नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • बढ्दो आपराधिक क्रियाकलापले विकृत बन्दैछ समाज
बढ्दो आपराधिक क्रियाकलापले विकृत बन्दैछ समाज
चक्र रिमाल
शनिबार, पुस १०, २०७८ चक्र रिमाल
बढ्दो आपराधिक क्रियाकलापले विकृत बन्दैछ समाज

विगत केही समय यता कैलाली लगायत क्षेत्रमा विभिन्न जघन्य अपराधका घटना घटिरहेका छन् । तस्करको नाममा हुने घटना हुन् या ग्याङ फाइटको नाममा हुने घटना हुन् या त निर्मम हत्या नै किन नहुन् । यिनले हाम्रो समाज कतातिर गइरहेको छ भन्ने चित्र प्रस्तुत गर्दछन् । मानिसलाई सर्वश्रेष्ठ प्राणी भनिएता पनि कहिलेकाहीँ मानवीय समुदायमा आपराधिक मानसिकता हावी हुँदा सोच्नै नसकिने बर्बरतापूर्ण हत्याहिंसाका घटनाहरु घटिरहेका छन् ।

समाजमा आज बरबरतापूर्ण हत्या, अपहरण, चोरी डकैती, महिला हिंसा, बलात्कार, एसिड आक्रमण, साइबर अपराध लगायत संगठित अपराधका घटनाले शान्ति सुरक्षामाथि खतरा त पैदा गरेको छ नै साथसाथै प्रशासनिक चुनौती पनि थपिरहेका छन् ।

घटना भइसकेपछि केही समय त्यसको चर्चा हुनु र घटनाको जडमा गएर दीर्घकालीन उपचार नखोज्दा यस्ता घटनाहरु झन बिकराल रुप लिएर जन्मिएको पाइन्छ । जनसंख्याको बढ्दो चाप, परिवर्तन र प्रगतिको नाममा सृजित मनोसामाजिक परिवेश (रोग), सामाजिक तथा आर्थिक असमानता, लागूपदार्थ दुर्व्यसनीको बढ्दो प्रयोग, भर्चुअल (सामाजिक सन्जाल) जीवनको देखासिकी, समाजमा ब्याप्त बेरोजगारी, नैतिक तथा धार्मिक शिक्षाको घट्दो पहुँच, अभिभावक तथा राज्यको लापरबाही आदि कारणले समाजले विभिन्न किसिमका घटना र बिकृतिहरु बेहोर्नुपरेको छ ।

अहिलेको समाज र शिक्षाले नैतिक तथा धार्मिक शिक्षामाथि जोड दिन नसक्दा मानिस अनैतिक, अश्लिल र आपराधिक बन्दै गइरहेका छन् ।

समाजमा आज बरबरतापूर्ण हत्या, अपहरण, चोरी डकैती, महिला हिंसा, बलात्कार, एसिड आक्रमण, साइबर अपराध लगायत संगठित अपराधका घटनाले शान्ति सुरक्षामाथि खतरा त पैदा गरेको छ नै साथसाथै प्रशासनिक चुनौती पनि थपिरहेका छन् । यस्ता घटनाहरुले राज्यलाई चुनौती दिइरहेका छन् र राज्य संयन्त्रप्रति आम नागरिकको भरोसा घटाइरहेका छन् । मुलुकमा यस्ता घटनाहरु बढ्नुका पछाडि विभिन्न कारणहरु रहेका छन् जसमध्ये केही निम्न बमोजिम भेटिएका छन्ः
१. लागूपदार्थ दुर्ब्यसन
तराई मधेसको खुल्ला सीमाना, नेपाली बजारमा पनि सहजै उपलब्धता र यस्ता पदार्थको सेवनले तनाव कम गर्छ र अरु भन्दा मोर्डन देखिइन्छ भन्ने गलत सोचका कारण युवायुवतीहरु लागूपदार्थ दुर्ब्यसनीमा फसिरहेका छन् । यस्ता साधनको जोहो गर्नका लागि मानिस अनेक किसिमका गलत क्रियाकलापमा संलग्न हुने र साथै यस्ता पदार्थले प्रयोगकर्तालाई उत्तेजित र सिथिल गरिदिने भएकाले पनि आपराधिक गतिविधि बढ्ने गर्दछ ।
२.समाजमा ब्याप्त बेरोजगारी
बर्तमान परिप्रेक्षमा बढ्दो आपराधिक गतिविधिको एक प्रमुख कारण समाजमा रहेको बेरोजगारी बनिरहेको छ । “खाली दिमाग सैतानका घर” भनेझैं बेरोजगार ब्यक्तिको दिमागमा अनेक किसिमका कुराहरु खेल्ने र मानवीय आवश्यकताको परिपूर्तिका खातिर अनेक किसिमका गलत कार्यकलापमा संलग्न हुन पुग्दछ जसले अपराध वृद्धिलाई टेवा पुर्याएको छ ।
३.नैतिक शिक्षाको अभाव
अहिलेको समाज र शिक्षाले नैतिक तथा धार्मिक शिक्षामाथि जोड दिन नसक्दा मानिस अनैतिक, अश्लिल र आपराधिक बन्दै गइरहेका छन् । मानिसमा अरुको अस्तित्व स्वीकार्ने परम्पराको कमी भइसकेको छ, जसले समाजलाई बिकृत बनाउँदै लगिरहेको छ ।
४.अभिभावकको लापरबाही
बढ्दो न्युक्लियर फेमिलीको अवधारणा र अभिभावकको ब्यस्तताका कारण अभिभावकले आफ्ना बालबालिकाप्रति आवश्यक ध्यान दिन नसक्दा बालबालिका बिग्रँदै जाने र उमेर बढेसंगै आपरधिक गिरोहसंगको सम्पर्कले गर्दा समाजमा आपराधिक गतिविधि बढ्दो क्रममा छन् ।
५.सामाजिक सञ्जालको प्रभाव
सामाजिक सञ्जालले त्यस्ता कुराहरु मात्र प्रस्तुत गर्दछन् जस्तो उनीहरुले देखाउन चाहन्छन् । आम मानिसले सामाजिक सञ्जालमा देखाइने नक्कली जीवनशैली अवलम्बन गर्न खोज्छन् जसले मानिसमा एनेक्सिटी डिसअर्डर, सोसल मिडिया डिप्रेसन जस्ता रोगहरुले समात्छ जसले यस्ता कुरा सहन सक्दैन उनीहरु आत्महत्या जस्ता अपराधमा संलग्न हुन्छन्, अन्यले उक्त नक्कली जीवन अपनाउन आवश्यक आर्थिक जोहो गर्न अनेक किसिमका अपराधमा आफूलाई सामेल गराउँछन् । साथै अचेल मानिसरुले बढी समय मोबाइल, इन्टरनेट आदिमा ब्यतित गर्ने हुँदा साइबर अपराधका विभिन्न घटनाहरु बाहिरिन थालेका छन् ।
६.सामाजिक तथा आर्थिक असमानता
अझै पनि हाम्रो समुदायमा अनेक किसिमका विभेद र आसमानता यथावत छन् जसका कारण समेत अनेक किसिमका आपराधिक घटना घटिरहेका छन् । साथै भौतिकवादी बन्दै गइरहेको नेपाली समाज, मानिसहरुको तिव्र धनी बन्ने महत्वाकांक्षा, बिलासी जीवन र आर्थिक बस्तुहरुप्रतिको बढ्दो महत्त्व पूरा गर्न मानिसले गलत र अवैधानिक बाटो समेत पछ्याउँदै जानुले समाज आपराधिक बन्दै गएको छ ।
७.राजनैतिक र प्रशासनिक संरक्षण
मुलुकमा सक्रिय विभिन्न अपराधिक गिरोहको होस् या ससाना अपराधमा संलग्नलाई नै किन नहोस् विभिन्न राजनैतिक दल र प्रशासनको संरक्षण हुने हुँदा अपराधीहरुको मनोबल बढ्दै जाने र आपराधिक घटनाहरु दोहोरिँदै जाने प्रकृया चलिरहेको छ ।

उल्लेखित कारणहरु बाहेक कानुनी चेतनाको कमी, अशिक्षा, मानिसहरुमा बढ्दो निराशा जस्ता कारणले समेत आपराधिक घटनाहरु बढ्दै गइरहेका छन् । यस्ता घटनाहरुले मुलुकको सामाजिक र आर्थिक विकासमा कठिनाई सृजना गरिरहेका छन् ।सभ्य, सुदृढ र बिकसित समाज निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारद्वारा लागूपदार्थ दुर्ब्यसनीबिरुद्ध उचित नीति नियम र मापदण्ड तयार गरी लागू गर्न सकेमा र दुर्ब्यसनीमा फसिसकेका युवायुवतीलाई राज्यले निःशुल्क सुधारगृहको ब्यवस्थापन गर्न सकेमा लागूपदार्थको प्रयोग कम हुने र फलस्वरूप आपराधिक गतिविधि कम हुने देखिन्छ ।

अपराधीलाई कुनै पनि किसिमको राजनैतिक र प्रशासनिक संरक्षण नगरी मुनासिब करबाही र पीडितलाई न्याय दिलाएर अमनचयन कायम गर्नतर्फ सम्पूर्ण राजनीतिक दल, प्रशासन, नागरिक समाजको ध्यान जान जरुरी छ ।

शिक्षालाई ब्यवसायिक र रोजगारमुखी बनाउँदै बेरोजगारी न्यूनीकरणका लागि विभिन्न उद्योग कलकारखाना खोली रोजगारी सृजना गरी उद्यमशिलतालाई बढाउन स्पष्ट र सहज अर्थिक अनुदानका कार्यक्रम लागू गरेमा बेरोजगारी समस्या हल हुने र आपराधिक गतिविधिमा कमी आउने हुनसक्छ । समाजमा ब्याप्त आर्थिक तथा सामाजिक आसमानता कम गर्न उपयुक्त कदम चाल्ने र सचेतना अभियान चलाउने । बालबालिकालाई नैतिक मर्यादित बनाउन राज्यले आफ्नो पाठ्यक्रममा नैतिक शिक्षालाई प्राथमिकताका साथ लागू गरेमा पनि सभ्य समाज निर्माणमा टेवा पुग्छ । सामाजिक सञ्जालको प्रयोग सम्बन्धि नीति र सचेतना अभियान चलाउने गर्नाले पनि साइबर अपराध लगायत आपराधिक घटना न्यूनीकरण हुने देखिन्छ ।

भौतिकवादी बन्दै गइरहेको समाजमा आर्थिक र भौतिक बस्तुहरु पर पनि मानव जीवनको अस्तित्व, सभ्य समाजको आवश्यकता, परोपकार इज्जत र प्रतिष्ठाले पनि महत्त्व राख्दछ भन्ने खालका आध्यात्मिक कार्यक्रम सन्चालन गर्न सकिन्छ । अपराधीलाई कुनै पनि किसिमको राजनैतिक र प्रशासनिक संरक्षण नगरी मुनासिब करबाही र पीडितलाई न्याय दिलाएर अमनचयन कायम गर्नतर्फ सम्पूर्ण राजनीतिक दल, प्रशासन, नागरिक समाजको ध्यान जान जरुरी छ ।

मानव समुदायलाई चुनौती दिने र खलल पुर्याउने आपराधिक घटना राज्य एक्लैले न्यूनीकरण गर्न नसक्ने हुँदा प्रत्येक नागरिक, राजनैतिक दल, पत्रकारिता जगत, बुद्धिजिवी, नागरिक समाज, विभिन्न संघसंस्था आदिले आआफ्नो ठाउँबाट अपराध र बिकृति न्यूनीकरण गर्नका लागि योगदान पुर्याएर सभ्य सुसूचित र विकसित समाज निर्माण गरी मुलुकलाई विकसित बनाउनु आजको आवश्यकता हो ।

(रिमाल हाल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्नातकोत्तर अध्ययनरत छन् ।) 


प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  २०:०४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP