नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • एक बर्षअघि बसमा महिलामाथीको अश्लिल हर्कत: बर्ष दिनपछि एक युवक पक्राउ
एक बर्षअघि बसमा महिलामाथीको अश्लिल हर्कत: बर्ष दिनपछि एक युवक पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २९, २०७६ बागेश्वरी पोस्ट
एक बर्षअघि बसमा महिलामाथीको अश्लिल हर्कत: बर्ष दिनपछि एक युवक पक्राउ
null

काठमाडौं । एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको ‘बस काण्ड’ प्रकरणलाई लिएर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार साँझ चितवनबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो ।

यद्यपि, पक्राउ पर्नेको नाम खुलाइएको छैन । उनलाई राति नै काठमाडौंतर्फ ल्याइएको छ । पक्राउ परेका व्यक्तिले भिडियो अपलोड गरेको स्वीकारेका छन् । स्रोतले भन्यो, ‘तर, आफूले महिलामाथि अभद्र व्यवहार नगरेको दाबी गरेका छन् ।’ भाइरल भएको एक भिडियोमा सार्वजनिक बसभित्र युवकले हस्तमैथुन गरेको दृष्य थियो । उनको बिर्य अघिल्लो सिटमा बसेकी महिलाको कपालमा परेको पनि देखिन्थ्यो । युवक र महिला दुवैको अनुहार भने देखिएको थिएन । त्यसैले अनुसन्धान जटिल भएको थियो ।

यस प्रकरणलाई लिएर बसमा महिलाहरु असुरक्षित भएको भन्दै गत वर्ष करिब दुई दर्जन युवतीहरु महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा पुगेका थिए । उनीहरुले प्रहरीलाई अनुसन्धान गरेर सत्य, तथ्य सार्वजनिक गरिदिन आग्रह गरेका थिए । यो पनि पढ्नुहोस सार्वजनिक यातायातमा किशोरी असुरक्षित त्यसपछि नै प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा भिडियो सुरुमा अपलोड गरिएको समूहको पहिचान प्रहरीले गरेको थियो ।

अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पनि इमेलबाट सम्पर्क गरेर सहयोग मागिएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले लामो निगरानी र अनुसन्धानपछि ती व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गर्ने तयारी गरिएकाले पक्राउ पर्नेको नाम सार्वजनिक नगरिएको महाशाखाका एक अधिकृतले  बताए।

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि चासो देखाएको थियो । प्रहरी प्रधान कार्यालय, नक्सालले पनि प्रेस विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएको थियो । तत्कालीन केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘सवारी साधनभित्र गरिएको अश्लिल हर्कतसम्बन्धी भिडियोमाथि सम्बन्धित इकाइहरुबाट सुक्ष्म अनुसन्धान भइरहेको छ ।’ उनले घटनाबारे स्पष्ट भएपछि सत्य, तथ्य प्रकाशमा ल्याइने जनाएका थिए । हाल सुवेदी नै काठमाडौं प्रहरी प्रमुख छन् ।

अपराध महाशाखाले त्यसबेलै भिडियो खिचिएको बस काठमाडौंको डल्लु क्षेत्रमा कद्ने पत्ता लगाएको थियो । ट्वीटरमा राखिएको सूचनापछि प्राप्त सूचनाको आधारमा बसमा चढ्ने एक अर्की महिलासम्म प्रहरी पुगेको थियो । उनैले पीडित भनिएकी महिलासँग प्रहरीलाई भेट गराइदिएकी थिइन् । बयानका क्रममा ती महिलाले गाडीबाट ओर्लिएपछि मात्रै गलत कार्यबारे थाहा पाएको बताएकी थिइन् ।

अनलाइन खबरबाट साभार।


प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP