Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सरस्वती मावि भवनियापुरलाई राप्तीसोनारी अध्यक्ष कपको उपाधि
सरस्वती मावि भवनियापुरलाई राप्तीसोनारी अध्यक्ष कपको उपाधि
Vianet
बागेश्वरी पोस्ट
सोमबार, माघ ९, २०७९ बागेश्वरी पोस्ट
सरस्वती मावि भवनियापुरलाई राप्तीसोनारी अध्यक्ष कपको उपाधि

राप्तीसोनारी (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज सम्पन्न भएको ‘पन्ध्रौं राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा ५ औं  राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सरस्वती मावि भवनियापुरले जितेको छ । 

सरस्वती माविले खेदकुद प्रतियोगितामा ९ स्वर्ण ३ रजत र १ कास्य प्राप्त गरी प्रथम भएको हो । यस्तै लक्ष्मी मावि मदुईले ७ स्वर्ण, ३ रजत र ३ कास्य प्राप्त गरी दोस्रो स्थान ल्याउन सफल भएको छ भने सिद्देश्वर मावि सिधनवाले ५ स्वर्ण, ५ रजत र १ कास्य प्राप्त गरी तृतीय स्थान ल्याउन सफल भएको छ । 

यस्तै एथ्लेटिक्स प्रतियोगितामा छात्रतर्फ लक्ष्मी मावि मदुईमा अध्ययनरत सतिश थारु र छात्रातर्फ सम्झना थारु उत्कृष्ट भएका छन् । 

यस्तै भलिबल प्रतियोगितामा छात्रतर्फ लक्ष्मी मावि मदुईमा अध्ययनरत सुरक्षा थारु र छात्रातर्फ सरस्वती मावि भवनियापुरमा अध्ययनरत निकिता कुमाई थारु उत्कृष्ट भएका छन् । 

विजयी विद्यालय र खेलाडीहरुलाई राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, नेरामाविका विव्यस अध्यक्ष अर्जुन कुमार केसी, प्रअ ओम प्रकाश थापा र वडा अध्यक्षहरु लगायतले शिल्ड तथा पुस्कार वितरण गरेका थिए । 

समापन कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष पौडेलले खेलकुदका माध्यमबाट राप्तीसोनारीलाई चिनाउन र पहिचान बढाउनका लागि वडा अध्यक्ष कप सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । 

यस्तै स्व.सञ्जु चौधरीको सम्झनामा खेलाडीलाई प्रोत्साहान गर्नका लागि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले २ लाखको अक्षय कोषको स्थापना गरेका छन् । 

अक्षय कोषबाट आएको व्याज रकमबाट बार्षिक रुपमा पछि एक कार्यविधि निमार्ण गरी पालिका भित्रका ऐथ्लेटिक्स तर्फका उत्कृष्ट छात्रा खेलाडिलाई पु्रस्कृत गर्नेछन् । यस अक्षय कोषमा व्यक्ति तथा संघ–संस्थाहरुले समेत रकम थप गर्ने मिल्ने गरी कोष खडा गरिएको अध्यक्ष पौडेलले बताए । 

समापन समाहरोमा बोल्दै उपाध्यक्ष थारुले युवाहरु खेलकुदप्रति रुचि बढेको बताइन् । सबै विद्यालयहरुलाई खेलकुदलाई प्राथमिकता दिन विद्यालयहरुलाई आग्रह गरिन् ।

यस्तै प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका संयोजक तथा नेरामाविका विव्यस अध्यक्ष अर्जुन कुमार केसीले खेदकुदलाई भव्य, सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालनमा सहयोग पु¥याउनुहुने सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयका प्रअ, विव्यस अध्यक्ष र खेलकुद समितिका संयोजक र सदस्य लगायत सम्पूर्ण खेल गुरुहरुलाई समेत धन्यवाद व्यक्त गरेका थिए ।

 


प्रकाशित मिति: सोमबार, माघ ९, २०७९, २२:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यशाला सुरु
जानकीमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यशाला सुरु
जानकीमा जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री
जानकीमा जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री
बाँकेमा दादुरा महामारी: कहाँ चुक्यो सरकार ?
बाँकेमा दादुरा महामारी: कहाँ चुक्यो सरकार ?
सांसद तिवारी र खत्रीलाई संवादको सम्मान
सांसद तिवारी र खत्रीलाई संवादको सम्मान
Jana Swasthya Office narainapur 101
narainapur 102
निर्वाचन-२०७९
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP