prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • राप्तीसोनारीमा अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
राप्तीसोनारीमा अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ६, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकामा पाँचौ राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । राप्तीसोनारी–२ अगैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा १५औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा पाँचौ अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले उद्घाटन गरे । 

nepalgunj 081-082

No description available.

प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले  विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताए । विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै उनले कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्नु पालिकाको दायित्व रहेको बताए । ‘शिक्षाका लागि हामीले कहाँनिर के भूमिका खेल्नुपर्छ, हामी जहिले पनि तयार छौं,’ उनले भने-‘हामीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं ।’ उनले खेलकुद र शिक्षा क्षेत्रको सर्वाङ्गीण विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै भने-'मेरो कार्यकालमा शिक्षा, स्वास्थ्य, विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर र खेलकुदको विकासमा आएको परिवर्तन आफैं मूल्यांकन गर्नुहोला ।’

यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले खेलका सबै नियमलाई आत्मसाथ गरेर खेल खेल्न सबै छात्रछात्रालाई सुझाव दिए । स्थानीय स्तरका खेलाडीहरु भविष्यमा जिल्ला, क्षेत्र, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिष्पर्धामा जान सक्ने भन्दै उनले कुनै पूर्वाग्रह नराखी खेलको नियम अनुसार खेल्न र खेलाउन आग्रह गरे । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले वालवालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षासँगै खेलकुद अति आवश्यक रहेको बताइन् । राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारुले खेलकुदले स्वस्थ रहन र अनुशासनको पलना गर्न सिकाउने भएकाले स्वास्थ्यका लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने नारा रहन गएको बताए । थारुले खेलाडीहरुले पैसाको निम्ति नभई अनुशासन र प्रतिष्ठानको निम्ति खेल्नुपर्ने बताए ।

उद्घाटन समारोहको समापन गर्दै नेपाल राष्ट्रिय मावि अगैयाका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष अर्जुन केसीले पाँचौ रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्न पाएको भन्दै खुशी ब्यक्त गरे । राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले व्यवस्थापन तथा सञ्चालन गरेको प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ५४ वटा विद्यालयको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले पञ्चेबाजा, आकर्षक झाँकीका साथै सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन समेत गरेका थिए । साथै कार्यक्रममा डेढ दर्जन विद्यालयहरुले मार्चपास गर्दै गाउँपालिका अध्यक्षलाई सलामी अर्पण गरेका थिए ।

No description available.

उद्घाटनको पहिलो दिन आज १ देखि ३ कक्षाको गणित दौड, ४ र ५ कक्षाको गणित दौड, आधारभूत तहको एक सय, दुई सय मिटर दौड, सय मिटर, दुई सय मिटर र चार सय मिटरको सेमीफाइनल खेल भएका छन् । प्रतियोगितामा आधारभूत तहको १ देखि ३ कक्षासम्म एवं ४, ५ कक्षाको फरक–फरक गणित दौड प्रतियोगिता समावेश गरिएको छ । यसैगरी आधारभूत तह १ देखि ८ मा सय मिटरको दौड, दुई सय मिटरको दौड र चार सय मिटरको दौड, माध्यमिक तहको हकमा सय, दुई सय, चार सय, आठ सय मिटर, १५ सय मिटर दौड र तीन हजार मिटर दौड समावेश गरिएको छ ।

No description available.

यसैगरी चार गुणा एक सय मिटर रिले दौड र चार गुणा चार सय मिटर रिले दौड पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । यस्तै लङ जम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभ्लिङ थ्रो पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । प्रतियोगिता ९ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सहभागी टाढाका विद्यार्थीहरुका लागि विद्यालयले बसाईको व्यवस्था समेत गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  २०:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP