prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डुडुवा गाउँपालिकाद्वारा घरमै पुगेर ब्यक्तिगत घटना प्रमाणपत्र वितरण
डुडुवा गाउँपालिकाद्वारा घरमै पुगेर ब्यक्तिगत घटना प्रमाणपत्र वितरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ७, २०७७ बागेश्वरी पोस्ट
डुडुवा गाउँपालिकाद्वारा घरमै पुगेर ब्यक्तिगत घटना प्रमाणपत्र वितरण

nepalgunj 081-082

डुडुवा(बाँके )। बाँकेको डुडुवा गाउँपालिकाले अनलाईन व्यक्तीगत घटना दर्ता प्रमाणपत्र वितरण प्रक्रिया आजदेखि शुरु गरेको छ । आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको वडा नं २ सन्तलिया गाउँका दिलराज भुजवाका छोरा प्रदिप गुप्ताको जन्मदर्ता प्रमाणपत्र प्रदान गर्दै वितरणको कार्य शुभारम्भ गर्नुभयो । जन्मदर्ता प्रमाणपत्र वितरण गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट बञ्चित नहुन भनेर घरघरमै सेवा पुरयाउने लक्ष्य अनुसार घरदैलो अभियानमार्फत घटना दर्ता प्रमाणपत्र वितरण शुरु गरिएको बताउनुभयो । गाउँपालिकाले केहीदिन अघि अनलाइन व्यक्तीगत घटना दर्ताको विवरण संकलन गरेको थियो । विवरण संकलनपछि अनलाइनमा दर्ता गरि प्रमाणपत्र बनाएर अहिले घर घरमा वितरण शुरु गरिएको स्थानीय पञ्जिकाधिकारी तथा वडासचिव शिवपाल मौर्यले जानकारी दिनुभयो । गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट वञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घर घरमा पुगेर घटना दर्ताको विवरण संकलन गरि वितरण शुरु गरिएको हो । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत डुडुवा गाउँपालिकाद्धारा व्यक्तीगत घटना दर्ता गरिएको हो । गाउँपालिकाको वडा नं १ होलिया र वार्ड नं २ बेतहानीमा बुधबारदेखि शुरु गरिएको घरदैलो अभियान अन्र्तगत आज करिब ३० जनालाई प्रमाणपत्र वितरण गरिएको छ । शिविरमार्फत गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरि वडा नंं १ देखि ६ सम्म करिब १० हजार घरधुरीमा घटना दर्ता अन्र्तगत जन्म, मृत्यु, विवाह र बसाई सराइ लगायतका अनलाइन घटना दर्ताका लागि विवरण संकलन गरिएको पालिकाका एम आइ एस अपरेटर कौशलकुमार कैरातीले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १७:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP