prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँके क्षेत्र नम्बर १ को नेतृत्व बदल्न नेताहरु एक ठाउँमा
कांग्रेस बाँके क्षेत्र नम्बर १ को नेतृत्व बदल्न नेताहरु एक ठाउँमा
RSG-2
पोषण केसी नेतृत्वको प्यानलले क्लिन स्विप गर्ने उद्घोष
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ७, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस बाँके क्षेत्र नम्बर १ को नेतृत्व बदल्न नेताहरु एक ठाउँमा

कोहलपुर । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को नेतृत्व बदल्न नेताहरु एक ठाउँमा उभिएका छन् । क्षेत्रीय सभापति माधवराम खत्रीले पार्टी संगठनलाई तहसनहस बनाउँदै व्यक्तिबादी बन्दा पार्टी कमजोर भएको भन्दै उनीहरु एक ठाउँमा उभिएका हुन् ।

nepalgunj 081-082

क्षेत्र नम्बर १ को नेतृत्व बदल्न युवा नेता पोषण केसीलाई संघीय क्षेत्रीय उम्मेदवारका रुपमा अघि सारिएको छ । कोहलपुरमा आज आयोजित उम्मेदवार घोषणा कार्यक्रममा नेताहरुले पार्टीलाई विधिविधान र पद्धतिमा चलाउन नेतृत्व परिवर्तन अनिवार्य भएको बताए । क्षेत्रीय सभापति खत्रीको व्यक्तिबादी चरित्र र खराब नियतले इमान्दार नेता कार्यकर्ताको राजनीतिक हत्या भएको नेताहरुको भनाई छ ।

No description available.

क्षेत्र नम्बर १ का लगभग सबै सिनियर नेता उपस्थित उम्मेदवार घोषणा कार्यक्रममा पूर्व सांसद ज्ञानु केसीले कांग्रेस बनाउने आफूहरुको अभियानमा ऐक्यबद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आह्वान गरे । व्यक्तिबादी चरित्रले पार्टी कमजोर बनेको उनले बताए । नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलेले पार्टीभित्रको लोकतान्त्रिक जीवनलाई बचाउन आफूहरु एक ठाउँमा उभिएको बताए । पौडेलले जीवनका स्वर्णिम दिनहरु पार्टी संगठनमा विताएका नेता कार्यकर्ताहरुको भावनालाई सम्मान गर्न आफूहरु अतिवादका विरुद्ध संगठित भएको बताए । उनले कार्यकर्तालाई दास बनाउने प्रबृत्तिका विरुद्ध आफूहरु एकजुट बनेको बताए ।

No description available.

महासमिति सदस्य नारायण गौडेलले वडादेखि आफूहरुले शुरु गरेको अभियान जिल्लासम्मै सफल हुने बताउँदै नवीन कांग्रेस बनाउने आफूहरुको अठोट रहेको उल्लेख गरे । महासमिति सदस्य हुर्मत न्यौपानेले पोषण केसी नेतृत्वको प्यानललाई जिताएर संघीय क्षेत्र अधिवेशनमा क्लिन स्विप गर्ने उद्घोष गरे । आफूहरु नेपाली कांग्रेस सुधार्ने अभियानमा लागेको न्यौपानेको भनाई छ । नेपाल विद्यार्थी संघका अध्यक्ष एवम् युवा नेता पूर्ण आचार्यले अहिलेका क्षेत्रीय सभापति खत्रीले सम्भावना बोकेका असल नेताहरुको तेजोबोध गर्दै राजनीतिक हत्या गरेकाले उनको विकल्प खोज्न आफूहरु संगठित भएको बताए । उनीसंग आफूहरुको व्यक्तिगत नभई राजनीतिक लडाइँ रहेको उनको भनाई छ । आचार्यले आफू पनि क्षेत्रीय सभापतिको उम्मेदवारका रुपमा रहेपनि टिमको निर्णयलाई शिरोपर गर्दै पोषण केसीलाई समर्थन गरेको बताए । पोषण केसीको नेतृत्वमा अब चुनावमा होमिएको भन्दै उनले पूरै टिमलाई जिताउन सबैलाई आह्वान गरे । यो पटक पनि चुके अब फेरि पाँच बर्ष पश्चाताप बाहेक केही नहुने उनको स्पष्टोक्ति थियो ।

क्षेत्रीय सभापतिका उम्मेदवार पोषण केसीले आफूले अग्रजहरुको सम्मान गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने बताए । सबैलाई जोड्ने एकताबद्ध कांग्रेस बनाउने आफ्नो अठोट रहेको बताए । कोहलपुरमा पार्टीको क्षेत्रीय कार्यालय बनाउने घोषणा केसीले गरे । उनले व्यक्तिवाद, अधिनायकबाद र बालहठ प्रबृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए । एउटै व्यक्तिको एकाधिकार तोड्न आफूहरु चुनावी मैदानमा होमिएको बताए ।

No description available.

घोषणा कार्यक्रममा नेताहरु नारायण प्रसाद सिग्देल, मिना सिग्देल, नर बहादुर मल्ल, इशाक जोलाहा, प्रदेश क्षेत्रीय सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति विरेन्द्र शाह लगायतले पोषण केसी नेतृत्वको प्यानललाई अत्याधिक मतका साथ विजयी बनाउन आग्रह गरे । क्षेत्रीय सचिव डिल्ली गिरीले सञ्चालन गरेको कार्यक्रममा कोहलपुरमा पार्टी कार्यालय बनाउन विभिन्न नेता कार्यकर्ताहरुले सहयोग रकम घोषणा गरेका थिए । त्यस क्रममा प्रताप देवकोटा, यज्ञ सापकोटा, द्रोणप्रसाद जैसी, युवराज पौडेल लगायतले सहयोग रकम घोषणा गरेका थिए । करिब ५ लाख जति रकम घोषणा गरिएको थियो । 


प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP