prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • एक सफल प्रहरी नेतृत्वकर्ता प्रहरी महानिरीक्षक 'सर्बेन्द्र खनाल'
एक सफल प्रहरी नेतृत्वकर्ता प्रहरी महानिरीक्षक 'सर्बेन्द्र खनाल'
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २, २०७६ बागेश्वरी पोस्ट
एक सफल प्रहरी नेतृत्वकर्ता प्रहरी महानिरीक्षक 'सर्बेन्द्र खनाल'

काठमाडौं ।नेपाल प्रहरीमा प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनालले कमाण्ड सम्हालेपछि झण्डै २० महिनामा धेरै जसो अपराधीहरु पक्राउ परेका छन् भने चिनीया राष्ट्रपतिको भ्रमण सुरक्षासम्म नेपाल प्रहरीले कुशलतापूर्व सम्पन्न गरेको हो । डेढबर्षको अवधिमा विश्वका विभिन्न देशका उच्च पदस्थहरुले नेपालको भ्रमण गरे । उनीहरुको भ्रमणको बेलामा सबै सुरक्षा निकाय र त्यसमा पनि फ्रन्टलाइनमा खटिएको नेपाल प्रहरीले विना कुनै सुरक्षा खतरा ती भ्रमणहरु सफल बनायो। बलियो सुरक्षा गतबर्षको भदौमा भएको बिमस्टेक सम्मेलन, लगत्तै मंसीरमा सम्पन्न भएको एशिया प्यासेफिक सम्मेलन, चैत्रमा सम्पन्न लगानी सम्मेलन,असोजमा सम्पन्न एसियाकै पहिलो प्रहरी सम्मेलन, त्यस पश्चा चीन र बंगालादेशका राष्ट्रपतिको भ्रमण विना कुनै सुरक्षा खतरा सम्पन्न हुनुले नेपालले विश्वका जुनसुकै देशका उच्चपदस्थहरुलाई सुरक्षाको दृष्टिकोणले आतिथ्यता प्रदान गर्नसक्छ भन्ने पुष्टी भएको छ ।

कडा सुरक्षा 

चीनका राष्ट्रपतिको भ्रमणमा तिब्बती शरणार्थीहरुबाट चीनविरोधी प्रदर्शन हुनसक्ने खतरा थियो । भारत भ्रमणका क्रममा चीनका राष्ट्रपतिले त्यसको नमिठो अनुभव पनि गरे ।तर,नेपालमा त्यस्तो कुनै गतिविधि हुन पाएन, जसका कारण चीनका राष्ट्रपति निकै खुशी मुद्रामा फर्किए । अनुसन्धान सर्बेन्द्र खनालको डेढबर्षको समय अवधिमा नेपाल प्रहरीले अपराध अनुसन्धानका सन्दर्भमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । एकाध घटनामा भएका असफलतालाई लिएर सिंगो प्रहरीको कार्यक्षमतामा प्रश्नचिन्ह खडा गर्न मिल्दैन ।

अपराध अनुसन्धान 

यो अवधिमा ५३ हजार ५ सय ५८ प्रतिवादी पक्राउ गरेर प्रहरीले ५५ हजार ३ सय ५४ मुद्दा दर्ता गरेको छ । यो अवधिमा १ सय ४५ किलो सुन बरामद गर्नुका साथै तस्करीमा संलग्न १ सय १६ जनालाई पक्राउ गरेको छ । राजस्व चुहावट नियन्त्रणका क्रममा प्रहरी ५ सय ७७ जनालाई पक्राउ गरेको छ । राजस्व चुहावट नियन्त्रणबाट राजस्वमा झण्डै १ अर्ब ३ करोड योगदान भएको छ भने ट्राफिक कारवाही, अवैध सुन बरामद र भन्सार छली बरामदबाट कुल राजस्व योगदान झण्डै २ अर्ब ९२ करोडको भएको छ । लागुऔषध नियन्त्रण र अवैध हतियार नियन्त्रणमा प्रहरीले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । डेढ बर्षको अवधिमा १२ हजार ४ सय ८१ किलो, चरेस २ हजार ९ सय ६६ किलो, हेरोइन र कोकिन १४ किलो, अफिम ६३ किलो बरामद गरेकोमात्र छैन, त्यसमा संलग्न ६ हजार ९ सय ७१ जनालाई पक्राउ समेत गरेको छ ।त्यस्तै ३ सय ६३ थान हतियार, १३ सय ८४ राउण्ड गोली बरामद गर्नुका साथै ४ सय २३ जना संलग्नलाई पक्राउ गरेको छ । जसका कारण समाजमा कैयन अपराध हुनबाट जोगिएको छ।

रेड कर्नर नोटिस

नेपालमा अपराध गरेर कैयन अपराधीहरु लुक्न विदेशसमेत जाने गरेका छन् । यसरी भागेर विदेश पुगेकाहरुलाई पक्राउ गरेर नेपाल फर्काउन नेपाल प्रहरी सफल भएको छ। यो अवधिमा ८ जनालाई विदेशबाटै पक्राउ गरेर नेपाल ल्याइएको छ ।विभिन्न अपराधमा संलग्न भई फरार अपराधीहरुको खोजीका लागि इन्टरपोलमार्फत ३० वटा रेड नोटिस र ३६ वटा डिफ्युजन नोटिस जारी गरिएको छ । जसका कारण स्वदेशमा रहेकाहरुमात्र होइन, भागेर विदेश पुगेका अपराधीहरुको समेत निदहराम भएको छ ।

भिआइपी पक्राउ

प्रहरीले कसैले कल्पना नगरेका केही भीआईपी, भीभीआईपीहरुलाई विभिन्न अपराध अभियोगमा खोरमा हाल्न सफल भएको छ । पूर्व सभामुख कृष्णबहादुर महरादेखि पूर्वमन्त्री आफताब आलमसम्मलाई पक्राउ गरेको छ । राजनीतिक देखि विभिन्न प्रकारको दवावको समेत परवाह नगरी कानुन कार्यान्वयनमा सकृय रहेको यो पछिल्लो उदाहरण हो । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसद प्रमोद शाहदेखि गृहमन्त्रीका भाई नरेश थापामगरसम्मलाई हतकडी लगाउन सफल भएको छ प्रहरी ।

सरुवा तथा पदस्थापन

प्रहरीमा लामोसमयदेखि सरुवा बढुवा अबरुद्ध भएको थियो । खनाल प्रहरी प्रमुख भइसकेपछि त्यसलाई सुचारु गरिएको छ । जनपद र प्राविधिकतर्फगरी १३ हजार ४ सय २६ नयाँ प्रहरीको भर्ना समेत गरिएको छ । यो अवधिमा १० हजार ८ सय ९९ जना विभिन्न पदका प्रहरीलाई बढुवा गरिएको छ भने ३३ हजार २ सय ८० जनालाई सरुवा र पदस्थापन गरिएको छ । प्रहरीलाई चलायमान बनाउन सरुवा र बढुवाको महत्व निकै ठूलो हुनेगर्छ । तर विभिन्न राजनीतिक नेतृत्वसँग पहुच राख्नेहरुले मागेको ठाउँमा सरुवा नहुँदा विरोध पनि गरे । मागेको स्थानमा सरुवा नगरेको भन्दै प्रहरी प्रमुखको आलोचना पनि भयो । प्रहरीलाई अपडेटेड बनाउन विभिन्न तालिमहरु आयोजना गरियो भने २१ वटा नयाँ पाठ्यक्रम निर्माण गर्नुका साथै १२ वटा पूराना पाठ्यक्रम परिमार्जन गरियो । भींड नियन्त्रण, अपराध अनुसन्धान, सुरक्षा र मानव अधिकारका विषयमा झण्डै २७ हजार प्रहरीलाई घुम्ति अनुशिक्षण प्रदान गरियो । त्यस्तै गलत काम गर्नेहरुलाई कारवाही पनि गरियो । विभिन्न दर्जाका २ हजार ५ सय ७२ जना कारवाहीमा परे भने ६ हजार ८ सय ३५ जना पुरस्कृत भए । नेपाल प्रहरीसँग भएका विवरणहरु विद्युतीय रुपमा डाटावेशमा राख्ने काम निकै चुनौतीपूर्ण रहदै आएको छ । तर डेढबर्षको अवधिमा सातै प्रदेशमा पोलिग्राफ कक्षको निर्माण सम्पन्न भए, नेपाल प्रहरीको डाटा सेन्टरसमेत निर्माण गरिएको छ । अहिलेसम्म संस्थागत इमेल समेत नरहेको प्रहरीमा साइबर सुरक्षाको दृष्टीले समेत महत्वपूर्ण संस्थागत इमेलको व्यवस्था गरिएको छ ।

प्रहरीमा आधुनिकरण

नेपाल प्रहरीलाई आधुनिक र विद्युतीकरण गर्ने दिशामा यो अवधिमा निकै महत्वपूर्ण कामहरु भएका छन् । अझ महत्वपूर्ण कुरा त राष्ट्रसंघको लागुऔषध तथा अपराध अफिसले गरेका अपराध बर्गिकरण बमोजिम अपराध र अपराधी सुचना प्रणालीमा अपडेट गरिएको छ । अपराध नियन्त्रणमा महत्वपूर्ण मानिने सीसीटीभी जडानमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ नेपाल प्रहरीले । देशभर २९ सय २६ थान सीसीटीभी क्यामेरा थप जडान गरिएको छ । यही सीसीटीभीकै कारण पूर्व सभामुख महरा महिलाको घरमा गएको पुष्टी भएको थियो ।

बेरुजु फर्छयौटमा सर्वोत्कृष्ट

नेपाल प्रहरी बेरुजु फर्छयौटमा सर्वोत्कृष्ट भएको छ । महालेखा परीक्षकको कार्यालयबाट नेपाल प्रहरीका विभिन्न कार्यालयका नाममा साढे ६८ करोड बेरुजु थियो । त्यसमध्ये ५८ करोड बेरुजु फर्छयौट गर्न नेपाल प्रहरी सफल भएको छ । उक्त कार्यमा प्रत्यक्ष खटिने कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार समेत प्रदान गरियो ।त्यस्तै आर्थिक बर्ष २०७४ /०७५ सम्म कायम झण्डै ६१ करोड बेरुजुमध्ये २०७५ को चैत १५ सम्म झण्डै ४१ करोड बेरुजु फर्छयौट गर्न नेपाल प्रहरी सफल भयो। जसबाट नेपाल प्रहरीको आर्थिक अनुशासन समेत पुष्टी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार सेवा प्रवाहमा सबैभन्दा न्यून भ्रष्टाचार हुने सरकारी निकाय नेपाल प्रहरी हो । सेवा प्रवाहमा अधिकतम भ्रष्टाचार हुने निकायमा ३०.५ प्रतिशत सेवाग्राहीले भ्रष्टाचार हुने गरेको उल्लेख गरेकोमा अख्तियारको प्रतिवेदनले नेपाल प्रहरीको सेवा प्रवाहमा भने ०.१ प्रतिशत सेवाग्राहीले मात्र भ्रष्टाचार हुने गरेको औल्याएको छ ।

समुदाय प्रहरी

प्रहरी महानीरिक्षक खनालको कार्यकालमा भएको एउटा महत्वपूर्ण र उल्लेखनीय सुरुवात हो समुदाय प्रहरी साझेदारीको अवधारणा । गतबर्षको कार्तिक ११ गते यो कार्यक्रमको उद्घाटन गरेर देशभर कार्यक्रम संचालन भइरहेको छ । यो विश्वभरका प्रहरी संगठनका लागि समेत अनुकरणीय रहेको छ । यसअन्तर्गत ७ सय ५३ वटा स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नको लागि पाठ्यक्रम तयार भैसकेको छ भने अन्य विविध कार्य्विधिहरु निर्माणको चरणमा रहेको छ ।

जनचेतना कार्यक्रम

दाइजो प्रथा, बाल विवाह, जबरजस्ती करणी, बालश्रम शोषण, साइबर अपराध, मानव बेचबिखन, घरेलु हिंसा लगायतका अपराध विरुद्ध चेतना जगाउन जानकारीमूलक निर्माण गरी विद्यार्थी एवं नागरिकलाई सुसूचित गर्न उपयोग भईरहेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण गरिएका सम्पूर्ण सामाग्रीमा देशभरका प्रहरी ईकाईहरुको सहज पहुँच सुनिश्चित गर्न डिजिटल रिसोर्स सेन्टरको स्थापना गरी विभिन्न सामाग्रीहरु राखिएको छ ।

सीसीटिभी

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकाय, नेपाल प्रहरी, सामाजिक संघसंस्थाको सकृयतामा मुलुकका बिभिन्न स्थानहरुमा २९ सय २६ वटा सीसीटीभी जडान गरी सञ्चालनमा आएको छ । समुदाय प्रहरी साझेदारी कार्यान्वयन पछिको अवधिमा प्रहरी सेवा प्रभावकारी बनाउन समुदायबाट करिब ४१ करोड २७ लाख १० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ । यसबाट अपराध नियन्त्रणमा समुदाय र प्रहरीबीचको समझदारी कति आवश्यक छ भन्ने कुरा पुष्टी भएको छ । समुदाय प्रहरी साझेदारीका विभिन्न कार्यक्रमहरू मार्फत प्रहरीले ८१ लाख, ३८ हजार ८५८ जना नागरिकहरूसँग अन्तरक्रिया गरेको छ ।यी सबै कारणले प्रहरी महानिरीक्षक खनाललाई एक उत्कृष्ट प्रहरी प्रमुखको रुपमा व्याख्या गर्न सकिन्छ।


प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP