Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ८, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा अतिक्रमित संरचना हटाउन सात दिनको समय
कोहलपुरमा अतिक्रमित संरचना हटाउन सात दिनको समय
बागेश्वरी पोस्ट
सोमबार, भदौ ४, २०८० बागेश्वरी पोस्ट
कोहलपुरमा अतिक्रमित संरचना हटाउन सात दिनको समय

नेपालगन्ज । कोहलपुर नगरपालिकाले कोहलपुर क्रिकेट मैदान क्षेत्र आसपासमा नगर विकासको जग्गा अतिक्रमित गरी बनाइएका संरचना खाली गर्न अन्तिम पटक सात दिनको समय दिने भएको छ ।

Prabhat+2

कोहलपुर नगर विकास समितिको अतिक्रमित जग्गा सम्बन्धमा आज कोहलपुर नगरपालिकाले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा विभिन्न ३१ जना राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले नगर विकासको स्वामित्वमा रहेको जग्गामा निर्मित संरचना खाली गर्न सात दिनको समय दिने सहमति गरेका हुन् । साथै कार्यान्वयनका लागि समिति समेत गठन गरिएको छ ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यको संयोजकत्वमा ९ सदस्यीय राजनीतिक दलका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको हो । समितिमा नेपाली काँग्रेसका तर्फबाट नगर सभापति वीरेन्द्रकुमार शाह, नेकपा एमालेका तर्फबाट नगर अध्यक्ष नमप्रसाद शर्मा, नेकपा माओवादीका तर्फबाट नगर अध्यक्ष अवराज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नगर सभापति भरत पनेरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर संयोजक रुद्रमणि न्यौपाने, नेकपा एकिकृत समाजवादीका तर्फबाट नगर अध्यक्ष शिव डाँगी, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट जिल्ला सचिव भूमबहादुर भण्डारी, नेपाल मजदुर किसान पार्टीका तर्फबाट नगर अध्यक्ष खड्क थापा र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट नगर अध्यक्ष तिलकराज पौडेल रहेका छन् ।

कोहलपुर नगर विकास समितिको तेस्रो चरण क्षेत्र अन्तर्गतको कोहलपुर ३ (ख) को ३६ विघा जग्गा अतिक्रमणको चपेटामा छ । २०६२-०६३ सालदेखि क्रिकेट मैदान आसपासका जग्गा अतिक्रमण गरी व्यक्तिहरु बसोबास गर्दै आएका छन् । नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा अहिलेसम्म ६१८ घरधुरी बसोबास रहेको तथ्याङ्क छ । सरकारी जमिनमा आफूखुसी संरचना निर्माण गरी प्रयोग गर्दै आइएको पाइएपछि वि.सं. २०७५ साल पुष २० गते, त्यसैगरी २०७६ साल माघ २४ गते र २०७९ साल भदौ २३ गते नगर विकास समितिको बोर्ड बैठकले संरचना हटाइ खाली गर्ने निर्णय गरेको थियो । २०७९ साल भदौ १४ गते ३५ दिने सूचना नै जारी गरेर संरचना हटाउन भनिएको थियो । पटक पटक सरचना हटाउन सूचना जारी गर्दा पनि अनाधिकृत संरचना नहटाएपछि नगरपालिकाले आज राजनीतिक दल, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र गृह प्रशासनलाई बोलाएर सरकारी जग्गा संरक्षणमा दवाव बढाएको हो ।

प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, लुम्विनी प्रदेशसभा सदस्यहरु दुर्गा चौधरी, कृष्णा केसी नमुना, बसन्ती अधिकारी, संबिधानसभाका पूर्व उपाध्यक्ष पूर्णाकुमारी सुवेदी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, कोहलपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख लुटबहादुर रावत, नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा एमालेका लुम्विनी प्रदेश कमिटी सदस्य नरेन्द्र शर्मा, नेकपा समाजवादीका केन्द्रीय सदस्य अब्दुल हुसेन खाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्विनी प्रदेश संगठन विभाग सचिव सि.एम. उपाध्याय, राप्रपाका नगर संयोजक रुद्रमणि न्यौपाने, नागरिक उन्मुक्ति पार्टीका जिल्ला सचिव भूमबहादुर भण्डारी लगायतले नगर विकासको अतिक्रमित संरचना हटाउन आफूहरु प्रतिबद्ध रहेको भन्दै त्यसका लागि नगरपालिकालाई सहयोगको प्रतिबद्धता जनाए। उनीहरुले कुनै पनि बाहनामा सरकारी जग्गा अतिक्रमण हुन नहुने भन्दै वास्तविक सुकुम्बासी र भूमिहीनहरुलाई हटाउँदा विकल्प भने दिनुपर्ने सुझाव दिए ।

नगर प्रमुख आचार्यले सर्वदलीय तथा सर्वपक्षीय बैठकले नगर विकासको स्वामित्वमा रहेको अतिक्रमित संरचना हटाउने सबैको सहमतिलाई अव कार्यान्वयन गरिने बताए । उनले विगत केही वर्षदेखि अनाधिकृत रुपमा सरकारी जग्गा किनबेच हुने गरेको भन्ने समेत सुन्नमा आएकाले त्यो बिषयमा समेत छानबिन गरी दोषीलाई कारवाही गरिने सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय गरेको पनि जानकारी दिए ।


प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०, १९:१८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज बसपार्कमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था
नेपालगञ्ज बसपार्कमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरी क्षेत्रमा विस्फोट
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरी क्षेत्रमा विस्फोट
स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो तीज मिलन तथा दर खाने कार्यक्रम
स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो तीज मिलन तथा दर खाने कार्यक्रम
'हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड'
'हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड'
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP