Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ ५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगन्ज १८ का वडा अध्यक्षले प्रतिशोध राखेर नागरिकलाई सिफारिस दिएनन् 
नेपालगन्ज १८ का वडा अध्यक्षले प्रतिशोध राखेर नागरिकलाई सिफारिस दिएनन् 
Vianet
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २५, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज १८ का वडा अध्यक्षले प्रतिशोध राखेर नागरिकलाई सिफारिस दिएनन् 

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित वडा कार्यालयले वडाबासीलाई सिफारिस दिने कार्यमा पक्षपात गरेको तथ्य सार्वजनिक भएको छ । वडा नम्बर १८ का तत्कालीन वडा अध्यक्ष दीपक बर्मा र हालका कार्यबाहक वडा अध्यक्ष बुद्धि रैदासले वडाबासीलाई प्रतिशोधका आधारमा सिफारिस दिनबाट बञ्चित गरेका हुन् । वर्मा र रैदासले सिफारिस नदिएर लामो समयदेखि अल्झाइरहेको पीडितको गुनासो छ । 

Green City Pharmacy

नेपालगन्ज १८ लग्दहवा निवासी ४५ वर्षीया रामप्यारी वर्माले विगत ६ महिनादेखि हालसम्म पनि वडाले मृत्यु दर्ता नाता प्रमाणित नगरेर अल्झाएको बताइन् । उनकी आमा ८० वर्षीया सिउरी कुर्मीको करिव ६ महिनाअघि कालगतिले मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा जाँदा वडा अध्यक्ष वर्माले राजनीतिक प्रतशोधका आधारमा सिफारिस दिन नमानेको र अहिलेका कार्यबाहक वडा अध्यक्ष रैदासले पनि वर्माकै इशारामा सिफारिस रोकेको रामप्यारीले सुनाइन् ।   

‘फरक पार्टीमा आस्था राखेकै कारण मलाई दिपक वर्मा र बुद्धि रैदासले सिफारिस दिएनन्,’ उनले भनिन्,  ‘मृत्यु दर्ता नाता प्रमाणित नहुँदा आमाको जग्गा नामसारी हुन सकेको छैन, सबै काम रोकिएको छ ।’ मृतक सिउरीका दुई छोरी मात्र छन् । रामप्यारी र मिरा सहोदर दुई बहिनी हुन् । आमाको मृत्यु पश्चात कानुनीरुपमा स्वतः अंश पाउने अधिकार भएपनि वडा कार्यालयको सिफारिस नपाउँदा सबै काम रोकिएको उनको गुनासो छ । 

सोही वडाकै तनिसा बेहनाले पनि वडा कार्यालयबाट सिफारिस नपाएको गुनासो गरिन् । वडा अध्यक्ष वर्मा र रैदासले सिफारिस नदिएर अल्झाउने काम गरेको उनको दुखेसो छ । ‘मलाई वडा कार्यालयले घरबाटो सिफारिस र नाता प्रमाणित सिफारिस दिन मानेनन्, जनतालाई सिफारिस नदिने यिनै जनप्रतिनिधि फेरि पनि अहिले चुनावमा लडेको कुरा हामी सुन्दैछौं, यो हामी सबैका लागि दुर्भाग्यको कुरा हो,’ उनले भनिन् ।
 
वडामा सर्बसाधारणलाई हरेक कुरामा विभेद गर्दै आएका यिनै वडा अध्यक्ष वर्मा यसपटक पुनः एमालेका तर्फबाट वडा अध्यक्ष पदमा चुनाव लडेका छन् । वर्मा यसअघि पनि पटक–पटक विवादमा परेका थिए । जनप्रतिनिधि भएपछि निःस्वार्थरुपले सबै जनताका काम समानरुपले गर्नुपर्नेमा उनले छानी छानी आफ्ना पार्टी र आफन्तलाई मात्र सेवा, सुविधा र विकास निर्माणको जिम्मा दिने गरेको आरोप छ । 

पार्टी नमिल्दा सडक कालोपत्रे रोकेको, सरसफाई कर्मचारीलाई कुटपिट गरेको, विकासका नाममा भ्रष्टाचार गरेको, वडाका काम आफन्तलाई दिएको जस्ता आरोपहरु उनीमाथि छन् । वडाको सिफारिसमा विभेद गरेको आरोप खेपेका वर्माका विवादस्पद काम र गतिविधिले गर्दा आसन्न निर्वाचनमा उनको उम्मेदवारीमाथि नै गम्भिर प्रश्न उठेको छ । यस्तै सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा उनले मुद्दा खेपिरहेका छन् । 

यिनै वर्माविरुद्ध अहिले पनि उक्त मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ । मुद्दा दर्ता भएपछि केही समयसम्म फरार भएका वर्मा अदालतमा २० लाख रुपैयाँ धरौटीमा रिहा भएको र अहिले पनि उनी विरुद्धको मुद्दा अदालतमा चलिरहेको सहकारी पीडितको अगुवाई गर्दै आएका वरिष्ठ अधिवक्ता विजय गुप्ता बताउँछन् । ‘जनताको पैसा ठग्ने ब्यक्ति उम्मेदवार छ, यस्ता मान्छेले जनताको अगाडि कसरी मुख देखाइरहेका होलान्,’ गुप्ताले भने,  ‘जनताले यसपटक आफ्नो सही विवेक प्रयोग गरेर यस्ता ब्यक्तिलाई हराउनुपर्छ ।’

आसन्न निर्वाचनमा वर्मा पुनः उम्मेदवार भएपछि अहिले वडाबासीले उनका कमी, कमजोरी र कर्तुतलाई क्रमशः बाहिर ल्याउन थालेका छन् । वडा अध्यक्ष हुँदा वर्माले पाँच वर्षसम्म वडाबासीलाई हरेक सेवा, सुविधा र विकास निर्माणको काममा पूरै विभेद गरेको यहाँका नागरिक बताउँछन् । सोही वडाका स्थानीय बासिन्दा विक्रम सिंह आफ्नो बुवा बलराम सिंह खत्रीको मृत्यु पश्चात सिफारिस लिन केही महिनाअघि वडा कार्यालयमा पुगेका थिए । तर, उनले पनि वडाबाट सिफारिस नै नपाएको गुनासो गरे । ‘परिवारको म एक्लो छोरा हुँ, बुवाको मृत्यु भएपछि अंश दावी गर्ने अरु कोही थिएन, वडामा सिफारिस लिन जाँदा मलाई दिइएन, म कांग्रेसको जिम्मेवार कार्यकर्ता भएकै कारण सिफारिसबाट बञ्चित गरियो,’ उनले भने । 

सोही वडाकी किरण शाहीले वडा कार्यालयमा सिफारिस लिन जाँदा दुई दिनसम्म अल्झाएर दिइएको गुनासो गरिन् । ‘फर्म दर्ताका लागि वडा कार्यालयमा सिफारिस लिन गएकी थिएँ, तर वडा कार्यालयले मलाई सिफारिस दिन आनाकानी गर्यो, दुई दिनपछि बल्ल तल्ल सिफारिस दियो,’ उनले भनिन् । यस विषयमा प्रतिक्रिया लिन वर्मा र रैदासलाई सम्पर्क गर्दा दुबैको फोन उठेन । उक्त वडाका अधिकांश स्थानीयले यसपटक नयाँ उम्मेदवारलाई भोट हाल्ने बताएका छन् । उक्त वडामा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा मंगलप्रसाद वर्मा (सानु) चर्चामा छन् । निर्वतमान वडा अध्यक्ष वर्माको विवादास्पद छविका कारण सानुले यसपटक बाजी मार्ने वडाबासीले आंकलन गरिरहेका छन् । 
 


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९, २१:३८:००
narainapur_corona
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा सुमन र तुफानबीच २० मतको अन्तर, उपाध्यक्षमा मल्ल अगाडि
खजुरामा सुमन र तुफानबीच २० मतको अन्तर, उपाध्यक्षमा मल्ल अगाडि
स्थानीय तह निर्वाचन मतगणना:कञ्चनपुरमा कांग्रेसको विजयी सुरुवात
स्थानीय तह निर्वाचन मतगणना:कञ्चनपुरमा कांग्रेसको विजयी सुरुवात
मतदान पश्चात् तप्त पौडेलद्वारा सबैलाई धन्यवाद व्यक्त
मतदान पश्चात् तप्त पौडेलद्वारा सबैलाई धन्यवाद व्यक्त
बाँकेका मतदान केन्द्रमा जे देखियो...
बाँकेका मतदान केन्द्रमा जे देखियो...
duduwa new kohalpur rapti sonari_corona
निर्वाचन विशेष
तुलसीपुरमा गठवन्धनबाट कांग्रेसका गिरी ४९ मतान्तरले अगाडि
तुलसीपुरमा गठवन्धनबाट कांग्रेसका गिरी ४९ मतान्तरले अगाडि बागेश्वरी पोस्ट
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको १९६ मतगणना हुँदा सम्म अग्रता कायमै
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको १९६ मतगणना हुँदा सम्म अग्रता कायमै बागेश्वरी पोस्ट
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको सुरुवाती अग्रता
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको सुरुवाती अग्रता बागेश्वरी पोस्ट
राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित
राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित बागेश्वरी पोस्ट
राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल ३५८ मतान्तरले अगाडि
राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल ३५८ मतान्तरले अगाडि बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP