Skip This
Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, फाल्गुन १३, २०७७ ०७:३०:५८ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • Home
  • राजनीति
  • सुरक्षा परिषद् बैठकमा विप्लव समूहको प्रतिवन्ध फुकुवा बारेमा समिक्षा
सुरक्षा परिषद् बैठकमा विप्लव समूहको प्रतिवन्ध फुकुवा बारेमा समिक्षा
64x64
मंगलबार, फाल्गुन ११, २०७७ बागेश्वरी पोस्ट

नेपालगन्ज। सुरक्षा परिषद्को बैठक विप्लव समूहमाथिको प्रतिवन्ध फुकुवासहित राजनीतिक अवस्थाको विश्लेषण गर्दै सकिएको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा रहेको सुरक्षा परिषद्को सचिवालयमा आज बसेको बैठकमा सरकारले दुई वर्षअघि राजनीतिक गतिविधि गर्न बन्देज गर्दै प्रतिबन्ध लगाएको विप्लव समूहसँगको वार्ता, प्रतिबन्ध फुकुवा र आगामी रणनीति तथा वर्तमान समसामयीय राजनीतिक अवस्थाका विषयमा छलफल भएको स्रोतले जनाएको हो ।

बैठकमा प्रतिनिधि सभा विघटनपछिको वर्तमान अवस्था र सम्भावित अवस्थाका विषयमा पनि छलफल भएको बताइएको छ । बैठकमा विप्लव समूहका गतिविधिको समीक्षा गर्दै प्रतिवन्ध फुकुवा गर्ने विषयमा छलफल भएको हो । संविधानको भाग २८ अन्तर्गत धारा २६६ मा राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था गरिएको छ ।

सो धाराको उपधारा १ मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्वन्धि नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषद्लाई सिफारिस गर्न सुरक्षा परिषद्को व्यवस्था गरिएको उल्लेख छ । प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने संवैधानिक व्यवस्था छ । पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुरक्षा परिषद्को बैठक राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भएको अवस्थामा बस्ने गरेको बताए ।

यसैगरी सेना परिचालन गर्ने अवस्था आउँदा सो बारे निणर्य गर्नसमेत सुरक्षा परिषद् बैठक बोलाइने गरिएको उनले जानकारी दिए । ‘राष्ट्रिय विपद र देशको सुरक्षामा खतरा पैदा भएको अवस्थामा वा सेना परिचालन गर्ने अवस्था आउदा सुरक्षा परिषद्को बैठक डाकेर राष्ट्रहितका लागि निणर्य गरिन्छ,’ पूर्व रक्षामन्त्री प्रधानले भने,‘तर अहिले त्यस्तो कुनै अवस्था छैन, यो बैठक संसद विघटनपछिको पछिल्लो घटनाक्रममका सन्दर्भमा मनोवैज्ञानिक रुपमा दबाब सृजना गर्न बसेको देखिन्छ ।’ यसअघि गत कार्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।


प्रकाशित मिति: मंगलबार, फाल्गुन ११, २०७७, ०४:२०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेससंग मिलेर जाने प्रचण्ड-नेपालले अघि सारे प्रस्ताब
अब केपीसँग सहमति हुँदैन : प्रचण्ड
संसद पुनःस्थापना गर्ने फैसलाले अधिनायक आकांक्षालाई समेत बदर : काँग्रेस
प्रधानमन्त्री ओलीले राजीनामा नदिए फाल्छौं: रामचन्द्र पौडेल
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119, 9862791607
ईमेल : [email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago