Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ५, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जको व्यवसाय निरन्तरता योजना कार्यान्वयन, निजी क्षेत्रसंग छलफल
नेपालगञ्जको व्यवसाय निरन्तरता योजना कार्यान्वयन, निजी क्षेत्रसंग छलफल
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १८, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जको व्यवसाय निरन्तरता योजना कार्यान्वयन, निजी क्षेत्रसंग छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले तयार पारेको व्यवसाय निरन्तरता योजना कार्यान्वयनमा ल्याएको छ ।

Prabhat+2

विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि नेपालगञ्ज उपमहानगरपालिकाको योजना बनाइएको हो ।  योजना बनाउन सरोकारवालासंग निरन्तर कार्यशाला आयोजना गरेर घनीभूत छलफल गरिएको थियो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत बनाइएको योजना नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरी कार्यान्वयनमा आएको हो । सुपर परियोजना नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ मा सञ्चालित छ । 

विपतको समय र अन्य अवरोधहरुमा प्रशासनलाई उत्थानशील बनाई निरन्तरताका लागि रणनैतिक गतिविधि कार्यान्वयन सहितको योजना तयार गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

यसैक्रममा आज व्यवसाय निरन्तरता योजना कार्यान्वयनमा निजी क्षेत्रको भूमिका र सहकार्यका साथै उक्त योजना प्रभावकारी बनाउन छलफल गरिएको छ । छलफल कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले व्यवसाय निरन्तरता योजनाबारे जानकारी गराएका थिए । विपत शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले विपत व्यवस्थापनमा भइरहेका गतिविधिहरुबारे प्रस्तुतिकरण गरेका थिए । 

यो योजना बनाउनुको उद्देश्य जोखिम न्यूनीकरणका क्रियाकलाप अबलम्बन गरी पालिकाका कर्मचारीहरुको सुरक्षा र विपतबाट हुने कार्यालय सञ्चालनका लागि आवश्यक स्रोत साधनको हानी नोक्सानी न्यूनीकरण गर्नु रहेको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए ।

यस्तै यसबाट सुव्यवस्थित ढंगले महत्पूर्ण प्रक्रियाहरु र सेवाहरुको निरन्तरता सुनिश्चित राख्नका लागि उपयुक्त कार्यहरु छनौट गरी मार्गदर्शन गर्नु, समयमै प्रतिकार्य, पुनर्लाभ तथा पुनर्निमाणका कार्यहरु गर्ने र सेवा प्रवाहलाई निरन्तरता दिने लगायतका कार्यमा सहजता पुग्ने बताइएको छ । 

त्यसक्रममा बोल्दै नगर उपप्रमुख कमरुद्दिन राईले व्यवसाय निरन्तरता योजनाले विपतको समयमा पनि सेवा सुचारु गर्न सहजता हुने विश्वास व्यक्त गरे । राईले नेपालगञ्ज विपतको जोखिममा रहेकाले यसखाले योजनाले पूर्व अभ्याससंगै प्रतिकार्य गर्न सहयोग पुग्ने उल्लेख गरे ।

योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको उनको भनाई छ ।  युनिसेफकी निलिमा रावतले निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताइन् ।

वातावरण तथा विपत समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धनसिंह सम्झना, नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न  शाखाका प्रमुख र निजी क्षेत्र (होटेल व्यवसायी, निर्माण व्यवसायी, बैंकर्स, नेपालगन्ज उद्योग व्यवसायी संघ, घरेलु महासंघ, अस्पताल प्रतिनिधि, गैरसरकारी संस्था महासंघ लगायत) का सरोकारवालाको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०, १५:१९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज बसपार्कमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था
नेपालगञ्ज बसपार्कमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरी क्षेत्रमा विस्फोट
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरी क्षेत्रमा विस्फोट
स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो तीज मिलन तथा दर खाने कार्यक्रम
स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो तीज मिलन तथा दर खाने कार्यक्रम
'हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड'
'हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड'
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP