नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अन्डरवर्ल्ड डन'दाउद इब्राहिम'को कनेक्सन काठमाडौंमा
अन्डरवर्ल्ड डन'दाउद इब्राहिम'को कनेक्सन काठमाडौंमा
banijya office RSG-2
काठमाडौंमा दाउद कम्पनीको करोडौं लगानी....
बागेश्वरी पोस्ट
बिहीबार, माघ २, २०७६ बागेश्वरी पोस्ट
अन्डरवर्ल्ड डन'दाउद इब्राहिम'को कनेक्सन काठमाडौंमा

काठमाडौँ । अन्डरवर्ल्डका डनका रुपमा चिनिँदै आएका दाउद इब्राहिमले पछिल्लो समय काठमाडौँलाईसमेत आफ्नो अड्डा बनाउँदै आएको खुलासा दाउदकै समूहमा काम गरिसकेका एजाज लकडावालाले गरेका छन् । नेपालबाटै भारतको पटना पुगेका एजाजलाई केही दिनअघि भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनीसँग सोधपुछ गरिरहेको भारतीय प्रहरीले दाउदका बारेमा अहम् खुलासा भएको जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एजाजले काठमाडौँमा अड्डा बनाएर दाउदले आफ्नो कारोबार गर्दै आएको बयान भारतीय प्रहरीसमक्ष दिएका छन् । दैनिक जागरण अखबारमा प्रकाशित समाचारअनुसार नेपालस्थित पाकिस्तानी दूतावासका खास अधिकारीमार्फत दाउदले काठमाडौँबाट आफ्नो धन्दा चलाउँदै आएको बयान एजाजले भारतीय प्रहरीलाई दिएका हुन् ।

प्रभात खबर अखबारले जनाए अनुसार एजाजसँग मुम्बई प्रहरी र राष्ट्रिय गुप्तचर एजेन्सीहरुका तर्फबाट पनि सोधपुछ भइरहेको छ । अन्डरवल्र्ड डन दाउद इब्राहिमले नेपालमा विभिन्न कम्पनीमा करोडौं रकम लगानी गरेको जानकारी एजाजले बयानका क्रममा भारतीय प्रहरीलाई दिएको बताइन्छ ।

‘प्रभात खबर’ अखबारको अनलाइन संस्करणमा लेखिएको छ, ‘२००८/०९ देखि नै काठमाडौँमा दाउद कम्पनीको लगानीको सिलसिला सुरु भएको थियो ।’

उक्त समाचारमा लेखिएको छ, ‘नेपालको राजधानी काठमाडौँमा दाउद कम्पनीले करोडौँको लगानी गरेर निकै ठूलो कारोबार खडा गरेको छ, सबैभन्दा ठूलो लगानी इन्फ्रास्टक्चर क्षेत्रमा छ । कयौं कन्स्ट्रक्सन र अन्य कम्पनीमा उसको लगानी छ, यसमा नेपालका कयौँ नेताहरुको पनि पार्टनरशिप छ ।

भारतीय सञ्चारमाध्यममा छापिएको समाचारको अंश

एजाजले पाकिस्तानको कराँचीमा दाउदको दुई घर रहेको जानकारी दिनुका साथै भारतीय प्रहरीलाई दुवै घरको ठेगानासमेत दिएको बताइएको छ । एजाजका अनुसार दाउदका भाइ अनिश र खास सहयोगी छोटा शकिल पनि दाउदकै घर आसपास बस्ने गरेका छन् ।

भारतीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै दैनिक जागरणले जनाएअनुसार एजाजसँगको सोधपुछमा दाउदको नक्कली भारतीय नोटको कारोबारबारे अहम् जानकारी हासिल भएको छ ।

एजाज हाल मुम्बई प्रहरीको नियन्त्रणमा छन् । मुम्बई प्रहरीले नै उनीसँग सोधपुछ गरिरहेको छ ।

एजाज कुनै बेला दाउदका खास सहयोगी मानिन्थे । सन् १९९३ मा मुम्बई विस्फोटपछि उनी छोटा राजनसँगै दाउद समूहबाट अलग भएका थिए । केही समय उनी छोटा राजनको समूहमा रहेर काम गरे पनि रकम बाँडफाँडमा मतभेद भएपछि उनले आफ्नै नेतृत्वमा छुट्टै समूह खडा गरी अन्डरवल्र्डमा सक्रिय भएका थिए ।श्रोत: रातोपाटी।


प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP