नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • चैलागाईंको अध्यक्षतामा समाजको नयाँ कार्यसमिती सर्वसम्मत चयन
चैलागाईंको अध्यक्षतामा समाजको नयाँ कार्यसमिती सर्वसम्मत चयन
बागेश्वरी पोस्ट
शनिबार, पुस २५, २०७७ बागेश्वरी पोस्ट
चैलागाईंको अध्यक्षतामा समाजको नयाँ कार्यसमिती सर्वसम्मत चयन

नेपालगन्ज । नेपालगन्जमा एक दशकदेखि क्रियाशिल साहित्यिक संस्था मध्यपश्चिम स्रष्टा समाजको नयाँ कार्यसमिती चयन गरिएको छ । शनिवार नेपालगन्जमा सम्पन्न चौथो साधारण सभाले शुक्रऋषि चौलागाईंको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

कार्यसमितिको सदस्यहरुमा अमृत शर्मा ढकाल, वीरेन्द्र जैसी, छत्रपति सिंह, ललिता शर्मा, बालकृष्ण शर्मा, विनोद प्रसाद देवकोटा, प्रकाश भाट र अश्मिता शाह महत्रा चयन भएका छन् । संस्थाको विधान अनुसार निर्वाचित सदस्यहरुबाट पदहरुको बाँडफाँड कार्यसमितिको पहिलो बैठकले गर्ने संस्थाका निवर्तमान अध्यक्ष सृजन लम्सालले जानकारी दिए ।

२०६४ सालमा स्थापना भएको समाजको हालसम्मको कार्यकाल लम्सालले नै सम्हाल्दै आएका थिए । संस्थालाई गतिशीलता प्रदान गर्न चौथो साधारण सभाबाट नेतृत्व युवा पुस्तामा हस्तान्तरण गरिएको लम्सालले बताए । नवनिर्वाचित अध्यक्ष चौलागाईंले संस्थाको हालसम्मको गरिमा बचाउँदै समानुकुल संस्थालाई गतिशीलता प्रदान गर्न कटिबद्ध रहेको बताएका छन् । वरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आथित्यतामा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष लम्सालले संस्थाले हालसम्म गरेका कामहरुको बारेमा र सचिव अमृत शर्मा ढकालले आगामी कार्ययोजनावारे प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले एक दशकको अवधिमा स्तरीय कृति प्रकाशनका साथै गुणस्तरीय र प्रभावकारी साहित्यिक कार्यक्रमहरु गरेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै साहित्यकारहरुले प्रेम प्रकाश मल्लको अभिनन्दन ग्रन्थ ‘पीडाको सगरमाथा’, सनत रेग्मीको अभिनन्दन ग्रन्थ ‘सृजन सन्दर्भ’, नेपालगन्जको इतिहास समेटिएको पुस्तक ‘सद्भावको शहर नेपालगन्ज’ र ‘सृजना’ साहित्यीक पत्रिका समाजले प्रकाशन गरेका महत्वपूणर् कृतिको रुपमा औँल्याएका छन् । कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार रेग्मीले मध्यपश्चिम स्रष्टा समाजले बाँकेमा साहित्यीक उन्नयनमा पुर्‍याएको योगदानको तारिफ गरे ।

रेग्मीले उद्घाटन सत्रमै हजुरबुवा र हजुरआमा, मातापिता र आफ्नो दम्पत्तिको नाममा तीनवटा पुरस्कार स्थापना गर्ने घोषणा गर्दै तीनवटै पुरस्कार व्यवस्थापनको जिम्मा मध्यपश्चिम स्रष्टा समाजलाई दिईने जानकारी दिएका छन् । अधिवेसन सँगै सभामा रचना वाचनको कार्यक्रम पनि राखिएको थियो । उक्त कार्यक्रममा १ दर्जन स्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए ।


प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १९:००
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
आज चैते दसैँ मनाइँदै
आज चैते दसैँ मनाइँदै
लक्षिमा-शेर बहादुर रानाभाट स्मृति पुरस्कार डा. तिमिल्सिनाले पाए
लक्षिमा-शेर बहादुर रानाभाट स्मृति पुरस्कार डा. तिमिल्सिनाले पाए
बाँकेमा पनि धुमधामका साथ इद मनाइँदै, नेपालगञ्जमा सामूहिक नमाज
बाँकेमा पनि धुमधामका साथ इद मनाइँदै, नेपालगञ्जमा सामूहिक नमाज
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP