prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • एसपीदेखि डिआइजी सम्म २३ पद रिक्त
एसपीदेखि डिआइजी सम्म २३ पद रिक्त
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २७, २०७६ बागेश्वरी पोस्ट
एसपीदेखि डिआइजी सम्म २३ पद रिक्त

काठमाडौँ । नेपाल प्रहरीमा १ डिआइजी, ८ एसएसपी र १४ एसपीको दरबन्दी रिक्त छ । एसपी पद रिक्त भएको ७ महिनासम्म बढुवा रोकेर राखियो ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासनका एसपी चन्द्रकुवेर खापुङ बढुवा भएको ३ बर्ष नपुगेका कारण एसएसपी बढुवा नै ७ महिना रोकेको आरोप छ । नेपाल प्रहरीको नियमावलीमा बढुवा भएको ३ बर्ष पुगेपछिमात्र अर्को पदमा पदोन्नति हुने प्रावधान छ ।

खापुङ एसपी बढुवा भएको पुसमा मात्र ३ बर्ष पुगेकाले बढुवामा उनलाई पार्न सकिने भएकाले अब बढुवा हुनेछ । नेपाल प्रहरीका डिआइजी महेशविक्रम शाह ३० वर्षे सेवाअवधिका कारण २०७६ पुस २३ मा अवकाश भएपछि एक पद रिक्त भएको हो । मोतिलाल बोहराका पालामा महेशविक्रम शाह व्वाइजमा जागिर खाएकाले आइजीपी सर्वेन्द्र खनालभन्दा एक महिनाअघि उनी अवकाश भएका हुन् । उनको अवकाशसँगै एक डिआइजी रिक्त भएको छ ।

त्यस्तै ८ एसएसपी र १४ एसपी रिक्त छन् । सर्वोच्च अदालतले प्रहरीभित्र लामो समयसम्म पद रिक्त राख्न नहुने नजिर बनाइसकेको भए पनि त्यो आदेश पालना हुन सकेको छैन भन्ने अहिले रोकिएको बढुवाले प्रष्ट पारेको छ । प्रहरी नियमावलीमा समेत पद रिक्त भएपछि ३ महिनाभित्रमा पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था गरेको छ तर यो कुरा प्रहरीमा लागु भइरहेको छैन । त्यसैले पनि पदहरू रिक्त हुनु र समयमा नै बढुवा नहुँदा माथि जाने अफिसरलाई ठूलो बाधा पर्दै आएको छ ।

यो विगतदेखि नै प्रहरी संगठनभित्रको रोगको रूपमा स्थापित छ । आगामी माघ २८ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उनको २२ जनाको समूह ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदैछन् । आइजीपी खनाल आफू अवकाश हुनुपूर्व प्रहरीका रिक्त पदहरूमा पदपूर्ति गर्न चाहिरहेका छन् । आफ्ना निकट पनि एकाध अधिकृतलाई बढुवा गर्ने चाहना उनमा पनि छ ।

तर, गृहसचिव प्रेमकुमार राई र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत अवकाशका मुखमा रहेका आइजीपी खनाललाई बढुवा गर्न नदिने सोचमा रहेको बुझिएको छ । उनी भइन्जेल बढुवा रोकिने गृहमन्त्रालय स्रोतले बताएको छ ।हाम्राकुराडटकबाट साभार।


प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP