prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • १२ घण्टामा राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई भेट,संसद विगठनको तयारी
१२ घण्टामा राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई भेट,संसद विगठनको तयारी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ३, २०७७ बागेश्वरी पोस्ट
१२ घण्टामा राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई भेट,संसद विगठनको तयारी
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ घण्टा नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई पटक भेटघाट गरेका छन् । मंगलबार राति १० बजेपछि राष्ट्रपति कार्यालय शितलनिवास पुगेका प्रधानमन्त्री ओली बुधबार बिहान १० बजे पुनः राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।

paribartan 1

‘चिनिया राजदूत हाउ यान्छीले प्रधानमन्त्री निवासमा भेटघाट गरेपछि तुरुन्तै राष्ट्रपतिलाई भेट्न जानु भएको थियो । अहिले पनि उहाँ राष्ट्रपति कार्यालय जानुभएको छ’, बालुवाटार निकट स्रोतले भन्यो । तर प्रधानमन्त्रीलाई १२ घण्टा नबित्दै राष्ट्रपतिसँगको भेटघाट किन आवश्यक परेको हो भन्ने बारेमा केही खुलाइएको छैन ।

‘विशेष परामर्श भनिएको छ कारण केही खुलाइएको छैन’, बालुवाटार निकट स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संसदलाई छलेर दल दर्तासम्बन्धी अध्यादेश ल्याउन लागिपरे पनि राष्ट्रपति भण्डारीले त्यसो नगर्न सुझाव दिएकी थिइन् । तर ओलीले बुधबार दिउँसो २ बजे आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक राखेर बिहान १० बजे राष्ट्रपति कार्यालय पुगेका हुन् ।

‘उहाँ बैशाख ८ गते दोहोर्याउन लाग्नु भएको छ त्यो राम्रो पक्ष होइन’, एक नेकपा सचिवालय सदस्यले भने । उनले थपे, प्रधानमन्त्रीमा बढी नै अहंकार देखिएको छ यसले नेकपालाई खाल्डोमा लैजान्छ ।’ ती सदस्यका अनुसार संसद विगठनबारे ओलीले केही दिनदेखि परामर्श गरिरहेकाले मुलुक मध्यावधि निर्वाचनतर्फ धकेलिन सक्ने संभावना पनि रहेको छ ।

प्रधानमन्त्री ओलीले बैशाख ८ गते दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । चौतर्फी विरोध भएपछि उक्त अध्यादेश वैशाख १२ गते खारेज गरिएको थियो । तर एक मन्त्रीका अनुसार अहिले अध्यादेशका विषयमा केही बताइएको छैन । प्रधानमन्त्री ओलीले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १ बजे नेकपा सचिवालय बैठक पनि बोलाइएको छ ।

सचिवालयको बैठक नरोकिने भए पनि ओलीले मन्त्रिपरिषदको बैठक एक घण्टा पर सारिएको थियो । मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्दै आएपनि बुधबार आकस्मिक रुपमा बोलाइएको कारणबारे मन्त्रिहरुलाई कुनै जानकारी दिइएको छैन ।

यसअघि पनि उनी संसद विगठनका लागि अगाडि बढेका ओली सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय समितिमा समेत अल्पमतमा पर्ने निश्चित भएपछि संसद विघठन नै उत्तम विकल्प भन्दै ओली अगाडि बढेको बताइन्छ । हाम्राकुराडटकमबाट साभार।


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP