Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १२, २०७७ ०४:४३:४९ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • Home
  • बिचार
  • जडिबुटी व्यवस्थापन र यसका विविध सवालहरु
जडिबुटी व्यवस्थापन र यसका विविध सवालहरु
64x64
मंगलबार, पुष ७, २०७७ रवि किरण आचार्य
रबिकिरण आचार्य

बहुआयामिक अर्थ भएपनि सामान्यतया औषधीय प्रयोजनका लागि प्राकृतिक वा कृत्रिम तरिकाबाट खेती गरी उत्पादन गर्न सकिने वनस्पतिलाई जडिबुटी भन्न सकिन्छ । तथापि धार्मिक, सामाजिक, पर्यटकीय वा आर्थिक समग्र हिसावले जडिबुटीको आफ्नै योगदान रहेको छ । हाम्रो देशका विभिन्न भूगोलहरुमा जैविक विविधतालाई टेवा पुर्याउने विभिन्न थरीका जडिबुटी वनस्पतिहरु पाइन्छन् ।

स्थान विशेषका आधारमा तिनीहरुको आफ्नै महत्व एवम् गुणस्तरियता हुने गर्दछ । हिमाल पहाड र तराईमा पाइने जडिबुटीहरुमा तुलनात्मक रुपमा हिमाली जडिबुटी बनस्पतिहरुको बिशेष महत्व रहने गर्छ । जडिबुटी व्यवस्थापनका सन्दर्भमा जडिबुटी खेती प्रविधिको पक्षलाई समेट्नुपर्ने देखिन्छ । तथापि प्राकृतिक जडिबुटी बनस्पतिहरुको विशेष महत्व रहन जान्छ । त्यसैले उच्च हिमाली भेगमा प्राकृतिकरुपमै पाइने जडिबुटीहरुको प्रसंग सान्दर्भिक देखिन्छ ।

जडिबुटी संकलन र यसका चुनौतिहरु

कच्चा जडिबुटीहरुको शुरु उपलब्धता वा पर्याप्तताको कार्य संकलन हो । यसका लागि जंगलबाट वनस्पति जडिबुटीका विभिन्न अंशहरु वा पूरै विरुवा कोरेर घर आँगन सम्मल्याउने गरिन्छ । यसर्थ यो एउटा प्रशोधनको प्रारम्भिक चरण हो भन्दा अत्युक्ति नहोला । जडिबुटी संकलन कार्यले व्यक्ति बिशेषको याबत् लगानीको प्रतिफल प्रदान गर्दछ । साथै उद्योग व्यवसाय संचालनका लागि कच्चापदार्थको उपलब्धताको अतिरिक्त धार्मिक महत्वलाई सम्बोधन गर्दै मानव स्वास्थ्यका लागि औषधीय प्रयोजनमा उपयुक्त ठानिन्छ । तथापि यस कार्यमा चातुर्यपूर्ण क्रियाकलापको आवश्यकता जरुरत पर्दछ ।

मूलतः वनजंगलबाट जडिबुटी परिपक्व नहुँदै पहिचानको अभावमा अस्वस्थ प्रतिस्पर्धाका कारण संकलनप्रति उत्पादक हुन जान्छ । यस कार्यका लागि राज्य पक्षबाट विभिन्न समयमा विविध कार्यविधिहरु ल्याएपनि कार्यान्वयनको पक्षमा तीब्रता दिनुपर्ने देखिन्छ । जडिबुटीमा पाइनुपर्ने सार तत्व खासगरी रासायनिक तथा औषधीय गुणहरु भरिपूर्ण भएपछि मात्रै संकलन गर्दा सार्थक हुन्छ । यसका लागि जडिबुटीको परिपक्वता जरुरत पर्दछ । जस्तो कि कुट्की, जटामसी, अतिस, पदमचाल जस्ता जडिबुटीहरुलाई तीन बर्ष पुगेपछि मात्र संकलन गर्नुपर्दछ । त्यसैगरी सतुवा, चिराइतो, महारंगी जस्ता जडिबुटीहरु दुई दुई बर्षको अन्तरालमा संकलन गर्न सकिन्छ । बिष, बिषमा, बन लसुनहरुलाई बर्षेनी कोर्न सकिन्छ । यसरी संकलन गर्दा हिमाली जिल्लामा खासगरी कर्णालीको जुम्लामा असोज कार्तिक महिना सान्दर्भिक मानिन्छ । बैशाखमा संकलन गरेको जडिबुटी र असोजमा संकलन गरेको जडिबुटीमा तात्विक भिन्नता रहन्छ ।

जडिबुटीका विभिन्न भागहरुको विशिष्ट अवस्थामा संकलन गरेमात्र गुणस्तरयुक्त हुन जान्छ । जराको संकलन गर्दा फूल झरेपछिको अवस्थामा सान्दर्भिक हुन्छ । त्यसैगरी नयाँ पालुवा आउनु भन्दा पहिले बोक्राको संकलन गर्दा औषधीय मूल्य संघनन् मात्रामा रहन्छ । फूल नफुल्दै पात टिप्नुपर्दछ । जडिबुटीको संकलन गर्दा विविध चुनौतिहरु आइपर्दछन् । संकलन समयको ज्ञान नहुनु, परम्परागत जडिबुटी संकलनका साधनहरु, भौगोलिक विकटता, जडिबुटी पहिचानमा समस्याका अतिरिक्त कतिपय अवस्थामा संकलनमा अस्वस्थ प्रतिष्पर्धा, सुरक्षाको प्रत्याभूति नहुनु जस्ता पक्षहरुले संकलन कार्यलाई चुनौतिपूर्ण बनाएको व्यवहारिक अध्ययन छ । मूलतः राष्ट्रिय वन वा धार्मिक वन वा कबुलियति वन वा अन्य कुनै प्रकृतिको वनमा जडिबुटी परिणामको विस्तृत सर्बेक्षणको अभावमा पनि जडिबुटी संकलनको चुनौतिमा गम्भीर पक्ष हो ।

भण्डारण ग्रेडिङ्ग र प्याकेजिङ्ग

जडिबुटी व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष भण्डारण पनि हो । जडिबुटीलाई सड्न, कुहिन, बिग्रिन नदिई सुरक्षित साथ राख्ने कार्य भण्डारण हो । ढुसी किराहरुबाट बचाउन सकेमात्र भण्डारण उपलब्धिपूर्ण हुनसक्छ । यसका लागि जडिबुटीको प्रकृति हेरी सुख्खा, हावादार, जुटको बोरा, शिशी आदिमा राखी संचय गर्न सकिन्छ । यसरी संचय गर्दा सकभर कडा बिषादीको प्रयोग नगरी अर्गानिक जिबाणुको प्रयोग लाभदायी हुन्छ ।

ग्रेडिङ्गलाई बजारीकरणको श्रृंखलाभित्रको महत्वपूर्ण पाटो मानिन्छ । यसमा मूलतः जडिबुटीलाई विभिन्न क्याटेगोरीमा अलग अलग व्यवस्थापन गरिन्छ । खासमा स्थान विशेष, आकार, भौतिक शुद्धता, रङ्ग, वास्ना, सुकाई प्रक्रिया र संकलन समय जस्ता पक्षहरुलाई आधार मानी यो कार्य गर्दा प्रभाबकारी र गुणस्तरमा विविधता ल्याउन सकिन्छ । २४०० मिटरको उचाई र ३८०० मिटरको उचाईबाट संकलन गरी ल्याइएका एकै प्रजातिका जडिबुटीको गुणस्तरमा तात्विक अन्तर पाउन सकिन्छ । स्वभाबिक रुपमा अधिकतम् उचाईमा पाइने जडिबुटीमा औषधीय गुण बढी रहन्छ । प्याकेजिङ्गले कच्चा जडिबुटीको गुणस्तरियता कायम राख्ने ।

ढुवानीलाई सहज बनाउने, संचारयुक्त भई व्यापार व्यवसायमा के्रताहरुको बिश्वास जित्न सकिने जस्ता पक्षहरु हुने हुँदा जडिबुटीहरुको प्रकृति हेरी प्लास्टिक, शिशी, बट्टा वा कागजमा प्याकेजिङ्ग गर्ने गरिन्छ । जडिबुटीको तौल, ब्राण्ड, उत्पादन र समाप्ति मिति, श्रोत, अबयबहरु जस्ता याबत् कुराहरुले गर्दा प्याकेजिङ्ग बजारीकरणको प्रमुख पक्ष मानिन्छ ।

दिगो व्यवस्थापन र वजारीकरण

स्थानीय स्तरमा प्राप्त हुने जडिबुटीहरुको समुचित प्रयोग गर्दै जाने र त्यसको उपयोग कालान्तरसम्म गर्न पाउने अवस्थाको सुनिश्चितता नै दिगो व्यवस्थापन हो । यो बिषयबस्तु कुनै ठाउँ बिशेषमा मात्र सीमित नरही राष्ट्रियस्तरमै स्थान पाएको छ । बैज्ञानिक बिधि अनुसार जडिबटीको संकलन (करिब २५ प्रतिशत जति अंश जमिनमा छोड्नुपर्ने ), सार्वजनिक निजी साझेदारी अवधारणाको कार्यान्वयन, सम्बद्ध सरोकारवालाहरुको एकिकृत संजाल मार्फत्, जडिबुटीको पहिचान जस्ता कुराहरुको एथेष्ट कार्यान्वयनले मात्र दिगो व्यवस्थापनलाई सबल र सुदृढ पार्न सकिन्छ ।

विद्यालय स्तरीय शैक्षिक पाठ्यक्रममा नै जडिबुटी व्यबस्थापन सम्बन्धि बिषयबस्तु समाबेश गरी पठनपाठन कार्य गर्ने ब्यबस्था मिलाउन सके मात्र पनि दिगो व्यवस्थापन सबल हुनसक्छ । याबत् कुराहरुका अतिरिक्त यो मेरो लागि हो या हाम्रो लागि हो भन्ने अपनत्व भाव नहुँदासम्म जडिबुटीको दिगो व्यवस्थापनमा आँच पुग्न जान्छ । संगठनात्मक बजार व्यवस्थापन अन्र्तगत् जडिबुटीहरुको बैध आर्थिक कारोबार गर्ने भन्ने बुझ्न सकिन्छ । यसका लागि कच्चा जडिबुटी, बेच्ने ठाउँको सन्जालीकरण तथा मूल्यको व्यवस्थापन जरुरी हुन्छ । संकलनकर्ताहरुलाई समेत सामूहिक सौदाबाजीमा समाबिष्ट गरी मूल्य तोक्ने प्रबृत्तिको विकास गर्न सके मात्र विचौलियाहरुको बर्चश्व कम हुने देखिन्छ । फेरि ठाउँ, समय, ब्यापारी गुणस्तर जस्ता बिबिध पक्षहरुले जडिबुटीको मूल्यमा एकरुपता ल्याउन कठिन देखिन्छ ।


अन्त्यमा, अपनत्व भाव र दिगो ब्यवस्थापनको अबधारणालाई आत्मसाथ गर्दै आमरुपमा संबद्ध सबै सरोकारवालाहरुको सर्बसम्मत एकिकृत प्रयासले मात्र जडिबुटीको संरक्षण र ब्यबस्थापन गर्न सकिने कुरामा सकारात्मक आश गर्न सकिन्छ ।
                     

(लेखक संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलमा केमिष्ट हुनुहुन्छ)

[email protected]

९८४७८२४९१७


प्रकाशित मिति: मंगलबार, पुष ७, २०७७, ०९:००:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजामती प्रशासन र यसका वर्तमान चुनौतिहरु
कस्ती होलिन् उनी अप्सरा (राराको हुटु) अहिले ?
के हो ‘रअ’ : इन्डियन रणनीति कि नेपालको दुर्भाग्य ?
दलभित्र गुटबन्दी आखिर केका लागि ?
ताजा समाचार
प्रधानमन्त्री ओलीद्वारा दाङमा पुल उद्घाटन सोमवार, माघ १२, २०७७
कृष्ण पहाडीसहित २६ जना प्रहरी नियन्त्रणमा
दाङमा प्रथम लक्ष्मण डाँगी स्मृति फुटसल हुँदै
प्रेस स्वतन्त्रता सेनानी गुप्तको पुन्य तिथीमा विभिन्न कार्यक्रम गरिदै
खजुरामा अब किसान कल सेन्टर
योगिनी कप भलिबलमा न्यु एभरेष्ट डिस्लरीको सहप्रायोजन
जीप दुर्घटनामा पाँच जना घाइते
११ बर्षीया बालिका बलात्कृत, आफ्नै बाबुका साथी पक्राउ
दलित समुदायको सशक्तीकरण तथा क्षमता विकासका लागि नरैनापुरमा अभिमुखीकरण
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9862791607
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago