नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नरैनापुरमा भलिबल: नमुना क्लबलाई सफलता
नरैनापुरमा भलिबल: नमुना क्लबलाई सफलता
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज २३, २०७८ बागेश्वरी पोस्ट
नरैनापुरमा भलिबल: नमुना क्लबलाई सफलता

नरैनापुर(बाँके) । नरैनापुरमा सम्पन्न भलिबल प्रतियोगितामा नमुना युवा क्लबले जीत हासिल गरेको छ । सृजनशील किशोरी क्लबको आयोजना तथा नरैनापुर गाउँपालिका, स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको सहयोगमा जय किसान माविको प्राङ्गणमा विजयादशमीको अवसरमा आयोजित खुला भलिबल प्रतियोगितामा नमुना युवा क्लबले खुला तथा किशोरी दुबैतर्फ जीत हासिल गरेको हो । 

प्रतियोगितामा खुलातर्फ दोश्रो स्थानमा जयकिसान मावि र तेश्रो स्थानमा बघौडा भलिवल क्लबले जित हासिल गरेका छन्  । त्यसैगरी किशोरीतर्फ दोश्रो स्थान सृजनशील किशोरी क्लब र तेश्रो स्थान प्रगतिशील किशोरी क्लबले हात पार्न सफल भएका छन । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः नगद रु.५०००, ४०००, ३००० र प्रमाणपत्र प्राप्त गरेका थिए ।  

समापन कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।  प्रमाणपत्र वितरण गर्दै शाहले नरैनापुरमा खेलकुदको विकासका लागि दुई वटा रंगशाला निर्माण गरिने जानकारी दिए । अहिले युवा तथा खेलकुद मन्त्री यसै क्षेत्रको भएको हुँदा खेलकुदको विकास हुनेमा आफू ढुक्क भएको समेत उनले बताए । साथै स्थानीय युवा अरुण यादव र नरहरि योगीले नरैनापुरको समग्र विकासको लागि युवा तथा खेलकुद मन्त्रीसंग दशैंपछि भेटघाट गरिने बताए ।

भलिबल प्रतियोगितामा तीन वटा विद्यालय, तीन वटा क्लब सहित छ वटा टिमको महिला र पुरुष गरी जम्मा नौ वटा समूह प्रतिष्पर्धामा थिए । प्रतियोगितामा महेन्द्र मावि मटेहिया, जय किसान मावि भोजपुर, आदर्श मावि लक्ष्मणपुर, नमुना युवा क्लब कोहला, बघौडा युवा क्लब लक्ष्मणपुर र आयोजक सृजनशील किशोरी क्लब सहभागी थिए । 

सो खेलमा तिर्थराम मौर्य र नरहरी योगीले रेफ्रीको भूमिका निभाएका थिए । कार्यक्रम सृजनशील किशोरी क्लब नरैनापुरका अध्यक्ष अन्जली बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो । नरैनापुर गाउँपालिकाका किशोरीहरुलाई खेलकुदमा अघि बढ्न थप हौसला प्रदान गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको बिशेष पहलमा नरैनापुर गाउँपालिकामा विभिन्न खेलको आयोजना गरिएको प्रतियोगिताका संयोजक अरुण यादवले जानकारी दिए ।


प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP