नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • एसईई परीक्षा जेठमा गर्ने तयारी
एसईई परीक्षा जेठमा गर्ने तयारी
छापाबाट
बिहीबार, पुस १६, २०७७ छापाबाट
एसईई परीक्षा जेठमा गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्ड

नेपालगन्ज । यस वर्षको एसईई परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी तयारी शुुरू गरेको छ । 

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले हालसम्मको अवस्था हेर्दा जेठसम्म परीक्षा गर्न सकिने सम्भावना देखिएकाले तयारी थालेको जानकारी दिए ।

चैत/वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था रहेको र असार/साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिएको उनले बताए ।

सरकारले यस पटक शैक्षिक सत्र कहिले शुुरू हुने र कहिले सकिने भन्ने स्पष्ट नीतिगत निर्णय गरेको छैन । विगतमा वैशाखमा शैक्षिक सत्र शुुरू भएर चैतमा सकिने भए पनि यस वर्ष कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विद्यायय खुल्न नसक्दा शैक्षिक सत्र समेत यकिन हुन सकेको छैन ।

वैकल्पिक विधिबाट विद्यालय तहको पठनपाठन सञ्चालनमा ल्याइएको छ । हाल कतिपय विद्यालयमा भौतिक रूपमा समेत कक्षा सञ्चालनमा ल्याइएको छ तर शैक्षिक सत्रको यकिन भने गरिएको छैन । शैक्षिक सत्रको निर्णय गरिदिन आफूहरूले सरकारलाई अनुरोध गरेको जानकारी दिँदै बोर्डका अध्यक्ष पौडेलले त्यसपछि सबै निर्णय गरिने बताए । त्यसअघि परीक्षाको तयारीका लागि रजिस्ट्रेसन फाराम भर्ने लगायतका कार्य शुरू गरिएको छ ।

माघ तेस्रो सातासम्म फाराम भर्न समय दिइएको छ । यसबाट एसईई दिनेको वास्तविक तथ्यांक यकिन भई परीक्षाका बारेमा थप निर्णय गर्न सहज हुने जनाइएको छ । एसईईको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने भएकाले पनि त्यसका लागि समेत बोर्डले वास्तविक विद्यार्थीको तथ्यांक उपलब्ध गराउनुपर्ने अवस्था रहेको जनाइएको छ ।

बोर्डले यस पटकको परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने कुराको स्पष्ट निर्णय गर्न सकेको छैन । विद्यार्थीको अन्तिम विवरण आएपछि सरकारले यस विषयमा निर्णय गर्ने जनाइएको छ ।

विद्यार्थीको परीक्षा भौतिक उपस्थिति, अनलाइन या कुन माध्यमबाट सञ्चालन गर्ने भन्ने कुराको नीतिगत निर्णय र आवश्यक तयारी समेत गर्न आवश्यक समय रहेको उनको भनाइ छ । कोरोना भाइरसको संक्रमणका कारण २०७६ सालको एसईई भने विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।


प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०९:१७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP