Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • दाङ प्रहरीले स्कुटर चोरलाई पक्राउ गरेर छोडेपछि....
दाङ प्रहरीले स्कुटर चोरलाई पक्राउ गरेर छोडेपछि....
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २८, २०७९ बागेश्वरी पोस्ट
दाङ प्रहरीले स्कुटर चोरलाई पक्राउ गरेर छोडेपछि....

नेपालगन्ज । यही माघ २० गते  शुक्रबारका दिन  दिउँसो १ः३० बजे नोबेल  ट्रेडिङ प्रालिको घोराही–१५ वीपीचोक दाङको टीभीएस शोरुमबाट नचिनेका व्यक्तिले टीभीएस स्कुटर लगे । शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार ९ सय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखे र प्रहरीमा उजुरी नै दिए । 

चोरीमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउँदै गुनासो गरे । विष्टले सीसी क्यामेरा फुटेजसहित सोही दिन जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन बुझाए । 

त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटी फेला पार्यो । त्यसको केही दिनपछि प्रहरीले सीसीटीभी फुटेजको सहारामा स्कुटी चोरलाई पक्राउ गर्यो । माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरीमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । चोरलाई जिल्ला प्रहरी कार्यालय दाङका  मुद्धा फाँटका प्रहरीले आर्थिक चलखेल गरेर २४ घण्टा नबित्दै मुद्धा नचलाई छाडेको बताइएको छ । 

पक्राउ परेका रानालाई छुटाउन गुण्डा नाइकेका रुपमा चिनिएका गणेश नेपालीले जिप्रका पुगेर दबाब समेत दिएको प्रहरी श्रोतले जानकारी दिएको थियो । 

जिल्ला प्रहरी कार्यालय दाङले चोरीमा संलग्न ब्यक्तिमाथि मुद्धा नचलाई छाडेको जन गुनासो समेत छ। घोराही बजारको मुख्य चोकमा दिउँसै चोरी भएर चार दिनपछि स्कुटी फेला पारेको थियो । 

शोरुममा रहेको फुटेजमा देखिएअनुसार एक जना व्यक्ति बिहान ११ बजेर ५५ मिनेट जाँदा पुगेका हुन्छन् । त्यसअघि नै अर्का एकजनाले मोटरसाइकलबारे जानकारी लिइरहेका देखिन्छन् । 

शोरुमका कर्मचारी शिशिर घर्तीले ती व्यक्तिलाई मोटरसाइकलबारे ब्रिफिङ गरिरहेका हुन्छन् । ग्राहकको रुपमा पसेका ती व्यक्तिले पटक–पटक नजर बाहिर लगाउँछन् । सेकेन्ड हेण्ड स्कुटी खोज्न आएका व्यक्ति नयाँ बाइक सोधीखोजी गर्छन् । 

उनले बेला–बेलामा नजर लगाएकै शोरुमको पश्चिम ढोकाबाट मास्क हेल्मेट लगाएका व्यक्ति प्रवेश गर्छन् । उनीहरुबीच नचिनेको जस्तो व्यवहार देखिन्छ तर बेला–बेलामा नजर शंकास्पदरुपमा जुध्ने गर्छ । मास्क आधा खोलेका अघिदेखिनै बसेका व्यक्ति कुनै कारोबार नगरेर बाहिरिन्छन् । उनी बाहिरिँदै गर्दा कुनै संकेत गरेजस्तै दुबैबीच हेराहेर हुन्छ । आपसमा बोलेको वा परिचित जस्तो अरु व्यवहार भने देखिन्न ।

शोरुमका कर्मचारी घर्तीका अनुसार यसअघि पनि आउने गरेका व्यक्ति हुन् । थोरै अघिपछि गरेर उनीहरु दुवैजना शोरुमबाट बाहिरिन्छन् । अघिल्ला व्यक्तिले शोरुम बाहिर निस्केर मोटरसाइकलमा गहिरो नजर लगाउँछन् । कसैलाई फोन गर्छन् । त्यसपछि दिउँसो स्कुटर हराउँछ । तिनै मास्क लगाएका हेलमेट लगाएका दोस्रो व्यक्ति जस्तै हुलिया भएकाले स्कुटर लगेको फुटेजमा देखियो । जिल्ला प्रहरी कार्यालय श्रोतका अनुशरण चोरीमा संलग्न ब्यक्तिमाथि मुद्धा नचलाई छाडेको पाइएको हो । हाम्राकुराबाट


प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP