नै । टेन्डरमा गएको भए पनि उनीहरूले एजेन्टलाई कमिसन दिने नै थिए । थोरै आउने भएपछि मन्त्रीलाई पुगेन । सबै हिसाबकिताब गरेर मन्त्रीले बढाउन लगाएका हुन् ।

मैले त अझै धम्क्याउन थाल्यौ भने भ्रष्टाचारविरुद्ध संस्था खोलेर तिमीहरू विरुद्ध लाग्छु भनेर भनिदिएको छु । मैले उनीहरूलाई ३५ लाखभन्दा बढी जनसंख्या भएको मुलुकमा यस्तो प्रेस आवश्यक पर्छ भनेर सहमत गराएको थिएँ । जाउ हेरेर आउ भनेर मन्त्रीलाईस्वीट्जरल्यान्ड पठाइदिएको हुँ । उता गए, घुमेर आए अनि यहाँ विकल पौडेललाई च्यापेर आफूअनुकूल कागज बनाएर खेल्न खोजे ।

यो खेलमा अरू को–को छन् ?

यो खेलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतका दुईरतीन जना कर्मचारी छन् । (उनले थर बताए पनि बिर्सिएको बहानामा नाम खोलेनन्)। पछि उनीहरूले प्रधानमन्त्रीसम्म सहजीकरण गर्थे । विकलले मन्त्रीसँग नजिक भएर काम गर्‍यो । ऊ अमेरिकी ग्रिनकार्ड होल्डर हो । अन्तःशुल्कको स्टिकर छाप्दा पनि ऊ संलग्न थियो । एमआरपी छाप्ने भएपछि परराष्ट्र मन्त्रालयमा आएको हो । बदमासी गरेको थाहा पाएपछि टंकमणि शर्माले आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा कारबाही गरेका थिए ।

मन्त्री बाँस्कोटासँग पछिल्लो समय कुराकानी भएको छ ?

छैन । मैले बारम्बार यो विषय लेखा समितिमा उठाउनुपर्‍यो भनेको थिएँ । मसँग अडियो रेकर्ड छ भन्ने थाहा पाएपछि मन्त्री केही सातायता अलि नरम भएका थिए । मेरोविरुद्ध बोले ५ मिनेटमा बाहिर ल्याइदिन्छु भनेको थिएँ । अरू सांसदलाई थाहा भए पनि कोही उनका विरुद्ध बोल्न सकेनन् ।ईकान्तिपुरडटकमबाट साभार।


प्रकाशित मिति: शुक्रवार, फाल्गुन ९, २०७६, ०१:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’को अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ : प्रधानमन्त्रीका सल्लाहकार
संविधान सफल भएपछि मात्र राष्ट्र सफल हुन्छः पूर्वराष्ट्रपति यादव
जनताका समस्या समाधन नै मेरो पहिलो प्राथमिकता हुनेछ :श्रीकृष्ण थारु- उम्मेदवार कांग्रेस
कालापानीको सुरक्षामा जान तयार छौ: प्रबक्ता -डिआइजी श्रेष्ठ
ताजा समाचार
चुनाव खर्च ८ अर्ब लाग्ने अनुमान, तयारीमा जुट्यो निर्वाचन आयोग सोमवार, माघ ५, २०७७
२०८० सालसम्म सबै कक्षामा नयाँ पाठ्यक्रम, शिक्षकलाई तालिम दिइँदै
ओलीले सत्तामा पुग्न मात्रै पार्टी एकतालाई सिढी बनाए:नेता नेपाल
माघ १५ गते मतदाता नामवली प्रकाशित गर्ने आयोगको प्रस्ताव
आगामी निर्वाचनका लागि आयोगले सर्वदलीय छलफल गर्दै
कोरोना भ्याक्सिनले नै ज्यान लिन थालेपछि तनाव !
बाँकेमा तस्कर ठेगान लगाउँदै सशस्त्र प्रहरी
बिश्वको दोश्रो सर्बोच्च शिखर केटुमा नेपालीको पहिलो पाइला
जानकीका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9862791607
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago