Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरीले गोप्य राखेको अर्घाखाँची सिमेन्ट मजदूर मृत्यु प्रकरण
प्रहरीले गोप्य राखेको अर्घाखाँची सिमेन्ट मजदूर मृत्यु प्रकरण
RSG-2
४ जना मजदूरको मृत्यु हुँदा संगठनहरु मौन
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १८, २०७९ बागेश्वरी पोस्ट
प्रहरीले गोप्य राखेको अर्घाखाँची सिमेन्ट मजदूर मृत्यु प्रकरण

नेपालगन्ज   । गत माघ १६ गते दिउँसो रुपन्देहीको सियारी गाउँपालिका वडा नं २ मा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा ४ जना मजदूरको ज्यान गएको घटनालाई रुपन्देही प्रहरीले एक महिनासम्म गोप्य राखेको रहस्य बाहिरिँदासमेत मजदूर संगठनहरु मौन बसेको पाइएको छ । 

उद्योगमा भएको दुर्घटनामा ४ जनाको मृत्यु र ६ जना घाइते भएको विषय एक महिनासम्म प्रहरीले गोप्य राखेपछि पछिल्लो समय रुपन्देही प्रहरीमाथि विभिन्न शंका उत्पन्न भएको छ । सिमेन्ट उद्योगको कोल मिलमा आगलागी हुँदा घाइते भएर जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार गर्ने क्रममा ४ जनाको मृत्यु भएको खुलेको हो ।

गोप्य राखिएको घटनामा ज्यान गुमाउनेहरुमा एक जना नेपालीसहित ३ जना भारतीय नागरिक हुन् । यसरी मृत्यु हुनेमा रुपन्देही कोटहीमाई ४ बस्ने ३८ वर्षिय अंगद हरिजनको माघ २२ गते, भारत उत्तर प्रदेश जिल्ला फनेहपुर ग्राम सेलवन घर भएका ५० वर्षीय जितेन्द्र कुमारको माघ १८, विहारको समस्तपुर ग्रामका ४८ वर्षीय श्रीराम सिंहको माघ २१, विहार गोपालगञ्ज ग्रामका २७ वर्षीय शसिकान्तकुमार कुसवाहको माघ २० गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही स्रोतले जनाएको छ । अन्य ६ जना घाइतेहरुको उपचार भइरहेको उल्लेख छ । 

यति ठूलो दुर्घटनाबारे प्रहरीले लामो समयसम्म घटना गोप्य राखेको खुलेपछि घटना थप शंकास्पद देखिएको छ । घटनाबारे थप बुझ्नका लागि उद्योग महाप्रबन्धक उद्धव कार्कीलाई पटक–पटक सम्पर्क गर्दा फोन उठाएनन् । यता लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राईले घटनाबारे चासो राखेको बताइएको छ ।

उता, मृतकका परिवारका अनुसार आफूहरुलाई घटना भएको हप्तौंसम्म पनि सामान्य घाइते भएको जानकारी गराएको सिमेन्ट उद्योगले पछि एक्कासी शव बुझ्न बोलाइएको थियो ।

मजदूर संगठनहरुले पनि चासो राखेको पाइएको छैन । नेपाल कारखाना श्रमिक संघ रुपन्देहीका अध्यक्ष बृजनारायण यादव जवाफ दिने अवस्थामा छैनन् । यादवले आफू अहिले किरिया बसेको बताउँदै भने, 'म यो अवस्थामा छु के बोलौं र ।'

विभिन्न नामका अन्य मजदूर संगठनहरु हालसम्म सो घटनाका सम्बन्धमा बोलेका छैनन् । हाम्राकुराबाट


प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP