prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुरक्षाको बहानामा उच्च-पदस्थबाट ५ सय बढी सुरक्षाकर्मी दुरुपयोग
सुरक्षाको बहानामा उच्च-पदस्थबाट ५ सय बढी सुरक्षाकर्मी दुरुपयोग
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ ५, २०७६ बागेश्वरी पोस्ट
सुरक्षाको बहानामा उच्च-पदस्थबाट ५ सय बढी सुरक्षाकर्मी दुरुपयोग

काठमाडौं। पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका पूर्वपदाधिकारीहरू, उच्च पदस्थ कर्मचारी तथा सांसदहरूले सुुरक्षाका नाममा ५ सय बढी सुरक्षाकर्मीलाई आफ्नो व्यक्तिगत निवास तथा सुरक्षामा खटाएर दुरुपयोग गर्दै आइरहेका छन् । ती सुरक्षाकर्मीहरूले राज्यकोषबाट तलब र सुविधा लिँदा वार्षिक करोडौं रुपैयाँ खर्च हुन्छ । राज्यकोषबाट रासन सुविधासमेत दिएर उनीहरूलाई व्यक्ति विशेषको सुरक्षामा खटाउँदै आइएको छ । उच्च पदस्थहरूले सुरक्षाका लागि भन्दा पनि सान र रवाफका लागि सुरक्षाकर्मी राख्ने गरेको प्रहरी अधिकारीहरूको दाबी छ । गृह मन्त्रालयका अनुसार आफूलाई उच्चपदस्थ र भीआईपी ठान्ने ९६ जनाले व्यक्तिगत र निवासको सुरक्षाका लागि भन्दै ६ सय ५ जना सुरक्षाकर्मी व्यक्तिगत सुरक्षा र निवासको सुरक्षामा खटाउँदै आएका छन् ।

कार्यविधिअनुसार उनीहरू सबैका लागि ७७ जना मात्रै सुरक्षाकर्मी खटाउनुपर्छ तर कार्यविधिले तोकेभन्दा ५ सय १८ जनाभन्दा बढी सुरक्षाकर्मी निवासमा खटिँदै आएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिँदै आए पनि प्रहरीले भने कार्यविधिविपरीत खटिएका सुुरक्षाकर्मी फिर्ता गर्न सकेको छैन । पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूबाट कार्यविधिभन्दा बढी सुरक्षाकर्मीहरू खोस्न प्रहरीको नेतृत्वले हिम्मत गर्न सकेको छैन । कार्यविधिविपरतिको सुरक्षाकर्मी फिर्ता गरिएमा ५ सय १८ जना सुरक्षाकर्मी फिर्ता हुनेछन् । हाल मुलुकका कतिपय प्रहरी चौकीमा सुरक्षाकर्मीको अभाव रहँदै आएको छ ।

गृह मन्त्रालयले विभिन्न समयमा विशिष्ट व्यक्तिका लागि कार्यविधि बनाएर सुरक्षाकर्मी दिँदै आए पनि अधिकांशले कार्यविधि मिच्दै आएका हुन् । सरकारी कार्यविधिअनुसार सुरक्षा थ्रेट भएको खण्डमा पूर्वप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थहरूलाई सुरक्षाकर्मी दिन सकिने व्यवस्था छ । विगतमा माओवादी सशस्त्र विद्रोहको समयमा सुरक्षा थ्रेट हुन सक्ने हुँदा उच्च पदस्थलाई उनीहरूको मागका आधारमा सुरक्षा विश्लेषण गर्दै सुरक्षाकर्मी दिने नीति लिइएको थियो । तर, हाल मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएर स्थिर सरकार गठन भइसकेको छ । तर, पनि उच्च पदस्थहरूले विगतकै पुरानो नीतिअनुसार ठूलो संख्यामा सुरक्षाकर्मी राखेका हुन् । विगतमा पदमा बसेकाहरूले अहिले आएर सान देखाउनकै लागि ठूलो संख्यामा सुरक्षाकर्मी राखेको गृह मन्त्रालयका एक अधिकारीले बताए । ‘घर तथा आवासमा सुरक्षाकर्मी राख्दा सान बढ्ने र ठालु कहलिने प्रवृत्ति उनीहरूमा व्यापक देखियो,’ ती अधिकारीले भने । केही पूर्वप्रधानमन्त्रीबाहेक अरू कसैलाई कुनै प्रकारको सुरक्षा थ्रेट नभएको गृहका ती अधिकारीको दाबी छ । पूर्वविद्रोही नेता भएको र शसस्त्र द्वन्द्व सञ्चालन गरेकाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई केही सुरक्षा थ्रेट हुन सक्छ तर अन्यको हकमा भने कसैलाई पनि सुरक्षा थ्रेट छैन,’ प्रहरीका एक अधिकारीले भने । उपत्यकालगायत मुलुकभरमा नै शान्ति सुरक्षाको अवस्था सुदृढ रहेकाले सुरक्षा थ्रेट नभएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । दाहाललगायत, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा ,बावुराम भट्टराई, खिलराज रेग्मीकहाँ कार्यविधिले तोकेकोभन्दा दोब्बर बढी संख्यामा सुरक्षाकर्मी खटिँदै आएको प्रहरीले जनाएको छ ।

‘पूर्वगृहमन्त्रीकहाँ सान र रवाफकै लागि सुरक्षाकर्मी’

गृह मन्त्रालयका अनुसार पूर्वगृहमन्त्रीहरूलाई कुनै प्रकारको सुरक्षा थ्रेट छैन । तर, पनि उनीहरूले सान देखाउनकै लागि आफ्नो निवासमा दर्जनौं सुरक्षाकर्मी राखिरहेका छन् । सरकारी कार्यविधिअनुसार पनि पूर्वगृहमन्त्रीले मन्त्री पदबाट बाहिरिएको ३ वर्षसम्म मात्रै दुईदेखि तीन जना सुरक्षाकर्मी राख्न पाउँछन् । तर, यो नियमको समेत सबैजसोले धज्जी उडाउँदै आएका छन् । प्रहरीका अनुसार पूर्वउपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले दुई जना पाउने ठाउँमा १२ जना सुरक्षाकर्मी राख्दै आएका छन् ।यस्तै, पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावलले कार्यविधिअनुसार आफ्नो निवासमा तीन जना राख्न पाउने भए पनि १८ जना सुरक्षाकर्मी राखेका छन् तर उनको कार्यविधिको समय भने सकिइसकेको छ । यसैगरी, पूर्वगृहमन्त्री विमलेन्द्र निधिले पनि दुई जना राख्नुपर्नेमा १२ जना राखेका छन् भने वामदेव गौतमले तीन जना राख्न पाउनेमा १६ जना राखेका छन्। तर, उनको पनि कार्यविधिअनुसार सुरक्षाकर्मी राख्न पाउने समय भने सकिइसकेको छ । यसैगरी, पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले पनि तीन जना राख्नुपर्नेमा १४ जना राखेका छन् ।यस्तै, पूर्वगृहमन्त्री जनार्दन शर्माले दुई जना राख्नुपर्नेमा १५ जना राखेका छन् । यस्तै, पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले पनि दुई जना राख्नुपर्नेमा १५ जना राखेका छन् ।

संवैधानिक निकायका पदाधिकारीकहाँ पनि कार्यविधिविपरीत

विभिन्न संवैधानिक निकायका पदाधिकारीले पनि ठूलो संख्यामा सुरक्षकर्मी राखेर रवाफ देखाउँदै आएको सुरक्षा अधिकारीहरूले जनाएका छन् । जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले ६ जना सुरक्षाकर्मी प्रयोग गर्दै आएका छन् । यस्तै, पूर्वप्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले तीन जना, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वसचिव भगवतीकुमार काफ्लेले दुई जना सुरक्षाकर्मी प्रयोग गर्दै आइरहेका छन् ।श्रोत: राजधानी दैनिक।


प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP