Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १८, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सशस्त्र प्रहरीमा आईजीपीको पदावधि घटाउन चलखेल सुरु
सशस्त्र प्रहरीमा आईजीपीको पदावधि घटाउन चलखेल सुरु
narainapur raptisonari
बागेश्वरी पोस्ट
सोमबार, जेठ ३०, २०७९ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीमा आईजीपीको पदावधि घटाउन चलखेल सुरु

नेपालगन्ज । सशस्त्र प्रहरी बलमा प्रहरी महानिरीक्षक (आईजीपी) को पदावधि घटाउने चलखेल शुरु भएको छ । आफ्नो अनुकुलका व्यक्तिलाई महानिरीक्षक बनाउनका लागि सशस्त्र प्रहरीमा नियमावली संशोधन गरी पदावधि घटाउने तयारी भएको हो । 

Green City Pharmacy

सशस्त्र प्रहरीमा रहेका कुनै व्यक्ति विशेषलाई बढुवा गर्न र बढुवासँगै भविष्यमा आईजीपीसम्म बनाउन पर्ने भएपछि सशस्त्र प्रहरीमा नियमावली संशोधन गर्न लागिएको स्रोतको दाबी छ । गृह मन्त्रालयमा तयारी हालतमा रहेको प्रस्तावित नियमावलीमा आईजीपीको पदावधि घटाउने तथा एसएसपीको बढुवा समयावधि घटाउने रहेको छ ।

‘एसएसपीमा बढुवा हुन ४ वर्षे सेवा गरेको हुनुपर्ने नियमलाई हटाएर अब एसएसपीमा बढुवा हुनका लागि ३ वर्ष सेवा गरेको भएपनि योग्य मानिने व्यवस्था गर्न लागिएको र प्रहरी महानिरीक्षकको पदावधि पनि घटाएर ३ वर्ष बनाउने प्रस्ताव गरिएको छ’, मन्त्रालय स्रोतले भन्यो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ४० को उपनियम १ मा ‘सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ’ भनिएको छ । 

त्यसैगरी नियम ४० को उपनियम २ मा ‘उपनियम १ मा जुनसुकै कुरा लेखिएको भएता पनि सशस्त्र प्रहरी नायब महानिरीक्षक र सो भन्दा माथिल्लो पदमा बढुवा हुन न्युनतम सेवा अवधिको हद लाग्ने छैन’ भन्ने उल्लेख छ । अर्थात् एसएसपीसम्म बन्न त्यो भन्दा तल्लो तहमा कम्तीमा चार वर्ष सेवा पूरा गरेको हुनुपर्नेछ भने डीआइजी बन्न वा त्यो भन्दा माथिल्लो पदमा जानका लागि सेवा अवधि लागू नहुने कुरा उल्लेख छ । 

तर, सशस्त्र प्रहरीले यो व्यवस्थालाई हटाएर एसएसपीमा बढुवाका लागि आवश्यक सेवा अवधि चार वर्षलाई घटाएर तीन वर्ष कायम गर्न संशोधनको प्रस्ताव गरेको छ । योसँगै सशस्त्र प्रहरी महानिरीक्षकको सेवा अवधि घटाएर अहिलेका एआईजी नारायणदत्त पौडेललाई अनुकूल हुने गरी संशोधन प्रस्ताव गरिएको स्रोतको दाबी छ । जसबाट हालका एआईजी सीपी गौतम एआइजीमै घर जानेछन् । उनी सिनियर भएपनि नारायणसँग पहिले नै आईजीपी बनाउने सहमति भएको स्रोतको दाबी छ । ३० वर्षे सेवा अवधि कायमै रहेमा गौतम २०८२ सालमै घर जानेछन् । यद्यपि नेपाल प्रहरीमा जस्तै सशस्त्र प्रहरीमा पनि ३० वर्षे सेवा अवधि हटाउने अर्को तयारी पनि रहेको छ । 

अहिले भने एसएसपीको बढुवा अवधि ३ वर्ष बनाउँदा अहिलेका कामु एसएसपी दीपेन्द्र कुँवरलाई सहज बनाउने गरी संशोधन गर्न लागिएको छ । उनी यसै पटक डीआइजी हुने र निकट भविष्यमा आईजीपी हुने गरी तयारी थालेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ रहेका एसएसपी कुँवरले आफ्ना ब्याचका सबैलाई टप गरेर डीआईजी हुने खेलमा लाग्दा सबै प्रकारका नियमावली संशोधन गर्न दबाब दिइरहेका छन् । 

यसअघि नियमावली संशोधन गरेर सेवा अवधि घटाउनका लागि सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल नै  समिति गठन गरेका थिए । सुझाव दिनेगरी गठन गरिएको समितिमा तत्कालीन आईजीपी खनाल निकट भनेर चिनिएका डीआईजी नारायणदत्त पौडेल संयोजक थिए  । 

आईजीपी अर्यालले सेवा अवधि घटाउने लगायतका प्रस्ताव राखेर तयार पारेको नियमावली संशोधन प्रस्तावसहितको पत्र गृह मन्त्रालयको प्रहरी प्रशासन शाखामा पठाइसकिएको भएपनि अहिले विचराधिन अवस्थामा छ ।

समितिले एसएसपीमा बढुवाका लागि सेवा अवधि तीन वर्ष बनाउने गरी नियमावली संशोधनको सुझाव सहितको प्रतिवेदन दिएको थियो । त्यसैगरी वर्तमान आइईजीपी राजु अर्याल र पौडेलबीच भएको भद्र सहमति अनुसार आइजीपीको कार्यकाल तीन वर्ष बनाउने र दुवै जना मिलीमिली कार्य सञ्चालन गर्ने रहेको छ । 

त्यसो गर्दा देउवाका ज्वाइँ कुँवरलाई फाइदा हुनेछ । उनी आफ्नो ब्याचमा १० नम्बरका रहेका छन् । उनी भन्दा अघि कामुबाट कन्फर्म हुने लाइनमा रहेका एसएसपीहरु सुरेश श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनी पोखरेल लगायत छन् । 

कुँवरको ब्याचमा भने एक नम्बरमा विष्णु भट्ट, दिग्विजय सुवेदी, विश्व भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत र माधव प्रसाद पौडेल लगायत छन् । कुँवरसँगै  सुवेदी, तिउसिना, बस्नेत निकै विवादित अधिकृत हुन् । 

बारामा बसेका सुवेदीलाई तस्करीलाई साथ दिएको आरोप लागेको थियो भने तिउसिनालाई आईजीपीलाई मात्रै रिपोर्ट गर्ने गणको गणपति हुँदा गृह मन्त्रालयले गणमा छापा मारेर कारबाहीको सिफारिस गरेको थियो । तर, उनले निकै मेहनत गरेर मिलाएका थिए । 

यो नियमावली संशोधनपछि सशस्त्र प्रहरीमा सिसम–१ को ब्याचबाट २०७५ बैशाख २७ मा एसपीमा बढुवा भएका अधिकृतहरुको सेवा अवधि तीन वर्ष पूरा भएको छ । 

सिसम–२ का अधिकृतहरु २०७५ चैत १५ मा एसपीमा बढुवा भएका थिए । एसपी पदमा ती अधिकृतहरुको सेवा अवधि २०७८ चैत १५ मा ३ वर्ष पूरा भैसकेको छ । 

सिसम–२ का ती एसपी सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँगै रहेका छन् । उनी यतिबेला कायम मुकायम एसएसपी छन् । उनी लगायत आफ्ना केही व्यक्तिलाई चाँडै बढुवा र भविष्यमा आईजीपीको दाबेदार बनाउने गरी यतिबेला नियमावली संशोधनको प्रयास भइरहेको स्रोत दाबी छ ।

आईजीपी राजु अर्याललाई यतिबेला निकै तनाव रहेको बताइन्छ । अहिले डीएसपीदेखि माथिका पदमा ठूलो संख्यामा बढुवा हुँदै गर्दा उनले धेरैलाई आश्वासन दिएको उच्च स्रोतको दाबी छ । ठूलो संख्यामा आकांक्षी समेत रहेका छन् । 

अर्कातर्फ उनलाई दबाब दिने नेताहरुको संख्या समेत बढिरहेको छ । यसमा उनले कसरी व्यवस्थापन गर्छन् भन्ने सोचनीय रहेको छ । हाम्राकुराबाट

 

 

 

 

 


प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९, ०८:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपाले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बालायो
जसपाले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बालायो
कांग्रेस बाँकेका नेताहरुले सभापति एवम् प्रधानमन्त्री देउबालाई भेटे
कांग्रेस बाँकेका नेताहरुले सभापति एवम् प्रधानमन्त्री देउबालाई भेटे
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमलाले राजीनामा दिइन्
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमलाले राजीनामा दिइन्
नेकपा एसका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
नेकपा एसका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
duduwa new rapti sonari_corona
निर्वाचन विशेष
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी बागेश्वरी पोस्ट
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत बागेश्वरी पोस्ट
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी बागेश्वरी पोस्ट
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP