नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सेनाका प्रमुख सेनानी कार्कीमाथी छानविन सुरु
सेनाका प्रमुख सेनानी कार्कीमाथी छानविन सुरु
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १, २०७७ बागेश्वरी पोस्ट
सेनाका प्रमुख सेनानी कार्कीमाथी छानविन सुरु
नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की

नेपालगन्ज । नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्कीमाथी छानविन सुरु भएको छ । मध्यपुर्वी पृतना अन्तर्गतको २७ बाहिनीमा कार्यरत रहंदा कार्कीले आर्थिक हिनामिना गरेको र महिला सैनिकलाई प्रभावमा पारेर दुरुपयोग गरेको आरोपमा उनिमाथी छानविन भएको हो । कार्कीविरुद्ध सेनाको सिकायत तथा जांचबुझ निर्देशनालयमा लिखित उजुरी परेको सैनिक स्रोत बताउंछ ।

सैनिक मुख्यालय र मध्यपूर्वी पृतनामा लिखित उजुरी परेपछि सेनाले महासेनानी भुवन खत्रीको नेतृत्वमा छानविन समिति गठन गरिसकेको छ । समितिमा प्राड विभागका सेनानी शिवराम सापकोटा सदस्य छन् । समतिलिाई दुई दिन भित्र रिपोर्ट पेश गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएको स्रोतको दावी छ ।

२७ बाहिनीपतिबाट पश्चिम पृतना शिक्षालय पोखराको शिक्षा अधिकृतमा सरुवा भएका कार्कीलाई शुक्रवार वयानका लागी मध्यपूर्वी पृतना बोलाइएको छ । उनको बयान आजै सक्ने तयारी छ ।

कार्कीको बयानपछि छानविन समितिले तयार पार्ने रिपोर्टको आधारमा बाहिनीपति पंकज कार्कीमाथी छानविन हुने, नहुने टुंगो लाग्नेछ । प्रमुख सेनानी कार्कीले बाहिनीपति कार्कीलाई खुसी बनाएर मातहतका निकाय र महिला सैनिकको दुरुपयोग गरेको उजुरीमा उल्लेख छ ।

बाहिनीपति कार्कीले पनि उनलाई बाहिनीमा सिनियर अधिकृत हुंदा हुंदै अपरेशनको जिम्मेवारी दिएको खुलासा भएको छ । ४२ बेसिकका प्रमुख सेनानी कार्कीभन्दा सिनियर प्रमुख सेनानी (हाल महासेनानी) रहेका दिनेश रजौरियालाई जिम्मेवारी नदिएर उनले जनमतलाई अपरेशनको जिम्मा दिएका थिए ।

जनमतले त्यसको फाइदा उठाएर मातहतका निकायमा हप्कीदप्की गरेको समेत उजुरीमा उल्लेख छ । उनको व्यवहारबाट  २७ बाहिनीपति अन्तर्गत रहेका भिम दल,श्रीनाथ गण र शेरगणका गणपति समेत दिक्क बनेको सैनिक स्रोत बताउंछ । बाहिनीमै कार्यरत एक महासेनानीले जनमत विरुद्ध मानहानी गरेको उजुरी समेत गरेका छन् । प्रमुख सेनानी जनमत विवादमा परिरहने सैनिक अधिकृत हुन् ।

यसअघि उनी २७ बाहिनीको भर्ना छनौटमा भएको आर्थिक अनियमिततमा समेत विवादमा मुछिएका थिए । त्यहांका बाहिनीपति बावुराम श्रेष्ठलाई पनि उनले दुरुपयोग गरेको खुलेको थियो । कार्किकै कारण सेनामा राम्रो भविष्य भएका श्रेष्ठलाई छानविन समितिको प्रतिवेदनपछि नसियद दिइएको थियो । काठमाण्डुपाटीबाट


प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP