Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • दाङ स्कुटर चोर प्रकरण: छानबिन गर्न आईजिपिको निर्देशन
दाङ स्कुटर चोर प्रकरण: छानबिन गर्न आईजिपिको निर्देशन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १, २०७९ बागेश्वरी पोस्ट
दाङ स्कुटर चोर प्रकरण: छानबिन गर्न आईजिपिको निर्देशन

नेपालगन्ज । दाङ प्रहरीले स्कुटर चोरलाई बचाएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालय काठमाडौंको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटना बारे छानबिन गर्न समिति बनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी टेकप्रसाद राइले घटनाबारे ध्यानाकर्षण भइसकेको भन्दै घटनाबारे यथार्थ छानबिन गर्न आफुले निर्देशन दिइसकेको बताए ।

घोराहीको मुख्य चोक बिपीचोक नजिकै रहेको टिभिएस शोरुमबाट दिउँसै स्कुटर चोरिएपछि प्रहरीले चोरीमा संलग्न अभियुक्तलाई मुद्दा नचलाई छाडेको समाचार सार्बजनिक भएको थियो ।

नेपाल प्रहरी महानिरीक्षक आईजिपी धिरजप्रताप सिंहले स्कुटर चोरी प्रकरणमा चोरलाई जोगाउन प्रहरीको मिलेमतो भए नभएको बारे छानबिन गरेर कारबाही गर्न प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन् । आईजिपी सिंहको निर्देशनपछि प्रदेश प्रहरी प्रमुख राईले प्रदेश प्रहरीमा कार्यरत एसपी नबरत्न पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए ।

उनले पौडेल नेतृत्वको छानबिन समितिलाई एक हप्ताभित्र प्रतीबेदन पेश गर्ने र यदि चोरी घटनामा प्रहरीको मिलेमतोमा भेटिए माथिल्लोदेखि तल्लो दर्जाका जुन कुनै प्रहरीलाई कारबाही गर्ने चेतावानी दिए ।

यो घटनाले प्रहरी संगठनमाथि प्रश्न चिन्ह खडा भएकाले प्रहरीकै मिलेमतोमा चोरी घटनाको अभियुक्त मुद्दा नचलाई छुटेको भए घटनामा संलग्न जो कोही पनि कारबाहीको दायरामा आउने उनले बताए ।

गएको शुक्रवार दिउँसोको १ बजेर ३० मिनेट जाँदा नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ बिपीचोकको टिभिएस शोरुमबाट नचिनेका व्यक्तिले टिभिएस स्कुटर लगेपछि शोरुम सन्चालकले शोरुमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा आक्रोशसहित लेखेका थिए ।

शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौ सय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखेर प्रहरीमा उजुरी नै दिएका थिए ।

चोरीमा सम्लग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउँदै गुनासो गरे। बिष्टले सिसी क्यामरा फुटेजसहित निवेदन सोही दिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाए ।

त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवा खोलाबाट स्कुटी फेला पा¥यो । त्यसको केही दिनपछि प्रहरीले सिसीटिभी फुटेजको सहारामा स्कुटी चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्यो ।

माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरीमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । तर, स्कुटी चोरीमा संलग्न ब्यक्तिलाई मुद्दा नचलाई छाडेको प्रहरीलाई आरोप लागेको छ ।

रानालाई छुटाउन गणेश नेपालीले जिप्रका पुगेर दबाब दिएको प्रहरी स्रोतको दावी छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताए ।

प्रहरीको यो कार्य शंकास्पद रहेको भन्दै यस्तै चोरीका घटना भएमा यस्तै नजिर दोहोरिए के गर्ने भन्ने आम सरोकारवालाले प्रश्न गरेका छन् । कुनै पनि घटनामा प्रहरीले लिखित जाहेरी नआए प्रहरी प्रतिबेदनका आधारमा मुद्दा चलाउने गर्छ, तर, प्रहरीले यो घटनामा मुद्दा नचलाई छोड्दा चौतर्फी चासो प्रकट भएको छ । फरककोण


प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP